सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानमा इन्दिराको नेतृत्व

सूर्यमणि अधिकारी स्मृति प्रष्ठिानको अधिवेशनले इन्दिरा अधिकारी कोइरालाको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चुनेको छ ।

शनिबार भएको संस्थाको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले ३ वर्षे कार्यकालका लागि कोइरालाको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको हो । उपाध्यक्षमा प्राध्यापक देवीप्रसाद कँडेल, सचिव महेशप्रसाद अधिकारी र कोषाध्यक्षमा डा बाबुराम अधिकारी छन् । सदस्यमा ईश्वरीराज लौडारी, रवीन्द्र माकाजु, वेदनीधि आर्याल, शंकर खराल, महेन्द्रप्रसाद अधिकारी, गोबिन्दराज अधिकारी र शान्ता पुरी छन् ।

यस्तै, प्रमुख संरक्षकमा चन्द्रप्रभा अधिकारी र संरक्षक कपिलनाथ कोइराला छन् । यस्तै, संस्थाले प्राडा देवीप्रसाद कँडेल प्रधानसम्पादक र डा ईश्वरीराज लौडारी, महेशप्रसाद अधिकारी, डा बाबुराम अधिकारी र वेदनिधि अर्याल सदस्य रहेको पुस्तक प्रकाशन तथा सम्पादन समितिसमेत बनाएको छ ।

प्रतिष्ठानले अधिवेशनको सन्दर्भमा जेठ २३ गते रुपा गाउँपालिकाको भंगारामा रहेको कमल आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी वितरण गरेको थियो ।

सभाले कोषाध्यक्ष बाबुराम अधिकारीको आर्थिक प्रतिवेदन र सचिव महेश अधिकारीको प्रगति प्रतिवदेन पारित गरेको छ ।

संस्थाका अध्यक्ष इन्दिरा अधिकारी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा डा चिन्तामणि योगी, प्राडा दिलबहादुर क्षेत्री, देवीप्रसाद कँडेल, डा ईश्वरीराज लौडारीले र वेदनिधि अर्याल लगायतले बोलेका थिए ।

त्रिविमा ३० वर्ष प्राध्यापन गरेका सूर्यमणि अधिकारीका इतिहास, दर्शन, साहित्य, भाषाविज्ञान र राजनीतिक विषयका १८ पुस्तक प्रकाशन छन् भने १ सय २० भन्दा बढी अनुसन्धानमुलक लेख विभिन्न जर्नलमा छापिएका छन् ।

२००५ सालमा तनहुँको मिर्लुङ बाहुनपोखरामा जन्मिएका अधिकारी पोखरा महानगरपालिकाको पहिलो पक्की घर बनाउने प्राविधिक र चितवनमै पहिलो विद्यावारिधि गर्ने व्यक्तित्वसमेत हुन् ।