समाचार

गौतम गम्भिरद्धारा क्रिकेट करिअरबाट सन्यासको घोषणा

भारतीय क्रिकेट टिमका पूर्वसदस्य गौतम गम्भिरले क्रिकेट करिअरबाट सन्यास घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै ३७ वर्षीय गम्भीरले क्रिकेट करिअरबाट सन्यास घोषणा गरेका हुन् । ओपनिङ ब्याटिङको भूमिकामा मैदानमा देखा पर्ने गम्भिरले भारतलाई विश्वकप दिलाउन निकै ठूलो भूमिका खेलेका थिए । सन् २००३ मा बंगलादेशविरुद्ध डेब्यु गरेका गम्भिरले भारतका लागि ५८ टेष्ट, १४७ एक दिवसीय अन्तर्राष्ट्रिय र ३७ टी-ट्वान्टी खेलेका छन् । गम्भिरले भारतका लागि… पुरा पढौ

अनुसन्धानमा लापरवाही गर्नु हुँदैन : प्रहरी महानिरीक्षक

 प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन् । एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा उहाँले महिला बालबालिका हिंसाको अनुसन्धानमा शून्य सहनशीलता अपनाउनुपर्ने बताए । “अनुसन्धानमा जानीजानी लापरवाही गर्ने कुुरा प्रहरी सङ्गठनका लागि क्षम्य हुँदैन,” उनले भने । महानिरीक्षक खनालले गत महीना… पुरा पढौ

अब पाँच–पाँच वर्षमा डाक्टरको लाइसेन्स नवीकरण

डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो । यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो। तर, अब हरेक पाँच वर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुनेछ। सय नम्बर नल्याउने डाक्टरको लाइसेन्स नै खारेज हुनेछ। ‘यसअघि… पुरा पढौ

यो सरकार नक्कली कम्युनिस्टको हाे : सन्तोष बुढा मगर

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले वर्तमान सरकारलाई  कम्युनिष्ट मास्ने नक्कली कम्युनिष्टको सरकार भएको बताएका छन । मंगलबार अखिल (क्रान्तिकारी) मध्य पश्चिम कमान्डको अभियान उद्घाटन गर्दै नेता बुढा मगरले वर्तमान सरकार साम्राज्यवादीहरुको दलाल बुँख्याचा भएको बताए । यथास्तिबादी र पश्चगामी चेतनाले वर्तमान सरकार चलिरहेकोले बर्तमान सरकार नेपाली जनताकाे विश्वास र हितमा भन्दा पनि साम्राज्यावादीहरुको इशारामा चलिरहेको उनको भनाई थियो । नेकपाकी केन्द्रीय सदस्य एबम गण्डक… पुरा पढौ

गरिमा–जनरल बैंकान्स्युरेन्स

गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । मंगलबार आयोजित कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक एसके तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरे । अब गरिमाका ग्राहकले सबै शाखाबाट जनरल इन्स्योरेन्सको बिमा पोलिसी खरिद गर्न सक्ने छन् । पुरा पढौ

लायन्स पोखरा भृकुटीको रक्तदान

लायन्स क्लब अफ पोखरा भृकुटीको आयोजनामा भएका मंगलबार भएको रक्तदानमा ५४ युनिट रगत संकलन भएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ का निवर्तमान गर्भनर धनराज आचार्यले पहिलो रक्तदाता प्रहरी जवान दिलबहादुर शाहीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी कास्की उपसभापति तथा ब्लड बैंकका संयोजक डण्डराज शर्मा, लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष जितेन्द्रमान शाक्य, नयाँबजार सांस्कृतिक समिति अध्यक्ष शम्भुलाल श्रेष्ठ,… पुरा पढौ

बेपत्ता आयोगले बनायो ५ समिति

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित परिवारलाई परिचयपत्र उपलब्ध गराउन र कारवाहीका लागि प्राप्त सिफारिशलगायत कामका लागि पाँच समिति समिति गठन गरेको छ । भविष्यमा द्वन्द्व हुन नदिने उद्देश्यले संस्थागत सुधारको सुझाव तयारी समिति, परिपूरण सिफारिश तथा मापदण्ड तयारी समिति, पीडकको बयान कार्यविधि तयारी समिति, बेपत्ता पीडित परिचयपत्र वितरण कार्यविधि तयारी समिति र कारवाही सिफारिश मापदण्ड समिति गठन गरिएको हो । अध्यक्ष लोकेन्द्र मल्लिकको संयोजकत्वमा भविष्यमा द्वन्द्व हुन नदिन संस्थागत… पुरा पढौ

सिडी विजयलाई सहयोग गरौं

भ्वाइस अफ नेपाल गायन विधाको रियालिटी सोमा पोखराका सिडी विजय अधिकारी सेमी फाइनल पुगेका छन् । कान्तिपुर टेलिभिजनबाट शनिबार र आइतबार बेलुका प्रसारण हुने सोमा लोकगीत तथा आधुनिक गीतमा उत्कृष्त क्षमता प्रदर्शन गर्दै उनी सेमी फाइनलमा प्रवेश गरेका हुन् । सिडी विजय अधिकारी सहयोग समिति पोखराका संयोजक पद्मराज ढकालले कला र गलाको सम्मानमा अधिकारीलाई भोट दिएर सहयोग गर्न अनुरोध गरेका छन् । २ सय भन्दा बढी गीतमा स्वर दिइसकेका अधिकारी… पुरा पढौ

पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला 

आगामी पुसको २७ देखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने नवौ संस्करणको पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको छ । युनाइटेड क्लवको आयोजनामा हुने पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको क्लवका कोषाध्यक्ष तथा नवौ पोखरा महोत्सवका स्टल तथा अर्थ ब्यवस्थापन उपसमितीका संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । महोत्सवको तयारी तीब्र रुपमा अगाडि वढिरहेको वताउदै तिमिल्सिनाले नवौ संस्करणको महोत्सवमा २ सय ५५ वटा स्टल रहने वताए ।… पुरा पढौ

लक्ष्मी आदर्श सेनेटरी प्याडयुक्त 

पोखरा महानगरपालिका २७ को लक्ष्मी आदर्श बहुमुखी क्याम्पसलाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको छ । नवआगन्तुक विद्यार्थीको सम्मानमा मंगलबार भएको कार्यक्रममा सामाजिक जागरणका लागि नारी अभियानको पहल र पोखरा महानगरपालिकाको सहयोगमा यस्तो घोषाणा गरिएको हो । विद्यार्थी कल्याणकारी समिति अध्यक्ष प्रतिमा अधिकारीलाई सेनेटरी प्याड हस्तान्त्रण गर्दै वडाध्यक्ष पूर्णकुमार गुरुङले महिला स्वास्थ्यका लागि सबै सजक हुनुपर्नेमा जोड दिए ।अब छिट्टै वडाका सबै स्कुललाई पनि सेनेटरी प्याड युक्त बनाउने प्रतिवद्धता उनले जनाए ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं