कविता: अपवाद

अहिले
समयका सुचक हरु
खुम्चिएर
सृष्टिको नियमित प्रक्रिया
ढलपल भएको छ।
सपनाहरु भ्रष्ट भएका छन्।
कल्पनाको आयतन
साँगुरो भएको छ!
सपनाहरु अंल्पायु भएका छन्।
गुराँस र लालुपाते फूल्न छडेका छन्।
हेलम्वु र मार्फाली स्याउ
फल्न छाडेका छन्।
सृष्टि र सभ्यता!
वेश्यालयको ढोक बाहिर
उभिएको युवा जस्तै
मौन छ,अचल छ।
मुर्तिवत छ!
अपवादमा
मान्छेको नियति भने
मेट्रो रेलको गतिमा
अश्लील टिकटक जस्तैः
भाईरल छ।