ताजा समाचार

श्रावण २६ गते २०७६

वुद्ध विशाल बजार व्यापारिक एसोसिएनमा खत्री

वुद्ध विशाल बजार व्यापारिक एसोसिएनको नेतृत्वमा पुन: केशवबहादुर खत्री चयन भएका छन् । शनिबार सम्पन्न २१औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनल खत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

पुरानै कार्यसमितिलाई अधिवेशनले निरन्तरता दिएको अध्यक्ष खत्रीले जानकारी दिए ।उपाध्यक्षमा शिव शर्मा, महासचिवमा ईन्द्रराज अर्याल, सचिवमा बुद्धिबहादुर कुँवर, कोषाध्यक्षमा राजु केसी पुन चयन भएका छन् ।

सदस्यहरुमा गोविन्दप्रसाद दाहाल, प्रविण महाजन, लक्ष्मण आचार्य, टेकनाथ पौडेल, शान्ति आचार्य, थमनसिंह गुरुङ चयन भएका छन् ।

यस अगाडि अधिवेशनको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद विन्दुकुमार थापाले व्यावसायिक हकहितका लागि एसोसिएसनले राम्रो काम गर्न सफल भएको बताए । ‘व्यावसायिक एकता आवश्यक छ,’ उनले भने ।

कार्यक्रमममा पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछाने, एसोसिएसनका मानार्थ सदस्य सुदिप ढकाल, सल्लाहकार माधवप्रसाद सिग्देल, ध्रुवप्रसाद रेग्मी लगायतले बोलेका थिए ।

अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष शिव शर्मा, महासचिव इन्द्रराज अर्याल, सचिव बुद्धिबहादुर कुँवर लगायतले बोलेका थिए ।