ताजा समाचार

श्रावण २५ गते २०७६

हिमाली सांस्कृतिक परिवारमा मेनकाजीकै नेतृत्व

हिमाली साँस्कृतिक परिवार पोखराको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले पुनः मेनकाजी गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानबहादुर थापा र उपाध्यक्ष गजबहादुर गुरुङ, सचिवमा श्रीजंग गुरुङ र कोषाध्यक्षमा महादेव न्यौपाने छन् । सदस्यमा नितु गुरुङ ए र नितु गुरुङ बि, मिनप्रसाद गुरुङ, मनसुब्बा नेपाली, युवराज गुरुङ लगायत छन् ।

साधारणसभामा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले नेपाली मौलिक लोक संस्कृति र कलाको संरक्षणमा हिमाली साँस्कृतिक परिवारको अतुलनिय योगदान रहेको बताए । महानगरपालिकाले यसै वर्ष पोखरामा साँस्कृतिक भिलेजको स्थापना गर्ने र जसको लागि परिवारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।
सकेसम्म पोखरा नयाँ बजारमा रहेको क्षेत्रिय संग्रहलयलाई नै साँस्कृतिक भिलेजको रुपमा परिणत गर्ने कोसिसमा आफूहरु रहेको र त्यसो हुन नसकेको खण्डमा पोखराबाट नजिकैको कुनै स्थानमा सो भिलेज निर्माण गरिने बताउनु भयो ।

कवि तीर्थ श्रेष्ठले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन नेपाली मौलिक कला संस्कृति र साहित्यको राम्रो विकास हुनुपर्ने बताए । परिवारका संरक्षक तथा वरिष्ठ संस्कृतिकर्मी चेतन कार्कीले यो पृथ्वीमा सुर्य र चन्द्र रहुनजेल हिमाली साँस्कृतिक परिवार बाँचिरहोस् भनी कामना गरे ।

परिवारले नेपाली लोक बाजा एवम् भेषभूषाको संरक्षण गर्दै कलाकारहरु उत्पादन गरिहेको छ । परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापा र सचिव श्रीजंग गुरुङले पनि बोलेका थिए ।


Loading...