जनकविकेशरीको स्मृतिमा लोकगीत प्रतियोगिता

जनकविकेशरी धर्मराज थापाको स्मृतिमा पोखरामा लोकगीत प्रतियोगिता हुने भएको छ । धर्मराज—सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको यो प्रतियोगिता यही चैत ६ देखि ११ गतेसम्म हुनेछ ।

प्रतियोगितामा नेपालका सबै जिल्लाका कलाकारले माग लिने पाउने प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले बताए । पहिलो अडिसन चैत ६ गते हुनेछ ।

अडिसन राउन्डमा सहभागीले मन परेको जुनसुकै लोकभाका प्रस्तुत गर्न पाउनेछन् । त्यसपछिको राउन्डमा भने जनकविकेशरीले सिर्जना गरेका गीत प्रस्तुत गर्नुपर्ने मापदण्ड छ ।

अडिसनमा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन । पहिलो अडिसनपछि दोस्रो अडिसन चैत ९ गते गरिनेछ भने चैत ११ गते प्रतियोगिताको फाइनल हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, २० हजार र १५ हजार पुरस्कार पाउने छन् । सान्तवनालाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

उत्कृष्ट १० मा पर्नेलाई पनि जनही ५ हजार प्रदान गरिनेछ । प्रतियोगिताको सबै राउन्ड बाटुलेचौरमा हुने । जनकविकेशरीले सिर्जना गरेका लोकभाकालाई नयाँ पुस्तामा पु¥याउने उद्देश्य स्वरुप पहिलो पटक लोकगीत प्रतियोगिताको आयोजना गरिएको जानकारी उनले गराए ।

लोकदोहोरी गायक चोलेन्द्र पौडेलले धर्मराज थापाले लोकसंगीतमा देखाएको बाटो अनुसरण यहाँसम्म आएको उल्लेख गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष राजन कार्कीले लोकगीत प्रतियोगितालाई सफल पार्न प्रतिष्ठानबाट सक्दो सहयोग मिल्ने प्रतिबद्धता गरे । प्रतिष्ठान पनि पुराना सर्जकका सिर्जनालाई संरक्षण गर्न लागिपरेको र यस्ता कार्यक्रमले संस्थालाई समेत सहयोग मिल्नेमा उनी आशावादी छन् ।