मुगुमा लायन्स क्लब को सहयोग

लायन क्लब अफ पोखरा ग्रीन सिटीले  नेपाल को सबैभन्दा बिकट ठाउँ कर्णाली अञ्चल , मुगु जिल्ला को छायानाथ रारा नगरपालिका वडा नं ८ झियारी र वडा नं ९ मुर्मामा  यहि मंसिर १९ र २० गते District को पढाउ अभियान कार्यक्रममा सहयोग गरेको हो ।

लायन्स क्लब अफ पोखरा ग्रीन सिटीका  अध्यक्ष नबराज भण्डारिको अध्यक्षतामा सँचालित कार्यकमको प्रमुख अतिथि डिस्ट्रिक्ट कमिटि चियरपर्सन एबम्  स्व. भुमिस्वर जैसी स्मृति कोष शैक्षिक पुरस्कार का संस्थापक लायन कुलचन्द्र शर्मा, बिशेष अतिथिमा माछापुच्छ्रे गाऊपालिकाका प्रमुख कर्ण बहादुर गुरुङ, अतिथि छायानाथ रारा नगरपालिका वडा नं ८ का वडाअध्यक्ष कर्ण बहादुर रावल र वडा नं ९ का वडा अध्यक्ष मनिचन्द्र रोकाया हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले “जहाँ आवश्यकता त्यहाँ लायन्स” भन्ने उदघोष गर्दै  दुर्गम ठाँउका गरिब बाल-बालिकाको पठनपाठन मा आर्थिक भैातिक र नैतिक सहयोग सदा रहने कुरा बताउनुभयो।  त्यसैगरि बिशेष अतिथि गुरुङ लायन्स  क्लब अफ पोखरा ग्रीन सिटीले नेपालकै  बिकट  गाँऊका बिद्यालय र गरिब बिद्यार्थिहरुलाई गरेको सहयोग नेपालको लायनबाद र मानबिय सहयोगमा उदाहरणिय रहेको बताऊदै कर्णालि क्षेत्रको बिकासका लागि कृषि र पर्यटनको अथाक सम्भावना रहेको बताउनुभयो । साथै वडा अध्यक्ष राबल र रोकायाले  लायन्स क्लब अफ पोखरा ग्रीन सिटीले गरेको सहयोग मुगु जिल्लाकै एक उदहरणिय कार्य रहेको बताउदै बिद्यालयले प्राप्त गरेको कम्प्युटरका माध्यमले गर्दा बिद्यार्थिले नयाँ प्रबिधिको  प्रत्यक्ष रुपमा लाभ लिन पाऊने भएको बताए । 

क्लबले  महादेव आधारभूत बिद्यालयलाई ५ थान कम्प्युटर, Sound System, न्यानो कपडा, स्टेसनरी ,स्व. भुमिस्वर जैसी स्मृति कोष शैक्षिक पुरस्कार  तथा छात्रवृति वितरण,  गरिब बालबालिका लाई आर्थिक सहयोग गरेको छ । साथै मालिका आधारभूत बिद्यालय र नेपाल मा .बि . मुर्माका बिद्यार्थी हरुलाई  न्यानो कपडा, स्टेसनरी र आर्थिक सहयोग गरेको छ ।

यस सहयोग बाट प्रत्यक्ष रुपमा तिन बिद्यालयका २२५ जना   बिद्यार्थि लाभान्बित भएका छन् ।