समाचार

कास्कीका स्थानीय तहहरूको बार्षिक समिक्षा

जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहरूको आर्थिक बर्ष २०८२-८३ को बार्षिक समिक्षा तथा असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य देवका पाहारीले उद्घाटन गर्नु भएको थियो । पहारीले नेपालको संविधानले ब्यबस्था गरेका तीन तहका सरकारहरू बिच प्रभाबकारी समन्वय र सहजीकरणमा जिसस कास्कीको भुमिका प्रसम्सनिय भएको उल्लेख गर्दै योजनाको छनोट र कार्यान्वयनका लागि स्पस्ट कानुनी र ब्यबस्थित संरचना निर्माण जरुरी देखिएको उल्लेख गर्नुभयो ।… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको ३६ औं अधिवेशन : शोभा गौतम नेतृत्वको प्यानल सार्वजनिक

पोखरा उद्योग वाणिज्य संघको यही भाद्र २० र २१ गते सम्पन्न हुने ७२ औं साधारण सभा तथा ३६ औं महाधिवेशनका लागि अध्यक्षका आकांक्षी शोभा गौतमको प्यानल घोषणा भएको छ । आज शुक्रबार बिहान पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि गौतमको प्यानल घोषणा गरिएको हो । गौतम हाल संघको महासचिबको जिम्मेवारीमा छिन। ‘समावेशी टिम, जुझारु नेतृत्व—सबल संघ, समृद्ध पोखरा’ नारा सहित गौतमले आंफ्नो प्यानल घोषणा गरेकी हुन। गौतमको प्यानलको वरिष्ठ उपाध्यक्षमा… पुरा पढौ

पोखरा फोटोग्राफर संघले मनायो १८७ औं बिश्व फोटोग्राफी दिवस

१८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । संघले प्रभातफेरी, नयाँ कार्यालय उद्घाटन तथा शुभकामना आदान–प्रदान कार्यक्रम मार्फत फोटोग्राफीको महत्वसँगै पोखराका फोटोग्राफर बीच आपसी एकता, सहकार्य र सद्भावको सन्देश दिएको हो । बुधबार पोखराको चिप्लेढुंगा स्थित मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरीमा विभिन्न क्षेत्रका फोटोग्राफर तथा संघका पदाधिकारीहरूको सहभागिता थियो । प्रभातफेरी न्यूरोड संगमटोल स्थित संघको  कार्यालय परिसरमा पुगेर औपचारिक कार्यक्रममा… पुरा पढौ

जलवायु प्रभावको खोजदेखि डिजिटल पत्रकारितासम्म ः महिला पत्रकारलाई सशक्त बनाउँदै प्रादेशिक कार्यशाला आज समापन हुदै

गण्डकी प्रदेशका महिला पत्रकारलाई जलवायु परिवर्तनका स्थानीय प्रभावमा खोजमूलक तथा तथ्यमा आधारित रिपोर्टिङ गर्न सक्षम बनाउने उद्देश्यले सञ्चारिका समूह नेपालको आयोजनामा सञ्चालित ‘व्यावहारिक पत्रकारिता सीप’ प्रादेशिक कार्यशाला आज समापन हुदै छ । महिला पत्रकारलाई प्रविधिमैत्री, खोजमूलक र जिम्मेवार पत्रकारितातर्फ अग्रसर गराउने उद्देश्यले आयोजित कार्यशालामा जेण्डर संवेदनशील जलवायु रिपोर्टिङ, समावेशी पत्रकारिता, खोजमूलक अनुसन्धान, डिजिटल पत्रकारिता, तथ्य जाँच मोबाइल पत्रकारिता तथा पत्रकारिताको आचारसंहिता लगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो। कार्यशालामा सहभागी महिला… पुरा पढौ

बंगलादेशका वरिष्ठ फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ

पोखरा । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ फोटो पत्रकारलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा भ्रमणका क्रममा स्वागत तथा बिदाइ गरेका छन्। पोखरा भ्रमणका क्रममा मेयर आचार्यले बंगलादेशी फोटो पत्रकारहरूलाई खादा, नेपाली टोपी तथा मायाको चिनो प्रदान गर्दै स्वागत गरेका थिए। सो अवसरमा उनले नेपालको पर्यटन राजधानी पोखरा भ्रमणका लागि बंगलादेशबाट आएका वरिष्ठ… पुरा पढौ

“पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक, गुरुङ संस्कृतिको सुगन्ध बोकेको चलचित्रप्रति बढ्यो उत्साहपोखरा ।

आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ को मौलिक गीत ‘जुनी जाला’ पोखरामा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। पोखराको मिडटाउन सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको निर्माण टोली, कलाकार, गुरुङ समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा चलचित्र कर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।सार्वजनिक गरिएको ‘जुनी जाला’ गीतले गुरुङ समुदायको मौलिक संस्कृति, भेषभूषा, संगीत र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ । कार्यक्रममा प्रदर्शन गरिएको गीतलाई उपस्थित दर्शकले निकै रुचाएका… पुरा पढौ

खुदीखोलामा ज्योतिको सम्झना

पोखरा–३२, खुदीखोलामा त्यहाँको सुकुमबासी बस्ती व्यवस्थापनका अगुवा सोमबहादुर विक (ज्योति)को सम्झना गरिएको छ । तत्कालीन नेकपा -माओवाद)को सुकुमबासी संगठन कास्की सचिव ज्योति २०५९ असार २३ देखि बेपत्ता छन् । नेकपा -माओवादी) कास्कीले मंगलबार कार्यक्रम गरी ज्योतिको सम्झना गरेको हो । नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा सहभागी ज्योतिलाई २४ वर्षअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट नेपाली सेनाले नियन्त्रणमा लिएर बेपत्ता बनाएको हो । कार्यक्रममा ज्योतिकी बहिनी सोममाया विकले आफूहरु सहिद र बेपत्ता योद्धाको… पुरा पढौ

पिसिएममा एनुअल फेस्ट–२०२६

पोखरा कलेज अफ म्यानेजमेन्टको आयोजनामा पिसिएम एनुअल फेस्ट–२०२६ सम्पन्न भएको छ । समापनको दिन आइतबार नदिपुरस्थित कलेज प्राङ्गणमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरियो । उक्त सांगीतिक कार्यक्रममा अभय बलम एण्ड द स्टीम ब्याण्डको विशेष सांगितिक प्रस्तुति रहयो । त्यसअघि कलेजका विद्यार्थीहरूले विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरी विद्यार्थीहरूले विभिन्न खानाका स्टलहरू समेत राखेका थिए । एक सातासम्म चलेको फेस्ट अन्तर्गत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू पनि आयोजना भए ।… पुरा पढौ

स्वदेशमै उद्यमी वा स्वरोजगार बन्न आग्रह

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखरामा तालिम लिनेहरुको भीड हुन्छ । गण्डकी प्रदेश सरकार मातहतको केन्द्रबाट दोस्रो चौमासिकमा तालिम लिएकाहरुले बिहीबार प्रमाणपत्र पाए । केन्द्रमा सञ्चालित मोबाइल मर्मत, प्लम्बिङका बिहानी र दिवा सत्र, कटाई सिलाइ, आधारभूत ब्युटिपालर र मोटरसाइकल मर्मत गरी पाँच विधाका छ समूहका तालिमका सहभागीलाई गण्डकी प्रदेशकी सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना, केन्द्र प्रमुख अनिल सुवेदी लगायतले प्रमाणपत्र… पुरा पढौ

मनोसामाजिक सुस्वास्थ्यका लागि योगभ्यास

मनोसामाजिक सुस्वास्थ्य भन्नाले कुनै व्यक्तिको मन, शरीर र उसको समाज यी तीनै पक्षहरु बीचको सम्बन्ध सन्तुलन हुनु हो। हरेक मानिस समाजमा जन्मी हुर्की बढेको हुन्छ । आफुले बुझ्ने भएदेखि समाजमा उस्ले जहिले पनि आफ्नोपन (अपनत्व) खोजिरहेको हुन्छ र यो स्वाभाविक प्रक्रिया हो । हरेक मानिस चाहे जो सुकै स्तरमा होस उसले आफ्नो मान सम्मान वा मर्यादा चाहान्छ । त्यस्तै उ आफ्नो अठोट वा लक्ष्य हुन्छ र सबैले त्यो अठोट वा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं