त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस(पिएन) समितिको निर्वाचनमा प्रगतिशिल पक्ष लोकप्रिय मतका साथ विजयी भएको छ ।
निर्वाचनमा नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अन्य वाम घटक एक भएर चुनाव लडेकाले प्रजातान्त्रिक ५ सिटमा चित्त बुझाउन बाध्य भएको हो ।
प्रगतिशिल पक्ष २०४२ सालपछि प्राध्यापक संघमा विजयी भएको हो । शुक्रबार भएको निर्वाचनमा प्रगतिशील सभापति थानेश्वर सुवेदीसहित ६ स्थान प्रगतिशीलले जितेको छ ।
समानुपातिक निर्वाचन पद्धति अनुसार भएको चुनावमा प्रजातान्त्रिक पक्षका ५ जना विजयी भए । संघको उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष निर्वाचित सदस्यबाट चयन गरिने प्रवधान छ ।
प्रगतिशील तर्फबाट यादवराज उपाध्याय, हरिबहादुर भण्डारी, शकुन्तला पंगेनी, विजय अर्याल र पवित्रराज बराल निर्वाचित भ ए भने प्रजातान्त्रिकबाट प्राडा अक्कलदेव मिश्र, अमित पालिखे, खड्गबहादुर केसी, दीपेन्द्रराज रेग्मी र शैलेन्द्रकुमार मल्लिक चुनिए ।
निर्वाचनमा नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अन्य वाम घटक एक भएर चुनाव लडेकाले प्रजातान्त्रिक ५ सिटमा चित्त बुझाउन बाध्य भएको हो ।