गीत

तेरो निम्ति म छु भन्ने एउटा साथी थियो
म लडेको देखेपछि आँखा चिम्लिदियो

ढल्दाखेरि नउठाउने साथी किन चाहियो
आज बल्ल राम्रो सङ्ग मान्छे चिन्न पाईयो
तेरो दुस्ख मेरो भन्ने एउटा साथी थियो
मैले गुहार मागेपछि कानै थुनिदियो

मुखमा नौनी पेटमा कैंची मान्छे रैछ त्यस्तो
कल्पना नै नगरेको देखाउँछ रुप यस्तो
तेरो लागि बोल्छु भन्ने एउटा साथी थियो
बोल्नुपर्ने बेलामा त ओठै सिलाईदियो ।