गीत

किन दाइ साँझ अनि बिहानीमा रुन्छौ ?
बतासले उडाएको फुङ्ग धुलो हुन्छौ

तिम्रा छोराछोरीले खान पाएनन् कि
खाली पेट के पढ्नु भन्दै स्कुल गएनन् कि
बाढी आई खेत, बारी फेरि बगायो कि
सुकुम्बासी झुपडीमा आगो लगायो कि

अहिले खाए भरे के खाऊँ मन अल्झियो कि
कष्टडिमा काँटी रोप्या याद बल्झियो कि
बेपत्ता भई बुबा आमा घरै फिरेनन् कि
गणतन्त्र भन्दै खुनको पैचो तिरेनन् कि ?