समाचार

सडक महोत्सव पुस १३ देखि

सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवाताल किनारमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुने सडक महोत्सव यस वर्ष पनि विविध गतिविधिका साथ हुनलागेको रेस्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) ले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । पोखराको पर्यटन क्षेत्र प्रवद्र्धनमा महत्वपूर्ण मानिदै आएको सडक महोत्सव २० औँ संस्करणस्वरुप अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को स्वागतार्थ आयोजना गरिन लागेको रेवानका अध्यक्ष बुधराज भुजेलले (भीमसेन)… पुरा पढौ

राष्ट्रपतिमा ७३ जना उम्मेदवार

इजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन् ।निर्वाचन आयोगले शुक्रबार दिएको जानकारीअनुसार आउदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि ७३ जना उम्मेदवारको नामावली प्रकाशित भएको हो । स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमुद याकुबुले राष्ट्रपति पदका लागि ७३ ओटा पार्टीले उम्मेदवारी दर्ता गरेको जानकारी दिए । नाइजेरियामा अहिले मुहम्मद बुहारी राष्ट्रपति छन् । “त्यसैगरी राष्ट्रिय संसद्का लागि १ हजार ८ सय ४८ जना उम्मेदवार छन्,” उनले… पुरा पढौ

इक्यान शैक्षिक मेला तयारी धमाधम

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले आयोजना गरेको छैटौं संस्करणको ‘इक्यान शैक्षिक मेला’को तयारी तीव्र बनाइएको छ । यही मंसिर २६ देखि २८ गतेसम्म पोखरा सभागृह हलमा हुने मेला सफल पार्न तयारी थालिएको इक्यान कास्की अध्यक्ष भुवन क्षेत्रीले बताए । यस पटकको इक्यान शैक्षिक मेला ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुँदै छ । क्षेत्रीले भने, ‘अन्य प्रायोजकसँग पनि सहकार्य हुने क्रम जारी छ ।’ टाइटल स्पोन्सरमा अस्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टले… पुरा पढौ

हिमालको चौँरी एक्सपो पोखरामा

 चौँरी हिमाली क्षेत्रमा पाइन्छ । हिमालतिर नउक्लेकाहरुले चौँरी देख्ने कुृरै भएन । तर, अवसर न हो १ हिमाली क्षेत्रमा पाइने चौँरी यतिबेला पोखरा झरेको छ । माथि जाडो भएर हैन, पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५’को अवसरमा चौँरी नदेखेका पोखरेलीलाई हिमाली जनावरबारे जानकारी दिन चौरी पोखरा झारिएको हो । ‘हामीले राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिस्कृत रुपमा आयोजना गरिएको एक्सपोमा नयाँपन दिन चौँरी पनि पोखरा झारेका… पुरा पढौ

बगर भाइखलक एट ए साइड फुटबल प्रतियोगिता

बगर भाइखलकले भेट्रान एट–ए साइड फुटबल प्रतियोगिताको ८ औं संस्करणको तयारी थालिएको जनाएको छ । ‘स्वर्गीय रंजित गुरुङ स्मृति बगर भाइखलक एट–ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ आगामी माघ ८ देखि सुरु हुने संस्थाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । ‘स्वास्थका लागि नौलो आयाम, दिनमा १ घण्टा ब्यायम’ नारालाई आत्मसाथ गर्दै बगर भाइखलकले टुँडिखेल मैदानमा एट–ए साइड भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । ८ औं संस्करणका लागि अध्यक्ष दिलबहादुर… पुरा पढौ

भरतपोखरी विकास मञ्चको टोली सिरुबारीमा

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको पर्यटकीय विकासलाई लक्षित गरी भरतपोखरी विकास मञ्चको टोलीले शनिबार स्याङ्जाको सिरुवारी भ्रमण गरेको छ । भ्रमणका क्रममा नेपालको पहिलो होम स्टे गाउँका रुपमा चिनिएको सिरुवारीमा भइरहेको ग्रामीण पर्यटनका विविध पक्षको अवलोकन गरिएको भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले बताए । भ्रमण टोलीमा मञ्चका पदाधिकारीसहित भरतपोखरीका विभिन्न सामाजिक संघ, संस्थाका अध्यक्ष एवं प्रतिनिधि र सञ्चारकर्मीसहित ४७ जनाको सहभागिता थियो । पोखराबाट नजिक र पर्याप्त पर्यटकीय… पुरा पढौ

साना किसान सहकारीमा नयाँ समिति

साना किसान कृषि सहकारी पोखरा ३१ को १९ औं साधरणसभा तथा आठौं अधिवेशनले सोमलाल तिवारीको अध्यक्षतामा नयाँ समिति चुनेको छ । तिवारीको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । निवर्तमान अध्यक्षमा भोलानाथ तिवारी र उपाध्यक्षमा पुष्पकमल ढुंगाना चयन भए । सदस्यमा तीर्थराज अधिकारी, गंगाराम सुवेदी, भरतप्रसाद तिवारी, कृष्णप्रसाद ढुंगाना, सुवास तिवारी, बालकुमारी गुरुङ, विन्दु परियार, बिना सार्की, टीकाप्रसाद खनाल छन् । समितिमा हरिदेवी अधिकारीलाई सदस्य मनोनीत गरिएको… पुरा पढौ

पशुपति माविमा हाफ म्याराथन

पर्वतको मोदी ७ राम्जाठाँटी स्थित पशुपति माविले स्वर्ण महोत्सवको अवसरमा राष्ट्रिय स्तरको हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । विद्यालयबाट पञ्चासे तालसम्म हुने प्रतियोगिता मंसिर २० गते हुनेछ । प्रतियोगिता पशुपति माविदेखि सुरु भएर पञ्चासे तालसम्म पुगेर झण्डै २१ किलोमिटर दूरी पार गरी पशुपति माविमै पुगेर टुंगिनेछ । पशुपति माविबाट सुरु भई स्थानीय पर्यटन तथा प्रवद्र्धनको विकासमा प्रचार गरी फर्कने कार्यक्रम रहेको स्वर्ण महोत्सव मूल समारोह समिति अध्यक्ष डण्डपाणि तिमिल्सिनाले… पुरा पढौ

एनप्याब्सानको खेलकुद महोत्सवमा फुटबल

निजी तथा आवासीय विद्यालयको छाता संगठन एन प्याब्सान कास्कीको खेलकुद महोत्सव अन्तर्गत शनिबार छात्र तथा छात्रा फुटबल प्रतियोगिता भएको छ । शनिबार भएको छात्र फुटबल प्रतियोगितातर्फ मर्निङ ग्लोरी, सिद्धिविनायक, कास्की मोडनाइज्ड, चिल्ड्रेन्स, एलपी देवकोटा मेमोरियल, हेमजा बोर्डिङ, युनिर्भस, गोर्खा बोर्डिङ स्कुल विजयी भएको फुटबल उपसमिति छात्रतर्फका संयोजक हिमाल गुरुङले जानकारी दिए । छात्रा फुटबल प्रतियोगितातर्फ कास्की मोडनाइज्ड ए, ज्ञानज्योति विद्याकुञ्ज, सनराइज प्रिपारोटरी, सिद्धिविनायक,अञ्जुली र चिल्ड्रेन्स एकेडेमी विजयी भएको फुटबल उपसमिति… पुरा पढौ

उपचारका लागि अध्यक्ष प्रचण्ड अस्पतालमा

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आज अस्पताल पुग्नुभएको छ । केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराउनु भएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं