ताजा समाचार

श्रावण २४ गते २०७६

समृद्धि लायन्सको स्वास्थ्य सचेतना

लायन्स क्लव अफ पोखरा समृद्धिद्वारा स्थापना सचेतना एवं सीप विकास तालिमको शुभारम्भ गरेको छ ।

स्थानीय महिलालाई सुगर, ग्याष्ट्रिक, थाइराइड सम्बन्धी डा. युक्तनारायण रेग्मीले सचेतना सहित आवश्यक परामर्श गराएका थिए ।

सीप विकास अन्तर्गत बुटिक तालिमको शुभारम्भ लायन्स क्लव ३२५ बी १ गभर्नर इन्दु लम्सालले गर्दै सामाजिक कार्यसँगै महिला नेतृत्व, क्षमता सचेतनामा सम्पूर्ण क्लव लाग्नुपर्ने बताइन् ।

क्लवका अध्यक्ष राधिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर विश्वश्वर आचार्य, उपाध्यक्ष रेविका श्रेष्ठ, सचिव देवी श्रेष्ठ लगायतले बोलेका थिए ।