पौष १३ गते २०७६

ताजा समाचार

साहित्य

‘स्वर्गको एक फन्को’ लाएर जन्मदिन

जन्मदिनमा अरुले उपहार दिन्छन्, तर साहित्यकार आम मान्छे भन्दा फरक हुने नै भए । कवि रोशनी गुरुङले आफ्नो जन्मदिनमा पाठकलाई उपहार दिएकी छन् । उनको पहिलो कृति स्वर्गको एक फन्को आइतबार पोखरामा लोकार्पण भएको छ । रोशनीका लागि यो धर्ती, कला, संस्कार, संस्कृति नै स्वर्ग हो । यही परिवेशलाई लयमा उनेर उनले कविता लेखिन् । पत्रकारितामा सक्रिय रोशनीले आइतबारबाट औपचारिक रुपमा कविको परिचय थपिन् । कृति मादी गाउँपालिका अध्यक्ष वेदबहादुर… पुरा पढौ

एकाइसौं लघुकथा वाचन

लघुकथा प्रतिष्ठान पोखराको नियमित लघुकथा वाचन एकाइसौं शृंखला सम्पन्न भएको छ । विष्णु अल्पविरामको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा लघुकथाकार लक्ष्मण थापा, विष्णु बास्तोला, गीता तिवारी, जनार्दन दाहाल, वेणु खतिवडा, कल्याण पन्त, अल्पविराम, भाष्कर लगायतले वाचन गरेका थिए । त्यस अवसरमा पोखरा बाहिरका लघुकथाकार खेमराज पोखरेल (नारी दिवस), राजु क्षेत्री अपुरो (चोरी),कृष्ण बजगाइँ (योग्यता) र गंगा आचार्य (घटना) का कथा समेत वाचन गरिएको थियो । सो प्रतिष्ठानले आख्यान क्षेत्रमा लघुकथा… पुरा पढौ

कार्निभल’ लिएर आए भूमिराज

कथाकार डा. भूमिराज बस्ताकोटीको कथासंग्रह ‘कार्निभल’ शनिबारबाट बजारमा आएको छ । बिएन पुस्तक संसारले प्रकाशन गरेको कथा संग्रह साहित्यकार सरुभक्त तथा स्रष्टाकी छोरी प्रतिमाले संयुक्त रूपमा सार्वजनिक गरे । सरुभक्तले पोखरेली साहित्यमा कविताका सापेक्षमा आख्यानपछि परेका बेला बस्ताकोटीको कृतिले महŒव राख्ने बताए । उनले भने, ‘कसैको प्रत्यक्ष प्रभावमा नभएर स्रष्टाले आफ्नो बाटो आफैं तयार गर्नुपर्छ । भूमिराजले त्यो गरेको मैले पाएको छु ।’ पोखरामा आख्यान लेखनलाई अभिप्रेरित गर्ने संस्थागत प्रयास… पुरा पढौ

महंगो डोला

टुल्कीको विवाह तीस वर्षको उमेरसम्म भएको थिएन । अब भने टुल्की जो माग्न आए पनि राजी हुने निधो गरेकी थिइन् । नभन्दै उनलाई केही टाढाबाट माग्न आए । बावुआमाको पनि चित्त बुझ्यो । डोला भाँचिने जस्तो टुल्कीको ज्यान थियो । दुलाहको घरमा भित्रिएको भोलिपल्ट उनले राम्चे गाउँ जाने बाटो सोधिन् ।उनीले भनिन्- म आजै मेरो प्रेमी कृण्ण आलेको घरमा जान्छु । सुस्केरी हुन अब एक महिना मात्र बाँकी छ ।… पुरा पढौ

बाल कथा सङ्ग्रह लिएर आइन् सरु

साहित्यकार सरस्वती श्रेष्ठ सरुको बाल कथा सङ्ग्रह किट्टी सर्वाजनिक भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले कृति लोकर्पण गरे । सरुभक्तले बालकथा लेखन सजिलो नभएको उल्लेख गर्दै कस्तो साहित्यलाई बालसाहित्य भन्ने प्रष्ट नहुँदा अन्योल जारी रहेको बताए । समीक्षक जीवनसागर भन्डारीले सरूका बालकथा कल्पना गरिएर लेखिएको नभई प्रत्यक्ष अनुभवमा आधारित भएको विचार राखे । बालबालिकालाई प्रेरणा दिने र व्यवाहरिक… पुरा पढौ

