समाचार

सरकारले नटेरे आन्दोलन कडा बन्ने चेतावनी

नेपाल खानेपानी संस्थानमा १८ दिनदेखिको आन्दोलनमा सार्वजनिक संस्था कर्मचारी संगठन नेपाल राष्ट्रिय समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलले कर्मचारीका माग सम्बोधन नभए कडा आन्दोलन छेड्ने चेतावनी दिएका छन् । संयुक्त कार्यदलका संयोजकसमेत रहेका पौडेलले सरकार कसको छ भन्दापनि मजदुरको समस्या कस्तो छ भन्नेमा आफूहरु लाग्ने धारणा व्यक्त गर्दै खानेपानी संस्थानमा आफूहरुको पूर्ण ध्यान रहेको बताए । ४ वटा युनियनको सम्लग्नतामा गठित संयुक्त संघर्ष समितिको आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन संस्थान राष्ट्रिय समितिका… पुरा पढौ

न्यायका निमित्त नेविसंघ सडकमा 

पोखरामा पनि निर्मलाको न्यायका निमित्त नेविसंघले सडक आन्दोलन सहित "सरकार भेटियो न्याय भेटिएन" लिखित निर्मलाको तस्विर भएको पोस्टर टालिएको छ । पछिल्लो समय सरकारले चालेको कदम प्रती असन्तुष्टि जनाउदै नेविसंघले कास्किमा निर्मलाको निमित्त न्याय भन्दै आन्दोलनको शुरूवात गरेका छन । नेविसंघ केन्द्रीय सदस्य भानु ढकालले अधिनायकवादी सरकारले जनविरोधी कदम चालेको बताएका छन । क्रीस्चियन धर्मको प्रचार प्रसार गर्दै नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गराउनु नेपाल र नेपाली भावना सङ्ग खेलेको बताए ।… पुरा पढौ

विद्या निकेतन विद्यालय सेनेटरी प्याड युक्त

विद्या निकेतन सेकेण्डरी विद्यालय सेनेटरी प्याड युक्त घाेषणा भएको छ । विद्यालयकाे अायाेजना तथा सामाजिक जागरणका लागि नारी अभियानकाे पहलमा विद्यार्थीलाइ सचेतना सहित घाेषणा गरिएकाे हाे । लामाे समयदेखि विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन भैरहेकाे भएपनि शाैचालयमा विद्यार्थीले देखिनेगरी निशुल्क व्यवस्थापन गरिएको हाे । कार्यक्रममा युवा उत्प्रेरक तथा पत्रकार सुष्मा पाैडेलले महिनावारी सम्वन्धि सचेतना सहित सेनेटरी प्याड युक्त अभियानका वारेमा जानकारी गराएकी थिइन् । अभियन्ता तथा अधिवक्ता समेत रहेकी पाैडेलले सेनेटरी… पुरा पढौ

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको विदाई भेट

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार विदाई भेट गर्नुभएको छ । बुधबार विहान उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत होङले उपराष्ट्रपति पुनसँग विदाई भेट गर्नुभएको हो । उपराष्ट्रपति पुनले चिनियाँ राजदूत होङसँगको भेटमा विकास र समृद्धिको नेपालको यात्रामा चीनको सदैव साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । नेपाल चीनबीच पारिवारिक नाताको सम्बन्ध रहेको बताउनुहुँदै उपराष्ट्रपतिले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनमा राजदूत होङले उल्लेख्य भूमिका… पुरा पढौ

भालुको आक्रमणबाट दुई घाइते

 जिल्लाको खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला भालुको आक्रमणबाट घाइते भएका छन् । आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतले जानकारी दिए । रावतका अनुसार जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट लागेको छ । मंगलबार बिहान गाउँ नजिकैको छडीखोलामा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको जनाएकाे छ। घाइते दुवैको गुदुखाती स्वास्थ्यचौकीमा उपचार हुन… पुरा पढौ

उल्लुको काजकिरिया र श्राद्ध हुने गाउँ

उल्लुको काजकिरिया र श्राद्ध हुने गाउँ के तपार्इं ले कहिल्यै उल्लू चराको श्राद्ध भएको सुन्नुभएको छ ? उल्लूको अन्तिम संस्कारका बारेमा पनि सुन्नुभएको छैन होला । तर भारतको बिहारमा हालै उल्लूको विधि विधानसहित अन्तिम संस्कार तथा श्राद्ध भएको छ । बिहारको सुपौल जिल्लास्थित कर्णपूर गाउँमा हालै एउटा मृतक उल्लूको भव्य रुपमा अन्तिम संस्कार गरियो । त्यस अवसरमा भव्य ब्रम्हाभोज गरी प्रसाद बाँडिएको थियो । समाचार अनुसार स्थानीय राधाकृष्ण मन्दिरमा केही… पुरा पढौ

गौतम गम्भिरद्धारा क्रिकेट करिअरबाट सन्यासको घोषणा

भारतीय क्रिकेट टिमका पूर्वसदस्य गौतम गम्भिरले क्रिकेट करिअरबाट सन्यास घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै ३७ वर्षीय गम्भीरले क्रिकेट करिअरबाट सन्यास घोषणा गरेका हुन् । ओपनिङ ब्याटिङको भूमिकामा मैदानमा देखा पर्ने गम्भिरले भारतलाई विश्वकप दिलाउन निकै ठूलो भूमिका खेलेका थिए । सन् २००३ मा बंगलादेशविरुद्ध डेब्यु गरेका गम्भिरले भारतका लागि ५८ टेष्ट, १४७ एक दिवसीय अन्तर्राष्ट्रिय र ३७ टी-ट्वान्टी खेलेका छन् । गम्भिरले भारतका लागि… पुरा पढौ

अनुसन्धानमा लापरवाही गर्नु हुँदैन : प्रहरी महानिरीक्षक

 प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन् । एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा उहाँले महिला बालबालिका हिंसाको अनुसन्धानमा शून्य सहनशीलता अपनाउनुपर्ने बताए । “अनुसन्धानमा जानीजानी लापरवाही गर्ने कुुरा प्रहरी सङ्गठनका लागि क्षम्य हुँदैन,” उनले भने । महानिरीक्षक खनालले गत महीना… पुरा पढौ

अब पाँच–पाँच वर्षमा डाक्टरको लाइसेन्स नवीकरण

डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो । यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो। तर, अब हरेक पाँच वर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुनेछ। सय नम्बर नल्याउने डाक्टरको लाइसेन्स नै खारेज हुनेछ। ‘यसअघि… पुरा पढौ

यो सरकार नक्कली कम्युनिस्टको हाे : सन्तोष बुढा मगर

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले वर्तमान सरकारलाई  कम्युनिष्ट मास्ने नक्कली कम्युनिष्टको सरकार भएको बताएका छन । मंगलबार अखिल (क्रान्तिकारी) मध्य पश्चिम कमान्डको अभियान उद्घाटन गर्दै नेता बुढा मगरले वर्तमान सरकार साम्राज्यवादीहरुको दलाल बुँख्याचा भएको बताए । यथास्तिबादी र पश्चगामी चेतनाले वर्तमान सरकार चलिरहेकोले बर्तमान सरकार नेपाली जनताकाे विश्वास र हितमा भन्दा पनि साम्राज्यावादीहरुको इशारामा चलिरहेको उनको भनाई थियो । नेकपाकी केन्द्रीय सदस्य एबम गण्डक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं