इक्यान तयारी अन्तिम चरणमा

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने ‘इक्यान शैक्षिक मेला’को तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २६ देखि २८ गतेसम्म पोखरा सभागृहमा हुुने मेलाका लागि आवश्यक तयारी सकिएको इक्यान कास्की सचिव तथा प्रचारप्रसार संयोजक रुद्रप्रसाद अर्यालले बताए ।

मेलामा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहनेमा विश्वस्त रहेको अध्यक्ष भुवन क्षेत्रीले बताए । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकका लागि मेला निकै उपयोगी हुनेछ,’ उनले भने । ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सरमा अस्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सी छन् ।

पावर्डबाईमा केआइइसी र कंगारु एजुकेसन फाउन्डेसन छन् । प्रोमोटेड बाइमा अस्ट्रेलियाका कलेजहरू प्यासिफिक कलेज अफ टेक्नोलजी, स्काइ लाइन इन्टरनेसनल कलेज, भाइब कलेज र मिन्ट इन्टरनेसल कलेजले साथ दिएका छन् ।

सपोर्टेडबाईमा मिराकल इन्स्टिच्युज, द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी, जाइन्ट इजुकेसन, नमस्ते एजुकेसन इन्स्टिच्युट, एनमार्क एजुकेसन, टार्गेट इन्टरनेसनल एजुकेसन, इम्पल्स इन्स्टिच्युट, एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस, विकन प्रिमियर इन्टरनेसनल एजुकेसन र थर्डआई एजुकेसन छन् ।

बैकिङ पार्टनरमा सिद्धार्थ बैंक, प्रभु बैंक र सानिमा बैंक सहभागी छन् । मेलाको होटल पार्टनरमा होटल लेक प्याराडाइजले साथ दिएको छ । ट्राभल पार्टनरमा यमवे टुर्स एन्ड ट्राभल्स रहेको उपाध्यक्ष तथा मेला संयोजक सन्दीप अर्यालले जानकारी दिए ।मेलामा ७० स्टल रहने छन् ।

अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, नर्वे, फिनल्यान्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेश लगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामासहभागी हुनेछन् ।

सहभागी प्रतिनिधिलाई प्रत्यक्ष भेटेर विद्यार्थीले आफूलाई जान मन लागेको देश, त्यहाँका कलेज तथा विश्वविद्यालय, शैक्षिक भविष्य, सम्भावना र चुनौतीका विषयमा यथार्थ जानकारी लिन सक्ने कोषाध्यक्ष ओमप्रकाश गैरेले जानकारी दिए ।