ताजा समाचार

श्रावण २७ गते २०७६

कवि शिरोमणि जन्मस्थल विकास समितिमा विश्वप्रकाश

कवि शिरोमणि जन्मस्थल विकास समिति पुर्नगठन गरिएको छ । कवि शिरोमणि लेखनाथ पौडेलको जन्मगाउँ अर्घौ अर्चेलेलाई साहित्यिक ग्रामको रुपमा विकास गर्ने उद्देश्यले स्थापना भएको समितिको सोमबार भएको भेलाले विश्वप्रकाश लामिछानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चुनेको छ ।

कवि शिरोमणिको जन्मस्थलमा विकासका पूर्वाधार खडा गर्दै साहित्यिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य छ । समितिको वरिष्ठ उपाध्यक्ष पद्मराज ढकाल, उपाध्यक्ष गोपिराज पौडेल, सचिव मनोज पौडेल, सहसचिव रामप्रसाद तिमिल्सेना र कोषाध्यक्ष शिवमोहन अधिकारी छन् । समितिका सदस्यमा वद्रि विनोद प्रतीक, प्रतिभा शर्मा, विमला पाहारी, हरिबोल गौतम र गोविन्द वाग्ले छन् ।

भेलामा पोखरा २७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङले भौतिक पूर्वाधार निर्माण गर्दै कवि जन्मगाउँलाई विकास गर्न सबैको चिन्तन जरुरी भएको बताए । पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल र २९ का वडाध्यक्ष चेतबहादुर गुुरुङले स्थानीयको सहयोगमा प्रदेश र संघीय सरकारबाट सहयोग जुटाउन लाग्नुपर्नेमा जोड दिए ।


Loading...