एक महिनाअघि नै किताब हात परे पनि वारपार गर्ने अवसर भने भर्खरै मिल्यो । नेपाली परिवेषमा कोरोनालाई हेरिएको, बुझिएको तथा भोगिएको कुराहरुलाई यस कोरोनातन्त्र सुत्र उपन्यास मार्फत सार्वजनिक गर्नुहुने लेखक रविन्द्र समिरलाई धेरै धेरै बधाई तथा शुभकामना !
लकडाउन चरणको कोरोनातन्त्र
सुरुसुरुमा कोरोनालाई मानिसहरुले नपत्याको, यो माक्स र सेनिटाईजरको व्यापार गर्ने बहुराष्ट्रिय कम्पनीको योजना हो, यो तेस्रो विश्व युद्ध हो, रसायनिक युद्ध, व्यापारिक युद्ध भनेर मानिसहरुले व्याख्या र विश्लेषण गरेका रमाईला कुराहरु कथाका माध्यमबाट आएका छन्। सरकारले गरेको लकडाउनलाई रमाईलो गर्ने अवसरको रुपमा सदुपयोग गरेको, अत्यन्त व्यस्त जिवन शैली भएकाहरुलाई पनि आफू माथीको आकाशको सुन्दरता नियल्ने फुर्सद भएको मिठा मिठा कथा छन् भने सगँसगै दिनभरीको कमाईले साँझ भोक टार्नेहरुले भोकभोकै दश गाउँ भौतारिएको कथा छ। आफन्त छरछिमेक सबैले तिरस्कार गरेको तितो यथार्थ समेटिएको छ।
लकडाउनलाई चुनौती दिदै महाकाली नदिमा पौडेर नेपाल प्रवेश गरेको नेपालीलाई भोकै नाङ्गै नेपाल प्रवेश गरेको आरोपमा प्रहरीले पक्राउ गरेको मानवीय संवेदनालाई जिस्काउने कथा प्रष्ट पारिएको छ।
सरकारले स्वास्थ्य कर्मी, पत्रकार, कर्मचारी, अत्यावश्यक काम आदीका लागि दिईने पासको दुरुपयोग भएको कुरा कथामा पढ्न पाईन्छ भने अर्को तिर सामान्य विरामीलाई पनि अस्पतालले लकडाउनको नाममा उपचार नगरिदएर मृत्यु भएको, छोरालाई औषधी लिन निस्केका बाबुलाई प्रहरीले लकडाउनमा हिडेको आरोपमा समतेर राखेपछि बिरामी छोरो बाबु नआउँदै बितेको कथाले लकडाउन धेरैको काल बनेर आएको प्रष्ट्याको छ।
गाँउमा लकडाउनका कारण अभाव झेलिरहेको व्यक्तीले शहर पसेर ठूलाठूला झुठा गफ लाएकै भरमा सम्पूर्ण आवश्यक सरसामनको जोहो गरेको कथाले गफाडीकै जमाना भएको कुरा प्रष्ट्याको छ।
भाडामा बस्ने डाक्टरहरुलाई घरबेटीले घरबाट निकालेपछि छत छतबाट भर्खर झाङ्गिन थालेको प्रेमको अन्त्य भएको बिछोडको कथा छ।
राहतको चरणमा कोरोनातन्त्र
लकडाउन र संक्रमण दुवैले थलिएका सर्वसाधारण सरकारले छरेको राहात को पोको समाउन दिनभरी लाईनमा बसेको, साँझ पोको खोलेर हेर्दा टिस्यू पेपर र सेनिटाईजर भेटाएको अनि कुनै विकल्प नहुँदा सेनिटाईजर नै पकाएर केटाकेटीलाई खुवाएको वाध्यात्मक कथा समेटिएको छ।
संक्रमणको चरणमा कोरोनातन्त्र
संक्रमणको घेरा फराकिलो हुँदै जादाँ अस्पतालमा बेड, अक्सिजन, औषधी, आई।सि। यु। तथा भेन्टिलेटर अभाव हुँदा अक्सिजनको कालो बजारी भएको, अस्पतालमा आरक्षणमा हुने उपचार पनि टाढाबाढा र हुनेखाने कै पहुँचमा सिमित भएको कथा ले सर्वसाधारणको स्वभिमानलाई चुल्याएको छ।
डाक्टर र नर्सहरुले दिनरात गरेको सेवाप्रति प्रभावित भएका वृद्ध बिरामीले उनीहरुलाई उपहारस्वरुप जग्गा दिने योजना बनाएको तर अस्पतालमा लागेको खर्च थहा पाएपछि ति नै डाक्टर र नर्स प्रति आक्रोस व्यक्त गरेको कथा छ। निजी अस्पतालहरुले हट्टाकट्टा बिरामीलाई पनि उपचार गरी गरी कमजोर बनाएको, अझ मृत्यू भईसकेको लाई पनि हप्तौ सम्म भेन्टिलेटरमा राखेर रकम असुलेको कथाले उपचारको नाममा गरिएको नमिठो व्यापार देखाएको छ।
आई।सि।यु। र भेन्टिलेटर अभाव हुँदा छिटो एक जना मरिहाले मेरो बिरामी राख्न पाउँथे१ू भन्ने स्वार्थी भाव मानिसमा आएको कथा छ।
आफ्नो स्वास्थ्यको वास्ता नगरी दिनरात संक्रमितको उपचारमा समर्पित हुने नर्सको मासिक तलवभत्ताको रकमले महिना भरी खाएको खाजाको पैसा पनि तिर्न नपुगेको मनै अमिल्याउने कथा छ।

संक्रमणसँग डराएर डाक्टरी जाँच माक्स, सेनिटाईजर र सामाजिक दुरीको निगरानीमा एक अन्तरवार्तामा सिमित भएको, संक्रमण उच्च भएको अवस्थामा डाक्टर नै डराएर बिरामीको उपचारमा आफ्ना सहयोगी कर्मचारीहरुलाई पठाउने गरेका र सहयोगी कर्मचरीको व्यवहारले विरामीको डाक्टरप्रतिको दृष्टीकोण फेरिएको रमाईलो कथा समेटिएको छ।
संक्रमण विरुद्धको जनचेतना अभियानमा लागेका डाक्टरले हात धुने, सेनिटाईजर लाउने, दुरी कायम गर्ने, खानपानमा ध्यान दिने, सरसफाईमा ध्यान दिने जस्ता कुराको मनै खोलेर प्रचार प्रसार गर्ने तर आफू भने कुनै कुरामा पनि ध्यान नदिने गरेको डाक्टरको कथा छ।
अस्पताल, क्लिनिक कुदाकुद गर्ने डाक्टरले घरमै बसेर बिरामीलाई सेवा दिन थालेपछि आफ्नै घरमा बिरामी जाँच्दा अस्पताल जाँदा जस्तो चिटिक्क नपरी घरकै लुगामा जाँच्ने गरेको कुराले बिरामीलाई डाक्टरप्रतिको विश्वास कम भएको रमाईलो कथा छ।
संक्रमण भएको थहा पाउने बित्तिकै सुन्ने जति सबैले फोन गरेर पोसिलो खाना खानु, गेडागुडी खानु, अण्डा खानु, मासु खानु, फलफूल खानु, सुप खानु यो खानु त्यो खानु….भनेर हैरान पार्ने तर विचरा संक्रमितको घरमा पेट भर्ने अन्न सम्म नहुँदा सल्लाहले पेट नभरिएको खाने कुरा कसैले नदिएको असहयोगको कथा छ।
डाक्टर आफै संक्रमित भएपछि सुभचिन्तकहरुको सुझावको बाढी थाम्न हम्मे हम्मे परेको कथालाई रमाईलो गरी प्रस्तुत गरिएको छ।
औषधी लिन निस्केका बाबुलाई प्रहरीले पक्रेपछि बिरामी छोरो बाबु नआउँदै बितेको कथाले लकडाउन धेरैको काल बनेर आएको प्रष्ट्याउँछ ।
जिवनभर धन कमाउन ध्यानै नदिने साँच्चैका समाजसेवी पात्र जसले धन केही हैन मान्छेले कमाउने मलामी हो भन्थे र आफूले मलामी कमाएकोमा ढुक्क थिए तर उनको मृत्यू कोरोना संक्रमणले भएका कारण एकै जना पनि मलामी नगएको कथाले मनमा हलचल उत्पन्न गराँउछ।
कोरोनाको समयमा जो कोही बृद्ध, दिर्घ रोगी तथा अन्य जसको मृत्यु भए पनि कोरोनाको कारणले नै मृत्यु भएको समाचार बाहिरिने गरेको संचार माध्यमको कथा छ।
डाक्टरको निरन्तर प्रयासले भेन्टिलेटरबाट फर्किएको बिरामी डिस्चार्ज पछि खाना खादाँ मासु अड्किएर मरेको कथाले मृत्यु कोरोनामा मात्र छैन है भन्ने कुरा सम्झाएको छ।
दैनिक समाचारमा संक्रमित र मृतकको संख्या दोब्बर तेब्बर बृद्धी भएको हेर्ने बानी परेका सर्वसाधारणलाई एक दिन संख्यामा कमि भएको समाचार देख्दा के के नपुगे झै लाग्न थालेको कथाले मानिसले हरेक कुरालाई बानीको रुपमा विकास गर्ने कुरा प्रष्ट हुन्छ।
यो गर्छु त्यो गर्छु भनेर ठूलाठूला सपना बाढ्ने नेता, व्यवसायी, जो कोहीलाई पनि संक्रमणले थलियाएपछि सबै भन्दा प्रिय भनेको आफ्नो जिवन हुने र जिवनको लागि खाना नै पहिलो प्राथमिकता हुने कुराको चेत आएको सुन्दर कथा छ।
खोपको चरणमा कोरोनातन्त्र
सरकारले खोप उपलब्धताको आधारमा खोपको प्रकार र खोपान्तरको अवधि निर्धारण गरेको कुराले निती निर्मातालाई जिस्काए झै लाग्ने कथा छन्। दातृ राष्ट्रले सहयोगमा खोप दिन खोज्दा कमिसन नआउने कारण अस्वीकार गरेको कथाले मानव स्वास्थ्यमा गरिएको व्यापारलाई छर्लङ पारेको छ।
उता सर्वसाधाणको खोप लाउने लाईन अघि नबढ्दै भित्र खोप सकिएको कथाले खोप कसका लागि भन्ने प्रश्न गरेको छरु खोप नलाई नबाँचिने निष्कर्ष निकालेका सर्वसाधारणले गाँस कटाएर ब्ल्याकमा खोप लगाउँन बाध्य नेपालीलाई भारतीयहरुले खोपको बोतलमा पानी भरी नराम्री ठगेको कथा छताछुल्ल भएको छ।
संक्रमण पछिको कोरोनातन्त्र
कोरोना संक्रमण निको भएपछि पनि मानिसमा विभिन्न किसिमका समस्याहरु देखिन्छन् भन्ने सन्दर्भमा सबै डाक्टरहरुले एउटै सूत्र प्रयोग गरेको कथा छः पोष्ट कोरोना, पेटको समस्या, टाउकोको समस्या, हातखुट्टा दुख्ने, रिँगटा आउने, विर्सिने….सम्पूर्ण समस्याको एउटै तयारी उत्तर पोष्ट कोरोना आएको रमाईलो कथा छ।
यो सूत्र उपन्यासमा उखान टुक्काहरुको प्रयोग गरी सरल भाषामा सलल बग्ने गरी लेखिएको छ ।
अन्त्यमा एकाग्रताको कुरा आएको छ। केही कुरालाई लिपिबद्ध गर्न एकाग्रता चहिने कुरालाई चक्रको रुपमा प्रस्तुत गरिएको छ।खासमा एकाग्रता भन्ने चीज खोजेर नभेटिने कुरालाई रमाईलो पारामा प्रस्तुत गरिएको छ।
यस बाहेका यो सूत्र उपन्यासमा उखान टुक्काहरुको प्रयोग गरी सरल भाषामा सलल बग्ने गरी लेखिएको छ । जो कोही नेपाली भाषीले सजिलै बुझ्न सक्छ। अझ रमाईलो लागेको पक्ष प्राय सबै उखान टुक्काहरु रोग, अस्पताल र डाक्टरसँग सम्बन्धीत छन्।पात्रको रुपमा आएका डाक्टर शर्मा लेखका प्रिय पात्र झै लाग्छ। जम्मा एक सय एक कथा समेटीएको यस कृतिमा हरेक कथामा शास्त्रको कुरा जोडीनुले पढ्नुको स्वाद बढाएको अनुभूति हुन्छ।
कोरोनातन्त्र कोरोना संक्रमणमा हामीले देखे, भोगेका कुरा समेटिएको पुस्तक हो। यसमा नेपाली समाजमा विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई के कसरी हेरयो, बुझियो, भोगियो अनि यसलाई नियन्त्रणका लागि व्यक्तिगत, सामाजिक, संस्थागत तथा सरकारी तवरमा के कस्ता प्रयासहरु भए।संक्रमण पछिको प्रभाव कस्तो रह्रयो भन्ने विषयलाई छोटा छोटा कथाको माध्यमबाट प्रष्ट्याईएको छ।
यो ईतिहासको एक एक काल खण्ड बोकेको कृति भएकाले भावी पुस्ताका लागि पनि उपयोगि देखिन्छ। यसलाई कोरोना संक्रमण अवधिको ऐना भने पनि हुन्छ।






