बिरामी सम्झनालाई ओमको साथ

ओम डेभलपमेन्ट बैंकको अमरसिंह शाखाले शाखाको ११ औं वार्षिकोत्सवको अवसरमा बिरामीलाई सहयोग गरेकोे छ । विगत लामो समयदेखि आन्द्राको समस्याबाट ग्रसित पोखरा १५ की ४० वर्षीय सम्झना परियारलाई बैंकका शाखा प्रमुख एकेन्द्र कुवँरले सहयोग हस्तान्तरण गरे ।

ओमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थालाई यसै गरी विभिन्न आर्थिक, भौतिक तथा अन्य सामग्री सहयोग गर्दै आएको छ । बैंकले प्राइम कमर्सियल बैंकसंग एक्बिजिसनमा जानका लागि हालैमात्र समझदारीपत्रमा हस्ताक्षर गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

विकास बैंकले असोज मसान्तसम्म २१ अर्ब ९६ करोड निक्षेप संकलन गरी १९ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । ओमका शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ६५ हजार, एटिएम संख्या १९ छ ।