अखिल नेपाल लेखक, संघ गण्डकी प्रदेश समितिको अध्यक्षको जिम्मेवारी भीम रानाभाटले पाएका छन् । शनिबार भएको भेलाबाट साहित्यकार रानाभाटको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनिएको हो ।
समितिको उपाध्यक्षमा दुर्गानारायण ढकाल, सचिव किशोर मनस्वी, सहसचिव रामजीप्रसाद आचार्य, कोषाध्यक्ष आकाश अधिकारी छन् ।
सदस्यमा खिमानन्द गिरी, नारायण लम्साल, गोमा पौडेल, शिव सस्मित, माधव घिमिरे, भोजराज खण्डलु, मित्रबन्धु पौडेल र रूपीन्द्र प्रभावी कटु छन् ।

महिला उपाध्यक्ष र १ जना सदस्यपछि थप गरिने नवनिर्वाचित अध्यक्ष रानाभाटले जानकारी दिए । प्रदेशका जनपक्षीय लेखकलाई संगठीत गरी प्रशिक्षण र वैचारिक स्पष्टताका लागि कार्यक्रम गर्ने योजना उनले सुनाए ।





