कैलाश चौतारी लायन्सको बुटिक तालिम तथा वृक्षरोपण


लायन्स क्लव अफ पोखरा कैलाश चौतारीको आयोजनामा बाटुलेचौर मैदानमा १ महिने निःशुल्क बुटिक तालिम शुरु भएको छ ।

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि वानका सेकेण्ड भिडिजी विश्वेश्वर आचार्यले तालिमको उद्घाटन गरे । उक्त अवसरमा आचार्यले महिलाको स्वरोजगारका लागि तालिम महत्वपूर्ण हुने बताए ।

पोखरा–१६ का वडाध्यक्ष जीवन आचार्यले तालिमका लागि मात्रै तालिन नलिन आग्रह गर्दै यसलाई व्यवहारमा लागू गर्न सक्ने गरि सिक्न आग्रह गरे ।

क्लवका अध्यक्ष तुलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम सचिव केशव दवाडीले सञ्चालन गरेका थिए ।

तालिममा स्थानीय ५० महिला सहभागी भएको कार्यक्रम संयोजक विजयराज वाग्लेले जानकारी दिए ।

यता लायन्स कैलाश चौतारी र न्यूरोड चौतारीको संयुक्त आयोजनामा बाटुलेचौरमा बृक्षरोपण गरिएको छ ।

चण्डिकाटोल, कीरियापुत्री भवन वरपर धूपी, समी, आँप, अशोक, पारिजान लगायतका ४० विरुवा रोपिएको कार्यक्रम संयोजक कृष्ण पौडेलले जानकारी दिए ।

लायन्स क्लव क्लष्टर १७ का प्रमुख वसन्त गिरीले कार्यक्रम शुभारम्भ गरेका थिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं