ताजा समाचार

श्रावण २६ गते २०७६

सम्झौता जारी जागृति समूहको अध्यक्षमा जानुका गौतम

पोखरा ८ र ९ स्थित सम्झौता नारी जागृति समूहको अध्यक्षमा पुनः जानुका गौतम चयन भएकी छन् । गौतम समूहको तेस्रो अधिवेशन तथा १७ औं साधारणसभाबाट अध्यक्षमा पुनः चयन भएकी हुन् ।

अध्यक्षमा निर्वाचित भएपछि उनले समूहलाई थप सक्रिय बनाउने, टोलको सरसफाई र विकासमा विशेष ध्यान दिने प्रतिवद्धता जनाइन् । उनले आफ्नो योजना अनुसार काम गर्न टोलवासी र समूहमा आवद्ध सदस्यको भूमिका र सहयोग महत्वपूर्ण हुने बताइन् ।

समूहको प्रथम उपाध्यक्षमा ज्ञानु श्रेष्ठ, द्धितीय उपाध्यक्षमा साल्वी वाँस्तोला मर्सानी, सचिवमा सोनका बाटाजू, सहसचिवमा यामु गुरुङ, कोषाध्यक्षमा ललीता श्रेष्ठ छन् ।

यसैगरी समूहको सदस्यमा दुर्गा गुरुङ, मधु मुल्मी, मिनु श्रेष्ठ, कोपिला श्रेष्ठका साथै सल्लाहकारमा भगवती नेम्कुल, दुर्गा श्रेष्ठ (मर्सानी), गोमा कोइराला सुवेदी रहेका छन् ।

यसअघि साधारणसभा उद्घाटन गर्दै वडाध्यक्ष रुद्रजनात बरालले टोलको विकास र महिला जानगरणमा समूहको भूमिका महत्वपूर्ण रहेको बताए । उनले महिलाहरू चुलो र चौकोमा मात्र सीमित नबनि बाहिर निस्किएर समूहलाई थप सक्रिय बनाउन समेत आग्रह गरे ।

सिद्धार्थ क्लबकी उपाध्यक्ष पार्वती माकाजूले सुन्दर मार्गलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक भएको भन्दै त्यसमा सिद्धार्थ क्लबको जे आवश्यकता पर्छ सघाउन तयार रहेको बताइन् ।

सिद्धार्थ क्लबकी उपाध्यक्ष पार्वती माकाजूले सुन्दर मार्गलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक भएको भन्दै त्यसमा सिद्धार्थ क्लबको जे आवश्यकता पर्छ सघाउन तयार रहेको बताइन् ।

बगालेटोल टोल विकास संस्थाका अध्यक्ष हीराकाजी श्रेष्ठले टोलभित्रका विकृति, विसंगति विरुद्ध सबै सक्रिय भएर लाग्नुपर्ने खाँचो औंल्याए ।

चिप्लेढुंगा टोल विकास संस्थाका अध्यक्ष विष्णु पराजुलीले सामाजिक काममा पनि खुट्टा तान्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै त्यसलाई चिरेर अघि बढ्नु नै महानता भएको बताए ।

समूहकी संस्थापक अध्यक्ष जमुना कायस्थले समाज सेवा मुखले होइन मनदेखि नै गर्नुपर्नेमा जोड दिंदै समाजसेवाले नै मानिसलाई पवित्र मार्गमा लैजाने बताइन् ।

समूहकी अध्यक्ष जानुका गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बगालेटोल शुभकामना महिला विकास केन्द्रकी अध्यक्ष कौशिला गुरुङ, सामुदायिक विकास केन्द्रकी अध्यक्ष राधिका श्रेष्ठ, समाजसेवी लालबहादुर श्रेष्ठ, उपाध्यक्ष ज्ञानु श्रेष्ठ, सचिव सोनका बाटाजू, कोषाध्यक्ष ललीता श्रेष्ठ लगायतले बोलेका थिए ।

उक्त अवसरमा ज्येष्ठ नागरिक भगवती नेमकुल, लालबहादुर श्रेष्ठ, डम्बरलाल श्रेष्ठ, दिलकुमारी गुरुङ, एसइई उत्तीर्ण विद्यार्थीहरू प्रिया बसेल, प्रियंका अधिकारी, सुदिन श्रेष्ठ र आयुष्मा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।