वैशाख २४ गते २०७६

ताजा समाचार

साहित्य

कविता : मार्क्सबाद पुरानो हुँदैन

पुरानो भए पछि फलाममा खिया लाग्छकाठ मा किरा लाग्छझारपात हरु कुहिन्छनतर बिज्ञान कहिल्यै कुहिदैनकिरा लाग्दैन ,खिया लाग्दैनघामहरु झुल्किरहन्छनब्रह्माण्ड हरु घुमिरहन्छन।हावाहरु चलिरहन्छन। छितिजमा पुगेर अग्लो भिर देखेपछीपृथ्वी त चेप्टो रहेछ भन्दैग्यालिलियो को परिभाषा फेर्नुपर्छभन्नू मुर्खता हो।सत्यता थाह पाउन कि अध्यन गर्नुपर्छकि भिर बाट हाम फाल्ने आट गर्नुपर्छनत्र अनभिज्ञता र मुर्खतालेचिहान मा पुर्याउछ। पाकेर लटरम्म फलेको गुलियो अङगुर जति उफृदा नि झार्न नसकेपछीअन्त्य मा अमिलो रहेछ भन्दैमुख तितो बनाएर हिडेको एउटा स्याल!जिन्दगीभर कम्युनिस्ट… पुरा पढौ

कल्पना चिलुवाललाई प्रतिभा पुरस्कार

इच्छुक सांस्कृतिक प्रतिष्ठानले साहित्यतर्फको प्रतिभा पुरस्कार कास्कीकी कवि कल्पना चिलुवाललाई प्रदान गर्ने निर्णय गरेको छ । डेढ दशकदेखि साहित्यमा क्रियाशील चिलुवालका कवितामा अहिलेको परिवेश र समाजलाई आलोचनात्मक दृष्टिले चित्रण गरिएको छ । कलातर्फको इच्छुक प्रतिभा पुरस्कार मकवानपुरका गीतकार, संगीतकार तथा गायक आरोह नेपालीलाई प्रदान गरिनेछ । प्रतिभा पुरस्कारको राशि जनही २५ हजार छ । यस वर्षको इच्छुक स्मृति पुरस्कार चितवनका ईश्वरी ओझा र काभ्रेपलाञ्चोकका प्रभात सापकोटालाई संयुक्त रूपमा प्रदान गरिने… पुरा पढौ

कुल बिग्रेर( लघुकथा )

उकालीको चौपारीमा थकाई मारिरहेको थिए । एकजना युवक छेउमा आएर भने- नमस्कार सर, हजुर त उस्तै हुनु हुदो रहेछ । त्यही माथि माइक बजेतिर त होला । दसौं वर्ष बिताएको ठाँउमा जानै प-यो । मलाई पनि सम्मानको लागि बोलाएको हुदा आएको हुँ, उनले भने । मलाई सात कक्षामा पढाउनु भएको हो नि । धेरै वर्ष भयो, वढदो उमेर काहाँ चिनिन्छ, मैले भने । उनले आफ्नो किशोर जीवनको भोगई सुनाए ।… पुरा पढौ

पशिनाको मोल (लघुकथा)

`म भोकै छु, खान पाइनँ !’ उसले जे थियो, खान दियो । `म नाङ्गै छु, लगाउन पाइनँ !’ उसले भएको लगाउन दियो । `म रोगी छु, उपचार पाइनँ !’ उसले सक्दो उपचार गरायो । `गरिबीको कारण मैले छोराछोरीलाई पढाउन सकिनँ !’ उसले यताउता भनसुन गरेर भएपनि नि:शुल्क पढ्ने ब्यवस्था मिलाइदियो । उसले आफ्ने बुताले भ्याएसम्म सक्दो सहयोग सबैलाई गर्दै रह्यो । ॰॰॰ `म भोकै छु ।‘ उसले सुन्न छाड्यो ।… पुरा पढौ

भानुभक्तको घर भग्नावशेष

आदिकवि भानुभक्तको माटो र ढुंगाले बनेको २ वर्षभन्दा पुरानो घरको अहिले भग्नावशेषमात्र बाँकी छ । घरभित्रै काँडा र साना झार उम्रेका छन् । नेपाली भाषाका धरोहर आचार्यको जन्मघरको यो दुर्दशा देख्ने जो कोहीको पनि मन कटक्कै खान्छ । तनहुँको भानु नगरपालिका ४ शिखरकटेरीस्थित भानुगृह करिब बेवारिसे अवस्थामा छ । केही दिनअघि साहित्यकार डा. नवराज लम्सालले आचार्यको खण्डहर घर अगाडि बसेको तस्बिर फेसबुकमा पोस्ट गर्दै भानुगृहको संरक्षण हुन नसक्नु दुखद भएको… पुरा पढौ

खसजाति र नेपाली भाषा

खसशब्द भारतवर्षमा रामायण कालदेखिनै उल्लेख भएको देखिन्छ । महाभारत कालसम्म आइपुग्दा यो शब्द निकैप्रशिद्ध बनिसकेको भेटिन्छ । खस जातिहरूले इशाको सातौ-आठौ शताब्दीदेखिनै वर्तमान पश्चिम नेपालको विशाल पहाडी भूभागमा लामो समयसम्म शासन गरेका थिए । उनीहरूको इतिहास पढ्दा थाहा हुन्छ– खसहरू वीरत्ँँ र बुद्धिम्ँत्तँमा निकै कहलिएका जाति थिए । विविध सभ्यता एवम् संस्कृति निर्माताका रूपमा परिचित खसहरू अहिले पनि राष्ट्रिय परिचयजस्तै बनेर प्रसिद्ध एक प्राचीन नेपाली जातिका रूपमा मानिन्छन् । अहिलेका… पुरा पढौ

कविता : झोलामा देश

अत्यन्तै सजग भएर बर्षाैँदेखी हिडिरहेको छ एउटा मान्छे झोलामा देश बोकेर उसलाई डर छ अलिकती हल्लियो भने रारा छचल्किन्छ अलिकती निहुरियो भने सरगरमाथाले बिझाउँछ दाहिने गोजीमा राखेको टिस्टा कहाँ हरायो? देब्रे गोजीमा राखेको काँगडा कहाँ खस्यो ? उ हरेक पटक फरक फरक जवाफ दिन्छ घडीले दिने जवाफजस्तो झोलाबाट निकालेर एक खिल्ली युवाहरु देशको नक्साजस्तै कागजमा बेर्छ हात तन्काएर खाडीको आगोमा झोस्छ हात खुम्च्याएर आँखा चिम्लेर चुस्छ धुवाँ आफु लिन्छ खरानी… पुरा पढौ

लघुकथा:- ठुलै मान्छे

पढाइ त छाड्यो छाड्यो , कहिले केटीहरूमाथी नराम्रो नजर राख्यो भनेर शिकायत आउँछ । कहिले साथिहरुसंग सापट लिएको पैसा तीरेन भनेर गाली खान्छ । कति सोझो थियो, अचेल धेरै बोल्न थालेको छ । झै -झगडा र चर्का -चर्की न गरेको दिन नै हुदैन । हुँदा -हुँदै झुटो बोल्न थाली सक्यो । भएन भनेर तोडफोड गर्यो भनेर आज पुलिसले हत्कडी नै लगाएर लग्यो '- पिँडिको कुना मा बसेर गालामा हात लगाएर… पुरा पढौ

युगको मिसाइल

धागो काटेको चंगासरी अनिश्चितताको आकाशमा, मैले सोचेको उचाइँमा पुग्ला या नपुग्ला ? र पनि, पठाएकी छु एउटा कविता अक्षरका रंगहरुमा घोलेर, अलिकति मजदुर, किसानका पसिनाहरु विदेशिएकोछोरो आउनेआशमा पिडीको डिलमा पर्खेर बसेका ती बूढा बा / आमाका आशुहरु अस्मिता लुटिएका हजारौंदिदीबहिनीकाबेदनाहरु यी सबै को समिश्रण गरेर पठाएकी छु तिमीलाई , ए, मेरो प्यारो कविता! अक्करको बाटोमा हिडाएकी छु एक्लो तिमीलाई दुष्मनहरूले काँडा विछ्याउन सक्छन् अँध्यारोमा तर्साउन सक्छन् सतर्क रहनू, काटिनसक्छ तिम्रो… पुरा पढौ

साहित्य दुःख, वेदना पोख्ने माध्यम हो : अली मियाँ

पोखराको सुन्दर प्राकृतिक नगरीका फुटपाथमा चुरा, पोते, सिन्दुरका पोकापन्तुरा बिच्छ्याएर काठको बाकसमा आफूलाई बिराजमान तुल्याएर चुरोटको धूँवासँग कल्पनामा अडेर गीत–कविता सोचिरहने लोककवि वा जनकविको नाम हो अली मियाँ । पोखरा नगरपालिकाको कुँडहर भन्ने ठाउँमा वि.सं. १९७० फागुन महिनामा जन्मनुभएका कवि अली मियाँका प्रकाशित कृतिहरुमा (१) विरक्त लहरी (२००६), (२) महेन्द्र लहरी (२००९), (३) पहाडको उद्गार (२०१३), (४) न्याउलीको पुकार (२०१०), (५) सेतीका सुस्केरा (२०२९), (६) निराश पोखरा (२०३७), (७) उज्यालो… पुरा पढौ