त्रिपाठी परिवारलाई पितृशोक

 वन विज्ञान अध्ययन संस्थान पोखराका सहप्राध्यापक हरिप्रसाद त्रिपाठी तथा मुस्ताङ जिल्ला अदालतका न्यायधीश बलराम त्रिपाठीलाई पितृशोक परेको छ । उनीहरुका बुबा युवराज त्रिपाठीको ९५ वर्षको उमेरमा शुक्रबार बेलुका निधन भएको हो ।

कास्कीको साविक कालिका गाविसमा जन्मेका त्रिपाठीको पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाकोनाकको आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय त्रिपाठीको शनिबार सेतीनदी किनार मोहरेखेरघाटमा अन्त्येष्टि गरिएको छ । त्रिपाठीका जेठा छोरा हरिप्रसाद नेपाल कम्युनिस्ट पार्टी( नेकपा) को वन तथा वातावरण विभागका केन्द्रीय सदस्य हुन् । रग्बी विश्वकप ट्रफी टुँडिखेलमा