समाचार

पर्यटन दिवसमा लेकसाइडमा सडक महोत्सव

नेपालको पर्यटकीय राजधानी पोखरामा विश्व पर्यटन दिवसका अवसरमा मिनी सडक महोत्सवको तयारी गरिएको छ ।रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले पर्यटन दिवसका दिन यही असोज ११ गते साँझ फेवाताल किनार अम्बोटदेखी वाराहीचोकसम्म एक दिन सडक महोत्सव गर्न लागेको हो । महोत्सवमा बाजा गाजा सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रदर्शन गरिने मिनी सडक महोत्सवका संयोजक समेत रहनुभएका रेवानका महासचिव वीरेन्द्र शेरचनले बताउनुभयो । सडकमै खाउँ, सडकमै रमाउँ भन्ने उद्धेश्यका साथ… पुरा पढौ

सहरबाट गाउँ फर्कनेलाई ६ महिनाको खाद्यान्न र थप १ लाख

पर्वतको महाशिला गाउँपालिकाले आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्र्किएमा एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च दिने भएको छ । गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो । गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउनेछन् । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको… पुरा पढौ

पर्यटन दिवसमा टिकटमा छुट र फोटो प्रदर्शनी

पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ । शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् । पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान… पुरा पढौ

सुपर एप बन्दै पठाओ

नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सेवालाई विविधिकरण गर्दै तीन नयाँ सेवा थप गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले  ग्राहकलाई एउटै एपबाट धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा थप गरिएको जानकारी दिए । “हाल सेयर राइडका साथै फूड र पार्सल डेलिभरीको सेवा उपलब्ध भए पनि… पुरा पढौ

कास्कीका प्रहरी प्रमुख मोहन थापा सम्मानित

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले सम्मान तथा बधाई कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान गरिएको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सम्मान पत्र, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली र प्रेस सल्लाहकार श्याम कुँवरले अविर लगाई थापालाई सम्मान गरे । गत वर्ष भदौमा कास्की… पुरा पढौ

जलवायु वित्त र न्यायको लागि र्‍याली

ग्लोबल क्लाइमेट एक्सन महिना 'सेक्टेम्बर' मनाउन बिहीबार काठमाडौंको मनोहरामा जलवायु न्यायका लागि र्‍याली तथा सेनेटरी ड्राइभ भएको छ । कार्यक्रमको उद्देश्य जलवायु वित्त, लैङ्गिक न्याय र सार्वजनिक समुदायको संरक्षणको लागि तत्काल आवश्यकतालाई हाइलाइट गर्ने थियो। एक्सनएड इन्टरनेशनल नेपालले नेपाल महिला एकता समाज र युथ एड्भोकेसी नेपालसँगको सहकार्यमा आयोजना गरेको उक्त र्‍यालीले जलवायु संकटमा ग्लोबल नर्थ र ठूला लगानीकर्तालाई आफ्नो भूमिकाका लागि जवाफदेही हुन आह्वान गरेको थियो । र्‍यालीभरि “पे अप… पुरा पढौ

क्यानभासमा मनसुनको सौन्दर्य (फोटो फिचर)

यसपालिको मनसुनलाई बिदाइ गर्दै चाडपर्वको स्वागत गर्ने तयारीमा नेपाली छन् । यसपालिको मनसुनमा पोखराले पहिरोबाट ठूलै क्षति बेहो¥यो, सँगसँगै मनसुनकै कारण अहिले खेतमा धान झल्दै छ, चारैतिर हरियाली छ । मनसुनको सौन्दर्य र जोखिम दुवैलाई मान्छेले झेल्नैपर्छ । यिनै सौन्दर्य र खतरालाई नजिकबाट नियालेका कलाकारहरुका चित्र बिहीबारदेखि पोखरामा प्रदर्शनीमा छन् । सिर्जनशील कलाकार समूहले आयोजना गरेको मनसुनः चौथो सामूहिक कला प्रदर्शनी गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले सुरुआत… पुरा पढौ

चिकित्सक संघ गण्डकीको नयाँ समितिको पदस्थापन

नेपाल चिकित्सक संघ गण्डकी शाखाको हालै चयन भएको नयाँ कार्यसमितिको पदस्थापना भएको छ । संघको गण्डकी शाखा अध्यक्षमा डा सुनिल पनेरु निर्विरोध चयन भएका थिए । संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा बद्रि रिजालको उपस्थितिमा नयाँ कार्यसमितिको पदस्थापना कार्यक्रम भएको हो । संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक एवं गण्डकी शाखाका निवर्तमान अध्यक्ष डा राजन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा बुद्धिबहादुर थापा, डिन डा… पुरा पढौ

सहकारी प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिकः यस्ताे छ प्रतिवेदन

सहकारीको बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ। संघीय संसद् सचिवालयले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो। भदौ ३१ गते प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ। प्रतिवेदन ११२४ पेजको छ । https://hr.parliament.gov.np/np/publication/1726814758 पुरा पढौ

गीता शाहीको अध्यक्षतामा अनेमसंघ (क्रान्तिकारी) गण्डकी

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) निर्वाचित भएकी छन्। बिहीबार पोखरामा सम्पन्न प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। जसको उपाध्यक्षहरुमा लिला बि.क. (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित भएका छन्। त्यसैगरि, सचिवमा निर्मला सुवेदी ‘क्रान्ती’ (कास्की) निर्वाचित भएकी छन्। कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) निर्वाचित भएकी छन्। सह–सचिवमा हेमकुमारी सुनार ‘ज्योती’ (नवलपुर) निर्वाचित भएकी छन्। बाँकी २ सह–सचिव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं