साहित्य

‘पहराको फूल’ सार्वजनिक

कवि लिली अधिकारीको ‘पहराको फुल’ कविता संग्रह सार्वजनिक छ । पोखरामा शनिबारसगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको समारोहमा अधिकारीको कृति लोकार्पण भएको हो । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले जति धेरै अध्ययन भयो, उति नै राम्रो लेखन हुने बताए । पहरामा कतै लिली फुलेको नदेखेको उल्लेख गर्दै उनलेकविले पहरामा पनि कविताका फूलसफलतापूर्वक फुलाएको बताए । कवि अधिकारीले कठिनता नै कठिनताको अन्धकार महासागर, कतै टाढा देखिने जीवनका… पुरा पढौ

गजल

हुँदैन यो गतिछाडा लोकतान्त्रिक अभ्यासबाटजनता कहिल्यै पनि मालिक हुँदैन दासबाट गणतन्त्र छ लेख्नमा, सयौं राजा छन् देख्नमाकतिलाई पाल्न सकिन्छ काटेर आफ्नै गासबाट न सिँहदरबार भत्किन्छ, न बालुवाटार भत्किन्छकेबल गरिबकै छानो भत्किन्छ हुरी , बतासबाट शायद निल आर्मस्ट्ङ भनेर झुक्किएकी होलीजूनले बोलाईरहन्छे मलाई राति आकाशबाट आमाले सोध्नुभो ए, शिवु घर फर्किन पर्दैन तँलाई ?चौध सालमा त राम पनि फर्केका हुन् वनवासबाट । पुरा पढौ

अनुभूतिका रङका साथ आए अल्पविराम

साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रङ्गहरू’ लघुकथा सङ्ग्रह लोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले शनिबार एक कार्यक्रमकाबीच सो कृतिको लोकार्पण गरे । आख्यानको एक महत्वपूर्ण विधाका रूपमा लघुकथा स्थापित भएको भन्दै उनले मुुक्तक र कवितामार्फत् विशिष्ट परिचय बनाइसकेका अल्पविरामको लघुकथाप्रतिको लगाव प्रशंसनीय रहेको बताए । उमेरको परिपक्वता बढ्दै जाँदा पनि लेखाइमा थप जाँगरका साथ व्रिmयाशील भएर अल्पविरामले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उनको भनाइ… पुरा पढौ

‘चक्रधूम’ लिएर आए रेशम

पोखरेली साहित्यकार रेशम गिरी ‘चक्रधूम’ उपन्यास लिएर पाठकमाझ आएका छन् । शनिबार आयोजित कार्यक्रममा प्राज्ञ सरुभक्तले उपन्यास सार्वजनिक गरे । ‘चक्रधूम’मा परिबन्धमा परी अदालतद्वारा दोषी ठहर भएका कैदीको कथा रहेको लेखक गिरीले बताए । असुरक्षित नारीका समस्यालाई प्रस्तुत गरेको उपन्यासमा बच्चादेखि वृद्धासम्मले भोग्नुपरेका त्रासदपूर्ण अवस्था चित्रण गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्राज्ञ सरुभक्तले अदालत भित्रका विषयवस्तुमा कमैमात्र पुस्तक प्रकाशन हुने गरेको बताए । गिरीको पुस्तकमा पाठकले… पुरा पढौ

लीलबहादुर: शिवस्तुतिदेखि पद्मश्रीसम्म

नेपाली आख्यान साहित्यमा एक दर्बिलो स्थान ओगट्न सफल भएका, आजको मितिमा सबैभन्दा धेरै चर्चामा आएका असमका लीलबहादुर क्षत्री बहुमुखी प्रतिभाका धनी हुन्। मुख्यत: आख्यानकारका रूपमा परिचित, चर्चित र समादृत भए तापनि क्षत्रीको साहित्य यात्राको थालनी भने कविता विधाबाट भएको हो। सन् १९४९ मा १६ वर्षको उमेरमा उनको पहिलो काव्यकृति 'शिव स्तुति' सिलाङबाट प्रकाशित हुन्छ। पछि सन् २००१ मा हाम्रोध्वनिको कविता विशेषाङ्कमा उनका कविताहरू प्रकाशित भए। जीवनका विभिन्न समयमा लेखेर छरपस्ट… पुरा पढौ

