कवि लिली अधिकारीको ‘पहराको फुल’ कविता संग्रह सार्वजनिक छ । पोखरामा शनिबारसगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको समारोहमा अधिकारीको कृति लोकार्पण भएको हो ।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले जति धेरै अध्ययन भयो, उति नै राम्रो लेखन हुने बताए । पहरामा कतै लिली फुलेको नदेखेको उल्लेख गर्दै उनलेकविले पहरामा पनि कविताका फूलसफलतापूर्वक फुलाएको बताए ।
कवि अधिकारीले कठिनता नै कठिनताको अन्धकार महासागर, कतै टाढा देखिने जीवनका पिलपिले बत्तीहरू नै कविता भएको बताइन् । उनले विद्यालयका कविता र महाभारतका श्लोक सुन्दा सुन्दै कविता लेख्ने हुटहुटी पलाएको उल्लेख गरिन् ।
‘पहराको फूल’ मा ५६ कविता समावेश छन् ।




