आफनै परिवारबाट अधिकांश बलात्कारका घटनाहरु भईरहेको तथ्याङ सार्वजनिक भईरहँदा सोलुखुम्बुमा पनि आफनै काकाबाट १४ वर्षीय बालिका बलात्कृत भएकीछिन् । ६ कक्षामा पढ्दै गरेकी बालिकालाई काकाले निरन्तर बलात्कार गर्दै आईरहेका थिए । खुम्बु पासाङल्हमु गाउँपालिका २ लुक्लामा बस्दै आएका काकाले भतिजीलाई बलात्कार गरेसंगै बालिकाको पेटमा ८ महिनाको गर्भ समेत रहेको पाईएको छ ।
पीडित परिवारले छोरीको पेट बढ्दै गएपछि प्रहरीमा उजुरी दिएका थिए । पछि आफनै काकाले बलात्कार गरेको खुलासा भएपछि प्रहरीले उनलाई सोमबार बिहानै घरबाटै प्क्राउ गरेको छ । २२ बर्षीय काकाले आफुलाई बारम्बार बलात्कार गरेको मौखिक बयान दिएपछि प्रहरीले उनलाई प्रक्राउ गरेको छ । प्रक्राउ परेपछि युवकले पनि आफनो अपराध स्वीकार गरेका छन् । स्वास्थ्य परीक्षण गर्ने क्रममा उनको पेटमा ८ महिने शिशु हुर्किरहेको बताईएको छ ।