साहित्यकार विजय बजिमयको निधन

साहित्यकार विजय बजिमयको आइतबार निधन भएको छ । सोमबार बिहान ८ बजे उनकै निवास महोरियाटोलबाट शवयात्रासहित अन्त्येटि गरिने पारिवारिक स्रोतले जनाएको छ । यसैबीच पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले शोक विज्ञप्ति निकालेर बजिमयको निधनमा दुःख व्यक्त गरेका छन् । बजिमय परिवारका पूर्वअध्यक्षसमेत हुन् । उनी २०१४ चैत २३ मा पोखराको मोहरिया टोलमा जन्मिएका थिए । साहित्यका बजिमयका अन्ततोगत्वा(कथासंग्रह) र समय भनेको समय हो (कवितासंग्रह) प्रकाशित छन् । पुरा पढौ

हरिदेवीलाई क्षेत्रप्रताप स्मृति पुरस्कार

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ अग्रज गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ । मञ्चको शनिबार दमौलीमा भएको बैठकले यो निर्णय गरेको हो । कला, संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत उनलाई उक्त पुरस्कार अर्पण गर्न लागिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले बताए । पुरस्कार राशि नगद २५ हजार छ । गीतल राष्ट्रिय पुरस्कार २०७७ बाट कवि प्रोल्लास सिन्धुलिया र २०७८ बाट गायक… पुरा पढौ

सराङकोटमा पर्यटन साहित्य उत्सव

अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति वासिङटन डिसीको आयोजनामा पोखरामा शनिबार पर्यटन साहित्य उत्सव भएको छ । सराङकोटमा आयोजित उत्सवका बीच कृति लोकार्पण, चर्चा परिचर्चा, रचनावाचन लगायतका गतिविधि भए । साहित्य र पर्यटन एक अर्काका पर्याय भएकाले अनेसासले यस्ता उत्सव विभिन्न समय र स्थानमा सञ्चालन गर्दै आएकोमा यस पटक पोखराको सराङकोटमा आयोजना गरिएको ट्रस्टिज सदस्य ऋषि बरालले बताए । उत्सवको पहिलो सत्रमा अनेसासका बोर्ड अफ ट्रस्टीज सदस्य साहित्यकार तीर्थराज अधिकारीका ‘जूनका… पुरा पढौ

गीत

देखाउनलाई मात्रै नै हो सिन्दुरको रेखीचाहिदैन केही पनि माया भए देखी ।माया हुन्छ मुटु भित्र सौभाग्यमा हुन्नधरती कै फूल दिन्छु मैले चन्द्र छुन्नबगाउन सक्छु मैले पसिनाका धारासक्दिन म टिपी ल्याउन सगरका तारा।जुनकिरी बन्नु तिमी हिड्दा अधेरीमाराखेको छु माया गरि मनको मझेरीमारातोरानी रातै भरी फुल्छ अनि झर्छदुखमा हाँस्न सक्छु , हाँस्न पनि पर्छ। पुरा पढौ

कथा: जमेको डर

बिजुली किन चम्किन्छ ? आँपको रुखमा सुन्तला किन फल्दैन ? बादरले घर किन बनाउदैन ? ----आदि | रामहरिकी चार वर्षे छोरीले बाबुसँग गरेका यी प्रश्नहरु हुन् | रामहरि दिक्दार भएर भने - जा उता कति जान्न परेको ? त्यसैबेला सुरमणि आगनको छेउमा आएर भने - कुकुरले के भन्छ, बाँधन | रामहरिले भने - आउनुहोस, यो कुकुर देख्दा मात्र डरलाग्दो हो | एउटा बच्चाले लौरो ताक्दा पनि कुइकदै भाग्दछ | सानोमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं