ट्रससहितको चिता निर्माण

पोखरा १ गाईघाट स्थित सुखवती वौद्ध गुम्बा परिसरमा ट्रससहितको चिता निर्माण गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका वडा नम्वर ७ घर भई हाल पोखरा १ लामपाटन बस्ने क्याप्टेन धर्मसिंह गुरुङले ट्रससहितको चिता बनाइदिएका हुन् ।


चिताको बिहीबार दाता धर्मसिंहले उद्घाटन गरे । उनले मानिसको मृत्युपछि दाहसंस्कार गर्ने क्रममा बेला बेलामा पानी पर्ने, लास जलाउन धेरै दुःख हुने गरेकाले यो संरचना निर्माण गरिदिएको बताए ।


सुखवती वौद्ध गुम्बा समिति सचिव माया गुरुङका अनुसार यो चितामा १ लाख ९० हजार र चितामाथि ट्रस र दुईतर्फ गाहे लगाउँदा २ लाख ७५ हजार गरी ४ लाख ६५ हजार खर्च भएको जानकारि दिइन् ।