सुजुकी बर्गम्यान स्ट्रीट-१२५ बिक्री सुरु

सुजुकीको नयाँ स्कुटर बर्गम्यान स्ट्रीट-१२५ नेपाली बजारमा भित्र्याएको छ । सुजुकी टु ह्वीलरको लागि नेपालको आधिकारीक वितरक भीजी सुजुकीले उक्त स्कुटर आजबाट नेपाली बजारमा बिक्री सुरु गरेको हाे ।

यस्तो छ स्कुटर 

सुजुकी बर्गम्यान-६२५ को डिजाईनबाट प्नभावित रहेको बर्गम्यान स्ट्रीटमा १२५ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन जडान गरिएको छ । यसले ८.७ पीएस पावर र १० एनएम टर्क उत्पादन गर्छ ।

कम्पनीका अनुसार उच्च प्रविधियुक्त सुजुकी बर्गम्यान स्ट्रीटमा एलइडी हेडलाईट र टेललाईट दिइएको छ ।

यस स्कुटरमा मल्टी फङ्गसन की स्लट जडान गरिनुका साथै अल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर  तथा प्रयाप्त अन्डरसिट स्टोरेज स्पेशजस्ता विशेषताहरु रहेका छ ।

सुजुकीको बर्गम्यान स्ट्रीट १२५ को अगाडीको भागमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक रहेको छ ।

तिन कलरमा उपलब्ध रहेको यो स्कुटरको मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ । यो स्कुटरमा कम्पनीले ५ बर्षको वारेन्टी दिएको छ ।