साहित्य

चेतावनी

नढक्ढक्याऊ हाम्रो तगारोधर्मका आडमाझोलाभरि भरिसम्मोहन फैलाउनेहरिया हरिया बिटा बोकेरनआऊ रात बिरातहाम्रो सौहाद्रता बिथोल्न। यी पाखामाझुत्रो टोपीमैलो कछाडटालेको भाङ्ग्राभोको पटुकीयुगौदेखिराष्ट्रियताको एउटै नसाले सिञ्चित छन। यी पखेरामादशै र ल्होसारगौरा र तिजइद र क्रिसमसउधौली र माघीएउटै अङ्गालोमा बेरिएरसुक्सुकाइरहन्छन्खित्खिताइरहन्छन्तिमी जति नै आरिसले सल्किऊधाननाच र देउडा एक आपसमा पिरती गाॅसिरहन्छन् कसैले खोतल्दैमाजातको जराकसैले लगाउॅदैमाधर्मको उकेराहामी बन्दैनौ बिचलितहामी हुॅदैनौ टसमस तसर्थबन्द गर आजैबाटहाम्रो एकता धमिल्याउनहाम्रो सहिष्णुता बिथोल्नतिमीले उद्याइरहेको जात र धर्मको औजार!! (2076/04/23) पुरा पढौ

गजल

मोटा अझै मोटाउँछन्, चित्त बुझ्दैनखाँदाखाँदै भोकाउँछन्, चित्त बुझ्दैन भोका नाङ्गा बालवृद्ध सडकभरी छन्मान्छे मन्दिर बनाउँछन्, चित्त बुझ्दैन सपनामा रहरहरू फुल्ने बेलामाउनी आउँछन् जगाउँछन्, चित्त बुझ्दैन यो त रुने समय हो रुनै पर्दछकोहि यसै सम्झाउँछन्, चित्त बुझ्दैन दुनो अलि ढल्किएर अन्तै पोखिएसद्दे मानिस बहुलाउँछन्, चित्त बुझ्दैन पुरा पढौ

साहित्यकार दीक्षितको स्वास्थ्यस्थिति सुधारोन्मुख

निमोनियका कारण उपचारार्थ अस्पताल भर्ना भएका वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शुक्रबार भर्ना भएका ९६ वर्षीय उनको स्वास्थ्य अवस्था आज सुधार भएको उनका नाति अवनी दीक्षितले जानकारी दिए । दीक्षितका ‘माधवी’ उपन्यासलगायत दर्जनौँ लोकप्रिय कृति छन् । पुरा पढौ

घनश्याम ढकालबारे समालोचना कृति

साहित्यकार घनश्याम ढकालबारे समालोचक सुकुम शर्माले तयार पारेको पुस्तक प्रकाशित भएको छ । शर्माद्वारा लेखिएको ‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’ नामक समीक्षा कृति शुक्रबार काठमाडौंमा विमोचन भयो ।  पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रममा बोल्दै प्रा.डा. ताराकान्त पाण्डेयले घनश्याम ढकाल माक्र्सवादी समालोचना र भौतिकवादी चिन्तनका क्षेत्रमा प्रतिबद्ध र प्रस्ट लेखक भएको चर्चा गरे । ‘ढकालको मूल व्यक्तित्व नेपालको प्रगतिवादी आख्यान र निबन्धमा स्थापित छ,’ पाण्डेयले भने, ‘जनयुद्धपूर्व र जनयुद्धको उत्कर्षका बेलामा वर्गसंघर्षलाई… पुरा पढौ

पोखरामा फुले दाजुका ‘टाँकीका फूलहरु’

संखुवासभा, धरानतिरका टाँकीका फूलले दाजु गुरुङलाई लोभ्याए । अहिले हङकङमा बसोबास गर्ने उनले पहिलो कथा सञ्चयनको नाम राखे ः टाँकीका फूलहरु । पूर्वी नेपालसहित पोखरा, पर्वत, र हङकङको परिवेश बोल्ने १७ कथा रहेको कृतिबारे पोखरामा शुक्रबार चर्चा भयो । हेमराज पहारी स्ृमति प्रतिष्ठान पोखराको आयोजना र हङकङ साहित्यिक साझा शृंखलाको सहआयोजनामा पोखरेलीमाझ दाजुका कथाबारे बहस भएको हो । कार्यक्रममा साहित्यकार सरुभक्तले मानिस जहाँ पुग्छन्, सँगसँगै संस्कृति, साहित्य र चालचलन पनि… पुरा पढौ

म बोक्सी हुँ सरकार मलाई फाँसी दे !

