शीतलादेवी मन्दिरमा नयाँ समिति

शीतलादेवी मन्दिर सेवा समितिको तेस्रो अधिवेशनले भुवन आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा वीरबहादुर थापा, सचिव विष्णुकुमार श्रेष्ठ, कोषाध्यक्ष शिवबहादुर कार्की र सहसचिव प्रदीप घिमिरे चयन भएका छन् ।

सदस्यमा हरिकुमार राजभण्डारी,सीता शर्मा,कल्पना कार्की,पूर्ण गुरुङ, सुशीला श्रेष्ठ,इन्द्रकुमारी गुरुङ लगायत छन् । गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका अध्यक्ष टीकाबहादुर कार्कीले मन्दिरकोे विकासका लागि सरोकारवाला एक हुनुपर्ने बताए ।

कार्यवाहक अध्यक्ष रामबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव विष्णुकुमार श्रेष्ठले सचिवको प्रतिवेदन र शिवबहादुर कार्कीले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार मायादेवी तझ्या, मीन गुरुङ, समिति सचिव विष्णुकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।