श्रावण २५ गते २०७६

ताजा समाचार

श्रावण २५ गते २०७६

माइतीबाट फर्केकी महिला नदीमा हाम फालिन्



सुनकोसी नदीमा हामफाल्दा एक महिलाको मृत्यु भएको छ। काभ्रे पाँचखाल नगरपालीका १० का ३४ वर्षीया सरस्वती रायमाझीको सुनकोसी नदीमा हाम्फालेपछि डुबेर मृत्यु भएको हो।

सरस्वतीले सिन्धुलीको सुनकोसी गाउँपालीका–१ कुशेश्वर मन्दिर नजिक सुनकोसी नदीमा हाम फालेकी थिइन् । सुनकोसी गाउँपालीका–६ खहरे दोभानमा सरस्वती मृत अवस्थामा भेटिएकी छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।