दुर्बल छु, पातली छु जिङ्गृङ छ कपाल युरोपीयन समुद्री किनाराझैँ छियाछिया फाटेका छन् कुर्कुच्चा ढ्याब्रा ओठ,ठुला ठुला छन् आँखाहरु चोलो च्यातिएर दुबै स्तन देखिएका छन् साडि खुम्चिएर गुप्तङ्ग सम्म पुगेको छ हो,यही हो मेरो दृश्य चित्र खाद्यान्न अन्तै कतै सजाइएको छ छानीछानी खाएर सम्भ्रान्तहरुले फ्यालिएकोछ,सडक ,चोक र गल्लीहरुमा हो,त्यही थुप्रो उधिनेर खाइरहेछु म छानीछानी परिकार छन् ,धेरै छन् मेरा त्यस्ता साथिहरु जो साँझ बिहान उधिन्छन् त्यही फोहोरको थुप्रो र तिम्रै… पुरा पढौ

भद्र छुवाछूत (लघु कथा )

पवित्ररामको घर किन्न वखानसिंहले एकजना बिर्खनारायण नामका ग्राहक लिएर आए । वखानसिंहको सल्लाह अनुसार पवित्ररामले घरमा तुलसीको मैरो पानीको धारा पनि निर्माण गरेका थिए । बिर्खनारायण मूल गेट प्रवेश गर्नु अघि बिध्दुत प्राधीकरणले टाँसेको सानो साइनवोर्ड पढे । यसमा पहिलो नाम मात्र थियो । पछिल्लो थर केही नबुझ्ने गरि कोरिएको थियो । वखानसिंहले पवित्ररामलाई बोलाए । पवित्रराम घर पछाडिबाट आए । तीनैजना घरको कोठा कोठा हेर्दै छतमा पुगे । यसपछि… पुरा पढौ

म गजलविना बाच्न सक्दिनँ : कोइराला

झट्ट हेर्दा दुब्लो शरीर । कालो चश्मा । औपचारिक पहिरन कालो सुटमा ठाटिने विवश बलिभद्र कोइराला कुशल गजलकार हुन् । समाजमा उनी आफूलाई यही उपमाले चिनाउन चाहन्छन् । उनका गजल मन छुने खालका हुन्छन् । उनी प्रेम र समसामयिक विषयवस्तुलाई समेटेर गजलमा उतार्ने गर्छन् । प्रस्तुत छ बालिका थपलियास“ग उनले गजलको बारेमा गरेको कुराकानीः गजल के हो ? किन लेख्नुहुन्छ गजल ? मेरो विचारमा गजल मनका भावनाहरुको लयात्मक प्रस्तुति हो… पुरा पढौ

जीवनको शल्यक्रिया

बाचुञ्जेल रहर, इच्छा, आकांक्षा मारेर मुर्दा जसरी बाँचेको ऊ मृत्युपछि जीवन जसरी बाँचेको छ । (विवशता) परदेशीको शव पनि आफन्त र मातृभूमिलाई गतिलो उपहार हुँदो रहेछ । (उपहार) यो साल ठूलो खर्च र झन्झटबाट बचायो केटाले । (गर्जाे) कोष्ठकमा दिइएका लघुकथाबाट निकालिएका माथिका वाक्यांशले पाठकलाई किताब कस्तो छ भन्ने झल्को दिन्छन् । पहिले बुढापाका नाडी छाम्थे । कति मिलाउँथे, कति अनुमान गर्थे, त्यो त्यही पुस्तालाई थाहा होला । अहिले नाडी… पुरा पढौ

प्रकट पंगेनीको ‘अक्षरभरि अक्षता’

साहित्यकार प्रकट पंगेनी ‘शिव’ को कविता सञ्चयन ‘अक्षरभरि अक्षता’ लोकार्पण गरिएको छ । उक्त कृति शनिबार पोखरामा सार्वजनिक गरिएको हो । यो उनको चौंथो काव्यकृति हो । कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कृति लोकार्पण गरेका हुन् । उक्त अवसरमा श्रेष्ठले कृतिकार पंगेनी मूलतः घरगृहस्थीको कवि भएको धारणा व्यक्त गरे । उनले भने, ‘ऊ मूलतः घरगृहस्थीको कवि हो ।’ उनका कविताका विशेषता बारे श्रेष्ठले भने, ‘उलाई श्रीमती दुख्छ । कहिले काँही… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं