व्यवसायी समेत पानमा दर्ता छैनन्
माथिल्लो मुस्ताङमा कागजपत्र नभएका अत्रैध चाईनिज मोटर साईकलको बिगबिगी रहेको पाईएको छ । लोमान्थाङ र लोघेकरमा करिव ३ सयको हाराहारीमा कागजपत्र बिनाका चाईनिज मोटरसाईकल गुड्छन् ।गुडेका मोटर साईकलहरु सबै उत्तरी कोरलानाका तथा त्यहाको गैर नाका हुदै उपल्लो मुस्ताङमा भित्रिएका हुन् ।
मुस्ताङ र तिब्बतको ढुङ्वासेन राज्यबीचको सहमतिमा वर्षेनी असार र भदौ महिनामा व्यापार मेला लाग्ने गर्छ । मेलामा उपल्लो मुस्ताङका स्थानीयबासीले घरायसी सामानका अलावा चाईनिज मोटरसाईकल सस्तो मुल्यमा भन्सार छलेर नेपाल भित्र्याउछन् ।केही वर्षअघि उपल्लो मुस्ताङका स्थानीयवासीले जुनसुकै बेला चाईनिज मोटरसाईकल तिब्बतबाट नेपाल भित्र्याउदथे ।तर चालुवर्ष यसको कारोबार सुन्य रह्यो ।
उपल्लो मुस्ताङ भित्रिएका चाईनिज मोटरसाईकल व्यवस्थापन गर्न ईलाका प्रशासन कार्यालय लोमान्थाङलाई चुनौति बनेको छ ।सरकारबाट बिना ईजाजत भन्सार छलेर ल्याएका मोटरसाईकल र चालक अनुमतिपत्र नलिई खुलेआम मोटर साईकल चलाउने भएकाले यसको संम्भावित दुर्घटनाले निम्त्याउन सक्ने समस्याबाट ईलाका प्रशासन कार्यालय चिन्तित छ ।मोटरसाईकलको कारोबार रोकिएको छ,तर भएका मोटरसाईकललाई कसरी कानुनको दायरामा ल्याउने भन्ने बिषयमा एकमत नहुदा समस्या सुल्झिएको छैन ।
उपल्लो मुस्ताङमा अबैध मोटरसाईकल कामगजपत्र बिना खुलेआम गुड्छन् ,तर ईलाका प्रशासन कार्यालयले कानुन कार्यान्वयन गर्ने अवस्था छैन । उपल्लो मुस्ताङमा सरकारको उपस्थिती छ ,तर कतिपय कानुन कार्यान्वयनका बिषयमा प्रशासन र जनप्रतिनिधि एकमत नहुदा समस्या सुल्झाउन गाहे परेको हो ।प्रहरी र प्रशासन भन्दा यहाको समूदाय बलियो भएकाले प्रशासनलाई चुनौति भएको बुझिन्छ । ईलाका प्रशासनलाई २ वटा बिषय कार्यान्वयन गर्न गाहे भईरहेको ईलाका प्रशासन कार्यालय लोमान्थाङका कार्यालय प्रमुदेख मुरारी निरौलाले जानकारी दिए ।‘ स्थानीय आफै कमाउ ,आफै बाच भन्ने मान्यता राख्छन् ,सरकारले के दियो र सरकारलाई हामीले किन दिने भन्ने सोच छ ।‘उनीहरु सारै सोझा ,ईमान्दार र अनुशासित छन् ।कसैले भनेको मान्दैनन् तर स्वघोषित पूर्व मुस्ताङी राजाको बचनलाई शिरमा लिएर अनुशरण गर्छन् ।प्रशासनको कुरामा चासो राख्दैनन्।’कार्यालय प्रमुख निरौलाले भने ।
ईलाका प्रशासनले जनतालाई शान्ति सुरक्षा लगायत नागरिकता र पासपोर्ट आदीको सेवा दिएको उनको भनाई छ ।‘प्रशासन र स्थानीयबीच नङ र मासुको संम्वन्ध छ ।हामीलाई व्यवसाय दर्ता र अवैध मोटरसाईकलले समस्या पा¥यो ।’उनले भने ।
‘कानुनको दायरामा आउनोस भनेर ताकेता ग¥यौ,उनीहरुले यसलाई गम्भिर रुपमा लिएका छैनन् ,कानुनको दायरामा आउदा मोटरसाईकलनै गुम्ने डर छ,’कार्यालय प्रमुख निरौलाले भने,‘हामीले उनीहरुलाई सहज हुने गरी संम्वन्धित निकायमा कागजी प्रक्रिया मिलाईदिन्छौं ,थोरै भएपनि राज्यलाई तिरो तिर्नोस् ।’उनले भने ।
राज्यलाई तिरो नतिरी धेरै वर्ष पहिले देखि अवैध रुपमा मोटरसाईकल भित्रिएका हुन् । मोटरसाईकलको व्यवस्थापन गर्न स्थानीय जनप्रतिनिधि सकारात्मक देखिए पनि खुलेर कानुनको पहुचमा ल्याउन नसकेको ईलाका प्रशासन कार्यालयको बुझाई छ । कार्यालयका प्रमुख निरौलाले ‘चालु वर्ष जोमसोममा चिनिया पक्ष संग भएको वार्ता पूर्व ईलाका प्रशासन कार्यालयले मंसिर महिनामा एजेन्डाकै रुपमा प्रस्तुत गरेको बताए। गाउपालिकाका अध्यक्ष ,उपाध्यक्ष र वडाअध्यक्ष सहभागि बैठकमा जनप्रतिनिधिहले खुलेर कार्यान्वयन गर्ने तर्फ जोड नदिएको निरौलाको दुखेसो छ ।
यस्तै,उपल्लो मुस्ताङका अधिकाँश होटल,लज र पसल संञ्चालनमा छन् , तर ति सबै व्यवसायीहरु पानमा दर्ता भएका छैनन् ।मुस्ताङी पूर्व राजाका भतिजाले संञ्चालन गरेको अन्तराष्ट्रिय स्तरको होटल र लोटस होटल बाहेक लोमान्थाङ र लोघेकर गाउपालिकामा व्यवसाय गर्ने कोही पनि पानमा दर्ता नभएको कार्यालय प्रमुख निरौलाले बताए ।लामो समय सम्म परम्परागत राजाबाट संञ्चालित उपल्लो मुस्ताङमा राज्यलाई कर तिर्नुपर्छ भन्ने सोचाई उनीहरुमा छैन ।ईलाका प्रशासन कार्यालयका प्रमूख निरौलाले राज्यले धेरै कुरा दिएकाले राज्यप्रतिको दायित्व नागरिकमा रहनुपर्ने सुझाए ।उपल्लो मुस्ताङमा आन्तरिक राजश्वको टोली पुग्न सकेको छैन भने,ईलाका प्रशासनले पनि कर संकलन गर्न सकिरहेको छैन ।तल्लो मुस्ताङका अधिकाँश व्यवसायी करको दायरामा छन् । तर उपल्लो मुस्ताङमा राज्यले अर्थ संकलन गर्न समस्या परेको हो ।कार्यालय प्रमुख निरौलाले स्थानीय जनप्रतिनिधिले नै जनतालाई यसबारे ध्यानआर्कषण गराउनु पर्ने जिकिर गरे ।
मुस्ताङको पर्यटकीय जिल्लाका रुपमा चिनिएको उपल्लो मुस्ताङमा वर्षेनी हजारौ आन्तरिक तथा बाह्य पर्यटक घुम्न उत्तरी कोरला सम्म पुग्छन् ।लोमान्थाङमा दर्जनौ विभिन्न प्रकारका व्यवसायी छन् ।तर उपल्लो मुस्ताङमा कहिल्लै बजार अनुगमन हुदैन ।पोखरा र तिब्बतबाट ल्याईएका घरायसी तथा बिक्रिका सामान भण्डारण गरी राख्ने चलन छ ।भण्डार गरेर राखिएका सामान समयमै सदुपयोग हुन नसक्दा प्रसस्तै म्याद गुज्रिएका अखाद्य सामानहरु भेटिन्छन् ।तर ,ईलाका प्रशासनले देखेर पनि नष्ट गर्न सकिरहेको छैन ।तल्लो मुस्ताङमा नियमित बजार अनुगमन हुन्छ ।उपल्लो मुस्ताङमा हुदैन ।
कार्यालय प्रमुख निरौलाले उपल्लो मुस्ताङमा एकलजातीय संरचना भएकाले प्रशासन कमजोर बनेको स्वीकार्दछन् ।उनले म्याद गुज्रिएका सामान नराख्नुहोस भन्छौ,व्यवसायले हुन्छ भनेर टार्ने गरेको बताए । व्यवसायीकै घरमा गएर प्रशासनले हस्तक्षेप गर्ने सामथ्र्य नभएको उनले जनाए ।जनताकै हितका लागि कानुनको कुरा गर्छौ, हाम्रा कुरा सुनेर उडाइदिने प्रमुख निरौलाको दुखेसो छ । उनका अनुसार ईलाका प्रशासन कार्यालयमा ६ जनाको दरबन्दी भएपनि हाल ३ जना मात्र कर्मचारी रहेको जानकारी दिए ।