गजल

नलाउने माया लाँए त्यसैले त रूँदै छु म आँखाबाट आँशु झारी साउन, भदौ हुँदै छु म बाँधिए नि सपनिमा तिम्रो न्यानो अङ्गालोमा यथार्थमा एक्लो हुँदा आँशुले मुख धुँदै छु म जिन्दगी नै त्यागी दिउँ जस्तो लाग्छ आज भोलि मात्र तिम्रो मुख हेर्ने चाहनामा जिउँदै छु म तिमीलाई खै के हुन्छ, यता यादले सताउँदा रात दिन आँखाबाट आँशु बनी चुहुदै छु म फर्कि आउँछु भनी गयौ अन्तै माया लगाएछौँ घात रुपि… पुरा पढौ

जाडोको लुगा ( लघुकथा )

पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको ! यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्यो....। रिठ्ठेले पटुकाको फेरोमा बाधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो । ....यसको मूल्य अठार हजार , यसको बाह्र हजार , यो पातलोचाहिँको आठ हजार , यो स्वीटरको चार हजार....। रिठ्ठेले दुइपटक बजार परिक्रमा गर्यो र सरासर छेवैको भट्टीमा पस्यो । ....यो तरल ज्याकेटको साठी रुपियाँ, यो तरल स्वीटरको बीस रुपियाँ यो तरल गलबन्दीको दश रुपियाँ.....। उसले पटुकाको… पुरा पढौ

भूपि पुरस्कार थकाली सेवा समिति र सम्मान मोहनलाई

धौलागिरि साहित्य प्रतिष्ठान बागलुङद्वारा स्थापित यस वर्षको भूपि पुरस्कार थकाली सेवा समिति बुटवललाई प्रदान गरिने भएको छ । यसैगरी भूपि सम्मानद्वारा साहित्यकार मोहन चापागाईंलाई सम्मनित गरिने प्रतिष्ठानले जनाएको छ । भूपि पुरस्कारको राशि रु १५ हजार रहेको छ । ८५ औँ भूपि जयन्तीको अवसरमा आगामी पुस १२ गते ती पुरस्कार र सम्मान समर्पण गरिनेछ । प्रतिष्ठानका अध्यक्ष काजी रोशनले समितिले भूपिको स्मृतिमा प्रवेशद्वार,शालिक,पुस्तकालय निर्माण तथा अक्षयकोष स्थापनालगायतका काम भएको जानकारी… पुरा पढौ

कहाँ पञ्चम वर्ण, कहाँ शिरबिन्दु लेख्ने ?

1. आत्तुरी मा लेख्न पर्दा वा संयुक्ताक्षर काे जटिलता घटाएर लिपि लाई सरल र सुन्दर तुल्याउनु पर्दा पञ्चम वर्ण का सट्टा शिरबिन्दु काे प्रयाेग गर्नु पनि उपयाेगी हुन्छ । जस्तै शंकर, शंखधर, संघीयता, पंचामृत, मंजन, गीतगुंजन, कंटकारि, मुखमंडल, विचारमंथन, दंतबजान, मंथरगति, शिवमंदिर, संज्ञा, संक्षेप, जनसंपर्क, शंभुनाथ आदि । 2 . एसरी शिरबिन्दु काे प्रयाेग भएका शब्द लाई अशुद्ध भनेर हेला गर्नु उचित हाेइन । काेशकार ले एस्ता शब्द लाई अनिवार्य… पुरा पढौ

‘साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न महोत्सव’

आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौं संस्करण यही शुक्रबारदेखि पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीले सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत फेस्टिबल मंसिर २७–३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो । फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक संस्था बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले फेस्टिबलका अघिल्ला संस्करणभन्दा यस पटक नयाँ वक्तालाई उभ्याइने जानकारी दिए । उनल भने, ‘सुरुका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं