बेगनासमा सार्वजनिक भयो सुमेरु

पोखराको बेगनासकी गजलकार गीता अधिकारी जूनले पृथक तवरले आफ्नो कृति सार्वजनिक गरेकी छन् । जुनको गजल सञ्चयन सुमेरु वेगनासतालमा ढुंगामाथि कार्यक्रम गरी मंगलबार विमोचन भएको हो ।

गजल सन्ध्या पोखराले आयोजना गरेको कार्यक्रममा मूर्तिकार, गीतकार, गजलकार विनोद प्रवीण र भरत आचार्यले कृति सार्वजनिक गरे । समारोहमा गजलकारहरू त्रुपक, सावित्री गिरी, शिव त्रिपाठी र हरि कंडेलले कृतिबाट रोज्जा गजल सुनाए ।

कृतिकार जूनले सुमेरुबाट केही गजल सुुनाइन् । जीवनका भोगाइ र परिवेश समेटेर आफूले गजल लेख्ने गरेको बताइन् । उनले भनिन्, ‘कृति यहाँहरुसामु आइपुुगेको छ । पाठकका सल्लाह, सुुझाव र अग्रजको मार्गनिर्देश बमोजिम अबको सिर्जनायात्रा अघि बढाउने छु ।’

कार्यक्रमा गायक सन्तोष राउतले पनि गजल गायन गरे भने कालिङपोङबाट आएका निमा छिरिङ भुटियाले पोखराका ताल र लोकार्पण कार्यक्रमसम्बन्धी तत्काल रचित गजल प्रस्तुत गरे ।

पोखरा ३१ का अध्यक्ष ढकनाथ कंडेल गजलकार ुजूनलाई बधाइ दिए । गजलकार भरत आचार्यले सुुमेरुले साहित्य साग मा नयाँ सुमेरु मन्थन भएको विचार राखे ।

शिव त्रिपाठीले जल माथिको विमोचन समारोहले फरक अनुुभूति भएको सुनाए । छोरा गजलको जन्मदिन पारेर जूनले कृति सार्वजनिक गरेकी हुन् ।

गजल सन्ध्या पोखराका अध्यक्ष वसन्त विनोदको अध्यक्षतामा भएको कार्यक्रममा सचिव त्रुपक र युवा गजलकार हरि कँडेल, कृतिकार जूनकी आमा गङ्गामाया र बुवा विष्णुबहादुरले पनि बोलेक थिए ।