ताजा समाचार

श्रावण २६ गते २०७६

नेपाल लिटरचेर फेस्टिभल मंसिरमा

आठौं नेपाल लिटरचेर फेस्टिभल मंसिर २७ गतेदेखि ३० गतेसम्म पोखरामा हुने भएको छ ।

फेस्टिभलमा स्वदेशी, विदेशी लेखक सहभागी हुने र ३ दर्जनभन्दा बढी छलफलका सत्र रहने आयोजक संस्था बुकवर्म फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन गर जानकारी दिइयो ।

फेस्टिभलमा भारतीय लोकसभाका सांसद एवं साहित्यकार डा. शशी थरुर, भारतीय गीतकार एवं कवि जाभेद अख्तर, भारतीय अभिनेत्री शबना सहभागी हुने फाउन्डेसनले जनाएको छ ।

साथै फेस्टिभलमा यस वर्ष डीएससी पुरस्कार प्रदान गर्न लागिएको छ ।

२७ लाख ५० हजार रुपैयाँ राशीबराबरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत ८ वर्षदेखि प्रदान गर्दै आएको फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए ।