पत्रकार महिलालाई मुलुकी अपराध ऐन २०७४ को प्रशिक्षण


विभिन्न मिडियामा क्रियाशील पत्रकार महिलाहरुलाइ समेटेर मुलुकी अपराध ऐन २०७४ र १६ दिने महिला हिंसा विरुद्धको अभियानको बारेमा पत्रकार अछरी पोखरेलले प्रशिक्षण दिनु भयो ।

भदौ १ गतेबाट लागु भएको नयां कानुन (मुलकी अपराध ऐन २०७४ गरीएका व्यवस्था जस्तै करणी सम्बन्धी कसुर,बैबाहिक, बलात्कार, हाडानाताकरणी, यौन दुव्र्यवहार, जवरजस्तीकरणीको उद्योग, भेदभाव तथा अपमानजनक व्यवहार, भेदभाव विरुद्धको व्यवस्था,विवाह सम्बन्धी कसुर,वहुविवाह विरुद्धको व्यवस्था,सजाय लगायतका विषयमा प्रशिक्षण दिनु भयो , साथै १६दिने महिला हिंसा विरुद्धको इतिहास, ३दिदी वहिनीले गरेको अभियान, सेतो रिवन अभियान, सेतो रीवन लगाउनुको उदेश्य, घरेलु हिंसाका प्रकार, कारण, स्थिति र बारेमा प्रशिक्षण दिनु हुने छ ।

सीविन नेपालको आयोजनामा संचालित हिंसा न्युनिकरणमा पत्रकार महिलाको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रममा ३दर्जन बढी पत्रकार महिलाको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ठक्ुरसिंह थारुले पीडित महिला ले पत्रकार महिलासंग आफ्ना गोप्य कुरा खुलेर भन्ने तर पुरुष पत्रकारसंग संवेदनशील कुरा लुकाउने गरेको बताउदै पत्रकार महिलाको महत्व बढि रहेको बताउनु भयो । कार्यक्रममा पत्रका महिलाहरु रुपा गहतराज विमला चौधरी, अमृता के.सी.,करुणा शाह,सुमित्रा चौधरी, निशा शाह, कौसिला जैसी, निसु जोसी लगायतले महिलाहरु हिंसामा परेतापनि समाजको डरका कारण खुलेर भन्न नसकेको र फितलो कानुनका कारण पीडित महिलाले न्याय पाउन नसकेको साथै आफुहरुले रीपोटिङमा जादाका अनुभव सेयर गरेका थिए ।