साहित्य

कविता: पदक

पोहोरसम्म विरोध गरकै होविना आधार आफ्नाहरूलाई दिन्छन् भनेकै होयसपाली त हतार हतार दौरा सुरुवाल सिलाएरपदक थाप्न पनि गएकै होफोटो खिचिदिने कोही नपाएरयौटा सेल्फी आफैँले हानेको होसाथी आखिर पदक त पदकै होयसपाली विरोध नगरौं कि भनेर चुप लागेकै हो किन पाएको थाहा भएनकुन श्रेणीको पाउनु पथ्र्यो, त्यो पनि थाहा भएनतर साथी, यसपाली त मैले पनि पाएकै होसरकारले सिफारिश गरेछ, राष्ट्रपतिको हातबाटै पाएको हो शीरमा, सरकार जस्तै कालो टोपीशरीरमा, विचौलियाले नपत्याएकासाँसदहरूजस्तै सफेद… पुरा पढौ

२८ गतेबाट पोखरामा नेपाली नाटक सेमिनार

नेपाल नाट्य प्रतिष्ठान पोखराले नेपाली नाटकः प्रथम अन्तर्राष्ट्रिय सेमिनार गर्न लागेको छ । नेपाली कला, कौशल, संगीत, नेपाली नाटक, रंगमञ्च, समग्र संस्कृति र नेपाली साहित्यको श्रीवृद्धि गर्ने लक्ष्यका साथ प्रतिष्ठान स्थापना भएको हो । पोखरा प्रज्ञा प्रतिष्ठानको मुख्य सहयोग र गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रवद्र्धनमा वैशाख २८, २९ र ३० गते सेमिनार आयोजना गरिएको नेपाल नाट्य प्रतिष्ठानका अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए । उनले नाटक लेख्ने तथा निर्देशन गर्ने र… पुरा पढौ

हेमजामा मुक्तक लेखन कार्यशाला र प्रशिक्षण

हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजतजयन्ती सन्दर्भमा बुद्ध जयन्तीको अवसर पारेर मुक्तक लेखन कार्यशाला तथा प्रशिक्षण सम्पन्न गरेको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले प्रतिष्ठानले स्थापनाको रजतवर्षको अवसरमा प्रभावकारी कार्यक्रम सञ्चालन गरेको बताए । मुक्तकबारे धारणा राख्दै बिखर्चीले थोरै समय मै चोटिलो एवम् पोटिलो रचना अध्ययन गर्न, मुक्तकको सन्देश मनन गर्न सकिने भएकाले पछिल्लो समय र पुस्ता माझ मुक्तक लोकप्रिय… पुरा पढौ

‘मजदूर कवि’ले मन जिते

विश्व मजदूर दिवसको अवसरमा सोमबार काठमाडौंमा कन्सेप्ट नेपालले आयोजना गरेको ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा पोखरेली ‘मजूदर कवि’ इन्द्र राना ‘प्रतीक’ले प्रभावशाली कविता सुनाएर सबैको मन जितेका छन् । मण्डला थिएटरमा खचाखच दर्शकबीच उनको पहिलो कविता कृति ‘भुइँमान्छेका कविता’ लोकार्पण, सम्मान र एकल वाचन भएको हो । प्रतीकले दर्शकलाई १० कविता सुनाए । साहित्यकार माया ठकुरी,संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कवि ‘प्रतीक’ र प्रकाशक बुक्स हिमालयका प्रमुख पवन शाक्यले संयुक्त रुपमा लोकार्पण गरेको… पुरा पढौ

साहित्य सन्ध्यालाई हेमराज पहारी स्मृति पुरस्कार

हेमराज पहारी स्मृति प्रतिष्ठानले नेपालको प्रगतिशील एवं प्रगतिवादी संस्था साहित्य सन्ध्यालाई ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गरेको छ । प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत १ लाख राशिको सो पुरस्कार हस्तान्तरण गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगा उप्रेती र प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारीले सो पुरस्कार हस्तान्तरण गरेका हुन् । गत वैशाखको पहिलो साता बसेको प्रतिष्ठानको बैठकले यस वर्ष सो पुरस्कार साहित्य सन्ध्यालाई प्रदान गर्ने निर्णय गरेको थियो ।… पुरा पढौ

बैरागी काइँलालाई पुरस्कार

नेपाली लेखक संघलेसाहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरे । पुरस्कार राशि १ लाख छ । कार्यक्रममा उपप्रधानमन्त्री खड्काले मुलुकको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको बताए । ‘राजनीतिक नेतृत्वले खुट्टा कमाइरहेका बेला स्रष्टा सहित्यकारका तर्फबाट परिवर्तनका लागि महत्वपूर्ण योगदान रह्यो’, उनले भने । अधिनायकवादी सोच परास्त गर्न साहित्यकार काइलाले गरेको योगदान बिर्सन नसकिने… पुरा पढौ

ईन्द्रलाई एकैसाथ ३ खुसी

यसपालिको मे १ अर्थात विश्व मजदूर दिवस कवि ईन्द्र राना ‘प्रतीक’का लागि विशेष बन्दै छ । सोमबार पोखराका मजदुर कवि प्रतीक काठमाडौंमा एकल कवितावाचन गर्दै छन् । थापागाउँको मण्डला थिएटरमा कन्सेप्ट नेपालले आयोजना गर्ने ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा सुनाउँन प्रतीकले रोज्जाक कविता छानिसकेका छन् । त्यसका लागि उनी आइतबार काठमाडौं प्रस्थान गर्दै छन् । कार्यक्रममा उनको पहिलो कविता संग्रह ‘भुइँमान्छेका कविता’ लोकापर्ण गरिनेछ । समारोहमा ५१ हजार रुपैयाँ नगदसहित उनलाई… पुरा पढौ

शुभांशु लिएर आइन् शुभ शर्मा

आख्यानकार शुभ शर्माको पहिलो कृति लघुकथा सञ्चयन शुभांशु बजारमा आएको छ । बुुधबार काठमाडौंमा हाम्रो लघुकथा केन्द्रले आयोजना गरेको समारोहमा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यककार ध्रुव मधिकर्मी, प्राडा कपिल लामिछाने, लघुकथा केन्द्रका अध्यक्ष लता केसी, उपाध्यक्ष डा शेखरकुमार श्रेष्ठ, कृतिकारका बुवा झगलाल गैरे, नन्दकला बराल र कृतिकार शुभले सामूहिक रूपमा कृति सार्वजनिक गरेका हुन् । कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले शुभ शर्माका कथाले नेपाली… पुरा पढौ

सकम्बरी गीतमा पारिजात स्मृति केन्द्रको आपत्ति

प्रकाश सपूतको हालै बजारमा आएको ‘सकम्बरी’ गीतप्रति पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ । केही दिनअघि गायक सपूतको यो गीत सार्वजनिक भएको थियो । केन्द्रले विज्ञप्ति प्रकाशित गरी साहित्यकार पारिजातद्वारा लिखित ‘शिरीषको फूल’का पात्रहरू सकम्बरी र सुयोगवीरलाई म्युजिक भिडियोमा देखाइएकोमा आपत्ति जनाएको हो। ‘पारिजात स्वयं नारी सशक्तीकरणका लागि लड्नुभएको व्यक्तित्व हुनुभएको व्यहोरासमेत स्मरण गर्दै महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रूपमा प्रस्तुत गरिएको गीतको छायांकनमा अप्रासंगिक रूपमा शिरीषको फूल पुस्तक प्रयोग… पुरा पढौ

पोखरेलीले सम्झिए रविलालको योगदान

अग्रज प्रगतिवादी साहित्यकार प्राडा रविलाल अधिकारीलाई पोखरेली साहित्यकार, बुुद्धिजीवीहरुले सम्झना गरेका छन् । गण्डकी साहित्य सङ्गम पोखरा, साहित्य शृङ्खला, पोखरा, प्रलेस, कास्की र प्रलेस गण्डकीले शनिबार आयोजना गरेको कार्यक्रममा अधिकारीको योगदान र जीवनीबारे चर्चा गरिएको हो । रविलालको फागुन १६ गते निधन भएको थियो । कार्यक्रमका वक्ताहरुले अधिकारीको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उनले सिर्जनामा देखिएको बाटो अनुुशरण गर्नुु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने औंल्याएका थिए । कार्यक्रममा प्राज्ञ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं