समाचार

भन्सारमा प्रभु बैंकका ७ वटा एक्स्टेन्सन काउण्टर

   नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको छ । झापााको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले मंगलबारदेखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको हो । भन्सार विभागका महानिर्देशक श्रीतोयम रायाले जलेश्वर भन्सार राजश्व संकलन काउण्टरको उद्घाटन गरी प्रभु बैंकको एक्स्टेनसन काउण्टरको उद्घाटन गरेका हुन् । छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन… पुरा पढौ

आइएमई डिजिटल-सिभिल बैक सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिभिल बैंक बीच ‘ आइएमई पे’ बीच मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिभिल बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाडै नै आइएमई… पुरा पढौ

नौ देशका बरिष्ठ न्यूरो सर्जनको जमघट

 नोबेल शिक्षण अस्पतालमा न्यूरो सर्जनहरुको दुई दिवसिय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । एशियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाईटी फर न्यूरो सर्जरी र नोबेल मेडिकल कलेजको संयुक्त आयोजनामा भएको सम्मेलनमा नौ देशका बरिष्ठ न्यूरो सर्जनहरु भेला भएका थिए । कार्यक्रममा ब्राजिल, ईङ्ल्याण्ड, जापान, चिन, भारत, पाकिस्तान, अफ्रिका, क्यानडा र नेपालका करिव ३० जना बरिष्ठ न्यूरो सर्जन सहभागि थिए । उनीहरुले कार्यक्रममा सहभागि नेपाल, भारत, पाकिस्तान लगायत देशका न्यूरो सर्जरी… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेको निगमको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँका दरले घटाउने निर्णय भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ । नयाँ मुल्यअनुसार पेट्रोल प्रति लिटर १ सय १२ रुपैयाँ भएको छ भने डिजेल तथा मट्टितेल प्रति लिटर ९९ रुपैयाँ भएको छ । समायोजन भएको… पुरा पढौ

विप्लवले कब्जा गरेका जमिन बेचे कारवाही

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको जमिन बेच्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । जमिनदारसँग मिलेर बिक्रीवितरण गर्ने र भूमिहीन किसान तथा सुकुमबासीलाई उठीबास गर्ने, व्यक्ति, संघ, संस्था, व्यवसायी, दलाल, भूमाफिया तथा कमिसनखोरमाथि सख्त कारबाही गर्ने चेतावनी दिएको हो । नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले सोमबार विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका हुन् । कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, चितवन, काठमाडौँलगायत भागमा खोसिएका जमिनहरू जमिनदारसँग मिलोमतो गरी… पुरा पढौ

बालोन डी’ओर अवार्ड मोड्रिचलाई, मेस्सी र रोनाल्डो युगको अन्त्य

 विश्व फुटबलकै प्रतिष्ठित बालोन डी’ओर अवार्ड क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । फ्रान्सको पेरिस आज विहान सम्पन्न अवार्ड कार्यक्रममा लुका मोड्रिचले फुटबलका महान हस्तीहरुलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् । रियललाई च्याम्पियन्स लिग जिताउन र रुस विश्वकपमा क्रोएसियालाई उपविजेता बनाउन उनले मुख्य भूमिका खेलेका मोड्रिचले पहिलो पटक यो अवार्ड जितेका हुन् । त्यस्तै, उनले फिफा वर्ष खेलाडी अवार्ड समेत यसै वर्ष जितेका थिए । अवार्डको मुख्य दाबेदारको… पुरा पढौ

कतारले ओपेक सदस्यता त्याग्ने

 एएएफपी दोहा खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकको सङ्गठन (ओपेक)को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा केन्द्रित गर्ने घोषणा गरे । काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भने, “कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको छ ।” उनले कतारले तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिए । कतार विश्वमै तरल… पुरा पढौ

कोदो धेरै फलाए पुरस्कार

 कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख बजेट छुट्टाएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताए । उनका अनुसार १ सय किसानले पुरस्कार पाउनेछन् । नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको… पुरा पढौ

उपल्लो मुस्ताङका ४ प्रहरी ईकाई मर्ज

उपल्लो मुस्ताङ संग जोडिएको उत्तरी कोरलानाका आसापासका प्रहरी ईकाईहरु शुक्रबार देखि जिल्ला कार्यालयमा मर्ज भएका छन् ।हिउदयामको अत्यधिक चिसो ,हावाहुरी,सिरेटो र हिउ पर्न थालेपछि उक्त स्थानका प्रहरी ईकाईहरुलाई अस्थायी मर्ज गर्नु परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मर्ज गरिएका प्रहरी ईकाईहरुमा छोसेर,छोनुप,सुर्खाङ र घमी प्रहरी चौकी छन् ।यसवर्ष चराङ प्रहरी चौकी भने मर्ज भएन ।लोघेकर दामोदरकुण्ड गाउपालिकाको चराङमा चालु आर्थिक वर्ष देखि संञ्चालित प्रभू बैंक शाखाको सुरक्षार्थ उक्त… पुरा पढौ

न्युरोडमा होटलवेयर

पोखरामा होटल तथा रेस्टुरेन्टमा चाहिने भाँडाकुँडा लगायतका सामानको बिक्रीकक्ष खुलेको छ । ३ व्यवसायीको लगानीमा इजी होटलवेयर प्रालि खुलेको हो । यसको सोमबार रेस्टुरेन्ट एन्ड बार एसोसिएसन पोखराका अध्यक्ष भीमसेन भुजेलले उद्घाटन गरे । यादव घिमिरे, रामकृष्ण पौडेल, र राजु सापकोटाको संयुक्त लगानीको यो बिक्री कक्ष पोखराकै पहिलो भएको दाबी गरिएको छ । रेबान अध्यक्ष भुजेलले होटेल, रेस्टुरेन्टलाई चाहिने सामान किन्न धेरै भाँडा पसल चहार्नुपर्ने अवस्था अन्त्य भएको बताए ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं