गजल

हुँदैन यो गतिछाडा लोकतान्त्रिक अभ्यासबाट
जनता कहिल्यै पनि मालिक हुँदैन दासबाट

गणतन्त्र छ लेख्नमा, सयौं राजा छन् देख्नमा
कतिलाई पाल्न सकिन्छ काटेर आफ्नै गासबाट

न सिँहदरबार भत्किन्छ, न बालुवाटार भत्किन्छ
केबल गरिबकै छानो भत्किन्छ हुरी , बतासबाट

शायद निल आर्मस्ट्ङ भनेर झुक्किएकी होली
जूनले बोलाईरहन्छे मलाई राति आकाशबाट

आमाले सोध्नुभो ए, शिवु घर फर्किन पर्दैन तँलाई ?
चौध सालमा त राम पनि फर्केका हुन् वनवासबाट ।