ताजा समाचार

श्रावण १८ गते २०७६

इनरह्वील मिट टाउन र पोखराको संयुक्त पदस्थापन

इनरह्वील क्लब अफ पोखरा मिट टाउन र इनरह्वील क्लब अफ पोखराको १० औं पदस्थापना संयुक्त रुपमा भएको छ ।

वर्ष २०१८/२०१९ का मिट टाउनका अध्यक्ष सावित्री नेपालीले वर्ष २०१९/२०२० का अध्यक्ष सावित्री थापा मुक्तानलाई र पोखराका क्लबका सञ्जु द्वाले रेखा मर्सानीलाई अध्यक्षको पद संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

इनरह्वील क्लब अफ पोखरा मिट टाउनको नयाँ कार्यसमितिको आएपीपीमा सावित्री नेपाली, उपाध्यक्षमा विजयलक्ष्मी बतास, सचिवमा माधवी बाँस्तोला, कोषाध्यक्षमा निर्मला थापा गिरी, आइएसओमा ईश्वरी गोदार, इडिटरमा यशोदा बाँस्तोला र सदस्यमा शशी गौतम, अनिता गुरुङ छन् ।

यसैगरी रेखा मर्सानीको अध्यक्षतामा गठन भएको इनरह्वील क्लब अफ पोखराको आइपीपीमा सञ्जु द्वा, उपाध्यक्षमा रमा घिमिरे, सचिवमा दुर्गा शर्मा, कोषाध्यक्षमा सलोनी केसी, आइएसओमा गीता श्रेष्ठ, इडिटरमा गायत्री थापा, सदस्यमा सम्झना बज्राचार्य र रेष्मा श्रेष्ठ छन् ।

समारोहमा प्रमुख अतिथि इनरह्वील क्लब डिष्ट्रिक्ट ३५० की डिपुटी नेश्नल रिप्रिजेन्टेटीप विजयालक्ष्मी श्रेष्ठले क्लबले सामाजिक दायित्व बहन गर्नुपर्ने बताइन् ।

इनरह्वील डिष्ट्रिक्ट ३५० की डिष्ट्रिक्ट चेयरम्यान समिरा ध्वजुले महिलाले दक्षता अभिवृद्धि गर्दै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

कार्यक्रममा डिष्ट्रिक्ट ३५० की उपाध्यक्ष सरशीष पालिखे, इनरह्वील अन्नपूर्णकी अध्यक्ष युनिष्मा तुलाचन, इनरह्वील पोखराकी निवर्तमान अध्यक्ष सञ्जु द्वा र मिट टाउनकी सावित्री नेपाली लगायतले बोलेका थिए ।

सावित्री थापा मुक्तान र रेखा मर्सानीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इनरह्वीलकी सचिव माधवी बास्तोला, इनरह्वील पोखरकी सचिव दुर्गा शर्माले गरेका थिए ।

इनरह्वील पोखरा मिट टाउनकी पूर्व अध्यक्ष पार्वती पाण्डेले स्वागत र इनरह्वील पोखराकी उपाध्यक्ष सिताकुमारी अधिकारीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

उक्त अवसरमा उत्कृष्ट शिक्षा हासिल गर्ने इनरह्वीलका छोराछोरी, क्लबमा उत्कृष्ट योगदान पुर्याउने सदस्य तथां पदाधिकारीलाई सम्मान गरिएको थियो ।