किरण खरेललाई अम्बर गुरुङ पुरस्कार

गीतकार किरण खरेललाई पहिलो पटक अम्बर गुरुङ राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । २ लाख नगद र सम्मानपत्रसहित खरेललाई आगामी वैशाख १६ गते हुने समारोहमा पुरस्कार अर्पण गरिनेछ ।

नेपाली गीतसंगीतका धरोहर, नेपाली राष्ट्रगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृतिमा स्थापित यो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिन्छ ।

प्राज्ञ सरुभक्त संयोजक, तीर्थ श्रेष्ठ, विक्रम गुरुङ, संस्थाका अध्यक्ष उपेन्द्र पौडेल र सचिव डा चैतन्य अधिकारी निवर्तमान अध्यक्ष मोती भुजेल र परिवारका संगीत संयोजक एम।डि काफ्ले सदस्य रहेको सात सदस्यीय प्रतिभा छनोट समितिले खरेललाई सिफारिस गरेको हो ।

पोखरेली युवा सांस्कृतिक परिवारले अम्बर गुरुङ राष्ट्रिय संगीत कोष स्थापना गरी नेपाली सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति वा संस्थालाई पुरस्कार गर्ने व्यवस्था गरेको हो । नेपाली संगीतको विकासमा उत्प्रेरणात्मक योगदान गर्न पहिलोपटक नेपाली गीतलेखनको क्षेत्रमा ६ दशकभन्दा बढी योगदान गर्नुभएका खरेललाई पुरस्कृत गर्न लागिएको हो,’ संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले भने ।

नेपाली संगीतका चर्चित व्यक्तित्व अम्बर गुरुङको सम्मानमा स्थापित पुरस्कारको अक्षयकोष २५ लाख बनाउने संस्थाका योजना छन् । अध्यक्ष पौडेल भन्छन्, ‘हामी २५ लाखको अक्षयकोष बनाउने योजनामा छौं । अहिले करिब २० लाख जम्मा भइसकेको छ ।’

नेपाली राष्ट्रगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको जन्म विसं १९९४ फागुन १५ गते भएको हो । उनका बाबु उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङ हुन् । उनी भारतको दार्जिलिङमा जन्मिएका हुन् ।

उनको पुख्र्यौली घर तनहुँ हो । उनी २०२६ सालमा संगीत विभागका प्रमुखका रूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेका थिए ।

किरण खरेलको जन्म १९९५ मा काभ्रेपलाञ्चोक भएको हो । उनका कृतिहरु ए दूरका सितारा ९२०१४०, के हो तिम्रो नाउँ, २०२, मेरी पारु ९२०२२०, प्रियतमा ९२०३६० सार्वजनिक भएका छन् । उनले १०० भन्दा बढी नेपाली चलचित्रमा गीत रचना गरेका छन् ।