समाचार

सेयर लगानीकर्ताले अर्थमन्त्रीको राजीनामा माग्दै शुरु गरे अनशन

सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन शुरु गरेका छन्।राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आईतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन शुरु गरेका हुन्। तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले जानकारी दिए। सेयर बजारका लागि संचालनमा ल्याइएको अनलाईन कारोबार प्रणालीले काम… पुरा पढौ

महासमिति र विधानका विषयमा छलफल: पौडेल पक्षधरको भेला

 प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विधान लगायतका विषयमा छलफल जारी रहेका बेला नेता रामचन्द्र पौडेल पक्षधरले छुट्टै भेलाको आयोजना गरेको छ। आइतबार विहान नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षधर नेता भेला भएका थिए। आगामी महासमिति बैठक र विधानका विषयमा उक्त भेलामा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।  पौडेल पक्षधर पदाधिकारी बढाउने पक्षमा छ भने सभापति देउवा पक्षधर केन्द्रीय ससदस्य बनाउनुपर्ने र सभापतिलाई झन शक्तिशाली बनाउनुपर्ने… पुरा पढौ

युवासंघ बागलुङको १७ औं अध्यक्षमा युवराज भण्डारी विजयी

उद्योग वाणिज्य संघ बागलुङको १७ औं अध्यक्षमा युवराज राजभण्डारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा खसेको १ हजार १ सय ३३ मतमा युवराज राजभण्डारीले ५ सय ९४ मत प्राप्त गर्दै १७ औं अध्यक्ष बन्न सफल भएका हुन् । उनका प्रतिद्वन्द्वी दयाराम पौडेलले ५ सय १९ मत प्राप्त गरे । ७५ मतान्तरले राजभण्डारी आगामी तीन बर्षको लागि उवासंघको अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य सदस्यहरुको मत परिणाम भने आउने क्रम… पुरा पढौ

सिटीको अपराजित यात्रामा चेल्सीले लगाईदियो पूर्णविराम

एजेन्सी-प्रिमियर लिगमा म्यानचेष्टर सिटीको अपराजित यात्रालाई चेल्सीले पूर्ण विराम लगाईदिएको छ । शनिबार राती भएको खेलमा चेल्सीले सिटीलाई २-० गोलले पराजित गर्दै अपराजित यात्रालाई विट मारिदियो । उता लिभरपुलले बर्नमाउथलाई पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिदाँ सिटी भने एक अंक हुदाँ दोस्रो स्थानमा खुम्चिएको छ । चेल्सीसँगको पराजयले दोस्रो स्थानमा खुम्चिए पनि चेल्सी भने चौथो स्थानमा यथावत छ । समान अंक भएको आर्सनल भने पाँचौ स्थानमा छ । पहिलो हाफको इन्जुरी… पुरा पढौ

कृषि नमूना फार्मका लागि ५ गुणा बढी आवेदन

माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका गोपाल पोखरेलले ३ वर्षदेखि पशुपालन गर्दै आएका छन् । भारद्वाज कृषि फार्म दर्ता गरेर सुरुमा १० वटा भैंसीबाट पशुपालन थालेका उनले व्यवसाय विस्तार गर्ने सोचमा छन् । कृषि मन्त्रालयले नमूना फार्म स्थापना गर्न अनुदान उपलब्ध गराउन व्यावसायिक प्रस्ताव माग गरेपछि पोखरेल पोखरा १२ माटेपानी स्थित भेटेनरी अस्पतालमा आफ्नो व्यावसायिक सोचअनुसार व्यवसाय उन्मुख फार्म स्थापनाको लागि निवदेन दर्ता गराए । पोखरेलले भने, ‘व्यवसाय विस्तार गरेर जीविकोपार्जनका साथमा… पुरा पढौ

शीतलादेवी मन्दिरमा नयाँ समिति

शीतलादेवी मन्दिर सेवा समितिको तेस्रो अधिवेशनले भुवन आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा वीरबहादुर थापा, सचिव विष्णुकुमार श्रेष्ठ, कोषाध्यक्ष शिवबहादुर कार्की र सहसचिव प्रदीप घिमिरे चयन भएका छन् । सदस्यमा हरिकुमार राजभण्डारी,सीता शर्मा,कल्पना कार्की,पूर्ण गुरुङ, सुशीला श्रेष्ठ,इन्द्रकुमारी गुरुङ लगायत छन् । गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका अध्यक्ष टीकाबहादुर कार्कीले मन्दिरकोे विकासका लागि सरोकारवाला एक हुनुपर्ने बताए । कार्यवाहक अध्यक्ष रामबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा… पुरा पढौ

बेगनासतालमा विराट ज्ञान महायज्ञ सुरु

राष्ट्रिय परोपकार महासंघको अग्रसरतामा लेखनाथबासीले आयोजना गरेको श्रीमद भागवत विराट ज्ञान महायज्ञ शनिबार सुरु भएको छ । कार्यक्रममा वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले उचित योजना र व्यवस्थापन अभावमा बेगनासताल लगायत अन्य गन्तव्य ओझेलमा परेको बताए । उनले अब गुरुयोजनासहित यो क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने उल्लेख गरे । प्रदेश सांसद विकास समिति सभापति दीपक कोइरालाले फेवातालको विकासलाई बेगनास र रुपातालसँग कसरी जोड्न सकिन्छ भनेर संसदमा पनि पटक पटक… पुरा पढौ

पिएनमा ३३ वर्षपछि प्रगतिशीलको विजय

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस(पिएन) समितिको निर्वाचनमा प्रगतिशिल पक्ष लोकप्रिय मतका साथ विजयी भएको छ । निर्वाचनमा नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अन्य वाम घटक एक भएर चुनाव लडेकाले प्रजातान्त्रिक ५ सिटमा चित्त बुझाउन बाध्य भएको हो । प्रगतिशिल पक्ष २०४२ सालपछि प्राध्यापक संघमा विजयी भएको हो । शुक्रबार भएको निर्वाचनमा प्रगतिशील सभापति थानेश्वर सुवेदीसहित ६ स्थान प्रगतिशीलले जितेको छ । समानुपातिक निर्वाचन पद्धति अनुसार… पुरा पढौ

त्रिपाठी परिवारलाई पितृशोक

 वन विज्ञान अध्ययन संस्थान पोखराका सहप्राध्यापक हरिप्रसाद त्रिपाठी तथा मुस्ताङ जिल्ला अदालतका न्यायधीश बलराम त्रिपाठीलाई पितृशोक परेको छ । उनीहरुका बुबा युवराज त्रिपाठीको ९५ वर्षको उमेरमा शुक्रबार बेलुका निधन भएको हो । कास्कीको साविक कालिका गाविसमा जन्मेका त्रिपाठीको पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाकोनाकको आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय त्रिपाठीको शनिबार सेतीनदी किनार मोहरेखेरघाटमा अन्त्येष्टि गरिएको छ । त्रिपाठीका जेठा छोरा हरिप्रसाद नेपाल कम्युनिस्ट पार्टी( नेकपा) को वन… पुरा पढौ

बेपत्ता युवती १३ दिनपछि मृत फेला

 पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ । मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो । उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव भेटिएको विहादी–३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिनुभयो । उक्त शव पोष्टमार्टमका लागि वालिङ पठाइएको छ । मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतनबहादुर कुँवरले शुक्रबार बिहान ड्याममा शव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं