ताजा समाचार

भाद्र ५ गते २०७६

राजीनामा पर्खिइरहेको ऐलानी जिन्दगी

भनाइ नै छ साहित्य समाजको दर्पण हो । तर यो दर्पणलाई छर्लङ्ग पार्न कतिपय अवस्थामा धुमिल समयले असहज वातावरणको सिर्जना गरिदिन्छ । लेखक समाजबाट टाढा भागेर सिर्जना गर्न चाहदैन र सक्दैन पनि । तर त्यही समाजको तीतो सत्यलाई जब आफनो सिर्जनामा उतार्छ तब उसको लागि परिस्थिति प्रतिकुल बनिदिन्छ । यही अवस्थाबाट गुज्रिएका छन् ‘ऐलानी’ उपन्यासका लेखक विवेक ओझा ।

हाम्रो देशको पछाडि परेको समुदाय जसलाई वादीको नामले चिनिन्छ, उपन्यासको विषयबस्तु यही नाम र समाजको वरिपरि घुमेको छ । वादी जिन्दगीको एकदम नजिकको दर्शक भएर विवेकले यो कृतिलाई पूर्ण रुप दिएका छन् । उनको लेखनमा दर्शनको कला छताछुल्ल भएको प्रतीत हुन्छ । जस्तै ‘संसारमा हरेक कुराहरु कलिलो अवस्थामा मात्र सुन्दर देखिन्छन् । जस्तो कि रुखका कोमल चिल्ला पालुवा, बामे सरिरहेको बालक, उफ्रिरहेका मृगका सुनौला शावकहरु, बाघका डमरुहरु, अनि पर क्षितिजमा जन्मि“दै गरेको शिशु–सूर्य ।’

वादी समुदायका महिलालाई यौन सन्तुष्टिको लागि भरपुर प्रयोग गर्ने तर छोएको नखाने अर्थात उनीहरुलाई आफनो पहिचानबाट बञ्चित गर्ने कथित मुखियाको चरित्र चित्रण गर्नमा लेखक सफल देखिन्छन् । यही सन्दर्भमा लेखकले आफनो विचारलाई सारगर्भित रुपमा प्रस्तुत गरेका छन् ‘दुनिया“कै सबैभन्दा धनी र गरिब लोग्ने होस् या आइमाई, उनीहरुबीच समान हुन्या ठाउ“ छ, त्यो हो यौन ।’

आफनी आमा बिरामी भएपछि पढाइ त्यागेर होटलमा भाडा माझन बाध्य भएकी अनि देहव्यापार गर्र्र्न थालेकी यस उपन्यासकी पात्र वसन्तीले आफनो बारेमा मार्मिक व्याख्या गरेकी छिन् ‘आमाको जिन्दगी उठ्योे तर मेरो जिन्दगीले सुत्न सुरु ग¥यो ।’

मायाको बारेमा साह्रै मिठो धारणा व्यक्त गरेका छन् विवेकले । उनी यसरी मायामा गुलियो थप्छन् ‘माया त यस्तो चिज जुन उम्रिनेबित्तिकै दिमागमा बादल लगाइदिन्छ अनि दिलमा हतकडी बा“धिदिन्छ । मैले कसैको प्रेम, आस्था र विश्वासको कपडा लगाएको रहेछु । हृदयमा प्रेमको बीउको कहिल्यै कमी हु“दैन आदि ।’

वादी समुदायका महिला आफनो हक अधिकार खोज्नका लागि सिंहदरबार अघि गएर नारा जुलुस लगाएको, नाङ्गै भएर आन्दोलन गरेको तर सरकारले नाङगो शरीर हेरेर ¥याल मात्र काढ्ेको, गम्भीर नभएको प्रसङ्गले हाम्रो देशको खेलाचीपूर्ण शासन व्यबस्थाप्रति व्यङ्ग्य गरेको छ ।

‘भोकमा बाठो मान्छे चोर बन्छ । बलियो मान्छे डा“का बन्छ । भोकमा हामीजस्ता मान्छे ओछ्यान बन्छौ । जसको शरीर पनि बिक्दैन उनीहरु भिखारी बन्छन् । जसले भीख माग्न सक्दैन उनीहरु भोकले मर्छन् । वास्तबमा जिन्दगी भोकले नै निर्धारण गर्दो रहेछ ।’

यस उपन्यासकी पात्र बसन्तीमार्फत लेखकले यो समुदायको वास्तबिकतालाई प्रष्टयाउ“छन् ‘हामी अझै उस्तै छौ साहेब,फेरिन त धेरैका धेरै कूरा फेरिए, थोरबहुत लवज, लवाइखवाइ । तर बदलिनुपर्ने पेसा उही रहिरहयो । त्यो बदलिएन् । हामी वेश्या भैरह्यौ ।’ उपन्यासको शीर्षकको सार्थकतालाई बसन्तीकै भनाइबाट लेखक विवेक ओझाले प्रष्ट पारेका छन् ‘…ऐलानीमा बसेर होला साहेब, जिन्दगी ऐलानीजस्तो लाग्छ । मन न हो सुम्सुम्याउन चाहनेले सुमसुम्याउ“छ । लत्याउन चाहानेले लत्याइदिन्छ । साहेब, जोकोहीले थुकेर जान सक्छ मेरो गुप्ताङमा, जहा“बाट नौलो जीवन उदाउ“छ । त्यो थुकाइ नौलो जीवनका लागि गाली हो । …..कोही थुकेर जान सक्छ मेरो छातीमा । हाम्रा छातीहरु कहा“ गर्व गर्न सक्छन् र ? वा थुकेर जान सक्छन् मेरो अनुहारमा । हाम्रो पहिचान पहिल्यैदेखि कलङ्कित छ ।’

वादी जिन्दगीलाई ऐलानीबाट राजीनामामा रुपान्तरण गर्नको लागि पक्कै पनि यो उपन्यासले प्रभावकारी भुमिका खेल्न सक्छ । भोकको बारेमा लेखकले सारगर्भित अभिव्यक्ति दिएका छन् ‘भोकमा बाठो मान्छे चोर बन्छ । बलियो मान्छे डा“का बन्छ । भोकमा हामीजस्ता मान्छे ओछ्यान बन्छौ । जसको शरीर पनि बिक्दैन उनीहरु भिखारी बन्छन् । जसले भीख माग्न सक्दैन उनीहरु भोकले मर्छन् । वास्तबमा जिन्दगी भोकले नै निर्धारण गर्दो रहेछ ।’

यो उपन्यासले वादी समुदायको ऐलानीमा परेको जिन्दगीको स्वतन्त्रताको निम्ति संखघोष गर्दछ । पुस्तक पुनःमुद्रण बजारमा आइसकेको छ । यसलाई साङ्ग्रिला बुक्सले प्रकाशन गरेको छ । हाम्रो समाजको यथार्थलाई नजिकबाट बुझनको लागि यो कृति पढ्नु अत्यावश्यक छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।