ताजा समाचार

भाद्र १ गते २०७६

२ मुक्तक

म मेरै त भइनँ आजसम्म अब भन तिम्रो कसरी बन्छु
अहँ यो नसम्झ कि म पात हुँ जता हावा उतै हल्लन्छु
तिमीले जुन प्यारका खातिर एकतर्फी बाटो रोजिरह्यौ
हो, म त्यसलाई प्रेम होइन सिर्फ तिम्रो पागलपन सम्झन्छु

कस्सम तिमीलाई मैले जति माया कसले गरेको छ
तिम्रो सम्झनामै लाग्छ मलाई जिउने बानी परेको छ
काँडा बनी बिझाइरहूँ लाग्छ तिम्रो मुटुभित्र,
फूल हुँदा त गुलाफ पनि क्षणमै ओइलाई झरेको छ