समाचार

युआरएल ग्रुपमा ठाकुरको नेतृत्व

तेह्र वर्षअघि पोखराको न्युरोडमा स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि-युआरएल) युआरएल ग्रुपमा रुपान्तर भएको छ । युआरएलको शुक्रबार भएको विशेष साधारणसभा तथा अधिवेशनले यसका २१ शाखालाई युआरएल ग्रुपमा रुपान्तरण गर्दै नयाँ नेतृत्वसमेत चुनेको हो । अधिवेशनले ठाकुरप्रसाद पन्थको अध्यक्षतामा सात सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । ग्रुपको सचिव एवम् प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइराला र बोर्ड डाइरेक्टरहरुमा बालकृष्ण शर्मा, गीता कार्की पन्थ, डा कृष्णराज अधिकारी, डा वसन्त पगेनी र… पुरा पढौ

७ खाद्य उद्योगलाई मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने गरेको, अनुमतिपत्र नलिई उद्योग संचालन गरेको, लेबल अपूर्ण र अनुमतिपत्र नलिई खाद्य व्यवसाय संचालन गरेको पाइएपछि मुद्दा चलाएको हो । कार्यालयलाई खाद्य तथा दाना ऐनअनुरुप सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा चलाउने… पुरा पढौ

शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालकलाई आज नियन्त्रणमा लिएको छ ।  कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले शैक्षिक परामर्श केन्द्रहरूले पालना गर्नुपर्ने मापदण्ड प्रक्रिया पूरा नगरी र दर्ता तथा नवीकरण नगरी पूर्वतयारी कक्षा, भाषा शिक्षणसम्बन्धी सेवा प्रदान गर्दै आएकाले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।  उहाँका अनुसार उपत्यकाका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा गरिएको अनुसन्धानमा उक्त गैरकानुनी कार्य… पुरा पढौ

चेक चोरी र किर्ते हस्ताक्षरमार्फत संगठित ठगीको प्रयास, गिरोह सक्रिय

ai generated picture जिल्ला अदालत कास्कीमा अंश, घरेलु हिंसा र मानाचामलसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा एक जघन्य आपराधिक घटना सतहमा आएको छ । व्यक्तिगत प्रतिशोध साँध्ने र आर्थिक लाभ लिने उद्देश्यले सुरु गरिएको यो संगठित ठगी प्रकरणमा अहिले प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको छ। पोखरा महानगरपालिका–७ शान्तिनगरचोककी कञ्चन सेडाईलाई फसाउने नियोजित नियतका साथ विभिन्न व्यक्तिलाई चेक बाँडिएको र झूटा लेनदेनको दाबी गरिएको पुष्टि भएपछि घटनाले नयाँ र गम्भीर मोड लिएको… पुरा पढौ

कविता: सुकुम्बासी फूल

सोचेकै थिएं उसैबेलातिमी छदम बाटो आउनुहुन्नथियोआउनेहरुले आउँदै गर्दा बाटो बिराएपछियात्रामा उल्टो बाटो रोजेपछिमान्छेलाई आफ्नै छायाले पछ्याएझैँपछ्याउँदै आउँछ अनिष्टलेतिमी आउँदैगर्दा लागेकै होबाटोभरि यात्राभरिबेदाग उज्यालो आउनेछैन भनेरयी मखमली बाटोहरुमा। सिमानाको माटो दिनहुँजसो खुम्चिंदैछनिमुखाको कानमा एकोहोरो त्रासको घण्टी बज्छसाँच्चै समय उल्टो बगेको छलय फरक लागेको छतिमी सभ्यताको उल्टो नदीमाधमिलो बग्यौयी आशाका खेतहरुभिजाएर बहने हरियो समयले समेतअब निस्सार फर्कनु छ रित्तै रित्तै तिमी त्रासको ढोल बजाउंदै आयौ आउँदाविनाशको नर्सिङ्गा फुक्दै आयौआउँदाआफ्नै अनुहार छोपेरजिवित मृत… पुरा पढौ

दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई

नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई सम्मान गरिने भएको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिले २०८१ बाट पत्रकार बस्नेत र २०८२ बाट पत्रकार बराललाई सम्मान गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैंयाँ, दोसल्ला र… पुरा पढौ

पानी विवादमा चाडमा ४२ जनाको मृत्यु

पूर्वी चाडमा पानीको स्रोतलाई लिएर सुरु भएको स्थानीय विवाद तीव्र प्रतिशोधात्मक हिंसामा परिणत हुँदा कम्तीमा ४२ जनाको ज्यान गएको छ । सुडान सीमासँग जोडिएको क्षेत्रमा भएको यो घटना स्रोत अभाव र बढ्दो अस्थिरताले कसरी ठूलो मानवीय सङ्कट निम्त्याउन सक्छ भन्ने उदाहरणका रूपमा देखिएको छ । उपप्रधानमन्त्री लिमाने महामतका अनुसार शनिबार वाडी फिरा प्रान्तको इगोटे गाउँमा दुई परिवारबीच पानी प्रयोगको विषयमा सुरु भएको झडप चाँडै व्यापक हिंसामा परिणत भएको थियो ।… पुरा पढौ

पोखरामा दर्शन, साहित्य र भाषामाथि विमर्श

गण्डकी साहित्य संगम पोखरा र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा शनिबार पोखरामा दर्शन, साहित्य र भाषामाथि विमर्श भएको छ । कार्यक्रममा प्राडा यदुनन्दन उपाध्यायले …प्रगतिशील नेपाली साहित्य लेखनका प्रवृत्तिÚ विषयक कार्यपत्र पेश गरे । कार्यपत्रमाथि समीक्षक तेजविलास अधिकारीले टिप्पणी गरेका थिए । लोकबहादुर थापा मगरले प्रस्तुत गरेको कार्यपत्र …गण्डकी प्रदेशको भाषिक अवस्थाÚमाथि डा यमनाथ तिमिल्सिनाले टिप्पणी गरेका थिए भने समीर सिंहले प्रस्तुत गरेको कार्यपत्र …वर्तमान सन्दर्भमा माक्र्सवादी दर्शनÚ शीर्षकको कार्यपत्रमाथि राजनीतिक… पुरा पढौ

१९ का रोज्जा मुक्तक, रामजी सम्मानित

मुक्तक मञ्च केन्द्रीय समितिले स्थापनाको १९ औं वार्षिकोत्सवमा १९ मुक्तककारलाई नै मञ्चमा उभ्याएको छ । मञ्चले मुक्तक लेखनमा क्रियाशीलन किशोरकिशोरीसहित अग्रज मुक्तकका साधकलाई एउटै मञ्च प्रदान गरेको हो । सोही समारोहमा मञ्चका निवर्तमान अध्यक्ष रामजीप्रसाद आचार्यलाई सम्मान गरियो । संस्थालाई विभिन्न जिल्लामा विस्तार, मुक्तक महोत्सव आयोजना, पाठ्यक्रममा मुक्तक समावेश अभियान जस्ता कार्यक्रम गरी मुक्तकको उत्थानमा आचार्यको कार्यकालमा विभिन्न कार्यक्रम भएका थिए । कार्यक्रममा नयमित वाचनमा सहभागी तेजबहादुर तमूलाई उत्कृष्ट वाचक… पुरा पढौ

शिशुवा–खुदीखोला नमुना सडक तयार

पोखरा ३० शिशुवादेखि शिसाघाटसम्मको सडक खण्ड अन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ । नेपाल सरकार, सहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्मित उक्त सडकको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि प्राथमिकतामा रहेको बताए । æहामी आइसकेपछि नेपालमा जति पनि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं