समाचार

चितवनमा पनि सतर्कता

सरकारी निकायहरूले रसुवादेखि नुवाकोट, धादिङ र चितवनको मुग्लिङसम्म त्रिशूली नदीको किनारमा पर्ने स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्। त्रिशूली नदीमा पानीको मात्रा बढेको र विपद्को जोखिम हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशूली र कालीगण्डकी नदी मिसिएपछि बन्ने नारायणी नदीको तटबाट मानिसहरूलाई सुरक्षित स्थानमा सर्न भनेको छ। एउटा सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले नदी आसपास नजान र गएको भए तत्काल सुरक्षित स्थानमा पुग्न अनुरोध गरेको छ। प्रशासनले… पुरा पढौ

कहाँ के भयो ? : अपडेट

रसुवा, नुवाकोट र धादिङको तटीय क्षेत्रमा ठूलो क्षतिबुधबार विहान करिब ९ बजे देखि रसुवामा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङको तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । तिब्बती क्षेत्रबाट आएको बाढीले सुरुमा रसुवाको टिमुरे क्षेत्र पुरै तहनहस पारेको छ । त्यहाँ टिमुरे भन्सार देखि प्रहरी लगायत सरकारी कार्यालयहरुमा क्षति पुगेको छ । टिमुरेमा बगाए पाँच सय गाडीटिमुरे भन्सारमा राखिएका करिब पाँच सय वटा गाडी बगाएका छन् । भोटेकोशीमा आएको… पुरा पढौ

उद्धारमा हेलिकप्टर उडाउन अनुमति लिनु नपर्ने

बाढीबाट पीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले अनुमति लिन नपर्ने भएको छ । तिब्बतबाट आएको ठूलो बाढी रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ । ठूलो मात्रामा भौतिक संरचना बाढीका कारणले क्षति पुर्‍याएको छ । बाढीका कारणले सम्पर्कविहीन हुनेहरुको संख्या यकिन हुन सकेको छैन । बाढी पीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले अनुमति नलिइ उडान गर्नसक्ने गरी प्रधानमन्त्री कार्यालयबाट निर्देशन दिइएको छ । पुरा पढौ

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । केहीबेरमा बैठक सुरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । पुरा पढौ

कसरी आयो बाढी ?

रसुवामा पानी नपरेकाले वर्षात्का कारण बाढी नआएको पक्का छ । विपद् प्राधिकरणकी प्रवक्ता शान्ति महतले तिब्बतमा हिउँपहिरोले नदी थुनिएको र अहिले हिउँ पग्लिएका कारण रसुवामा बाढी आएको अनुमान गरेकी छन् । बाढी आएपछि मात्र नेपालमा थाहा हुने अवस्था अन्त्य गर्न दुवैतिरका सरकारबिच यसबारे छलफल हुने वातावरण निर्माण गर्नुपर्ने भएको छ । बाढीबाट रसुवागढीमा भन्सार कार्यालय र आसपासका प्रहरी चौकी र हेल्थ पोस्टहरूमा क्षति पुगेको छ । तिब्बतबाट बिहान पौने ९… पुरा पढौ

चरा हेर्न पदयात्रा

पोखरा, ७ भदौपोखरा पंछी समाजको आयोजनामा पाँचौँ समर बर्ड हाइक भएको छ । पोखराबाट धम्पुस हुँदै पोथना, प्रितम देउराली तथा आसपासका क्षेत्रमा गरिएको हाइकिङ तथा पंक्षी अवलोकनमा पन्छी समाजका ३१ सदस्य सहभागी थिए । धम्पुसबाट शनिबार बिहानै सुरु भएको कार्यक्रममा करिब ३ घन्टाको अवधिमा ६३ प्रजातिका चरा अभिलेख गरिएको छ । यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका चरा प्रत्यक्ष अवलोकन तथा पहिचान गर्दै सहभागीले चराको बासस्थान, व्यवहार र संरक्षणका विषयमा समेत… पुरा पढौ

‘सम्सारा घर’ उद्घाटनको तयारी अन्तिम चरणमा ५० बालबालिकाको भविष्य बदल्ने लक्ष्य,निःशुल्क आवासदेखि शिक्षासम्म

पर्वत । अवसरबाट वञ्चित बालबालिकालाई निःशुल्क आवास, शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भर जीवनको अवसर दिने उद्देश्यले ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहलमा पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा पुगेको छ। उद्घाटन २०८३ साल माघको तेस्रो साता गर्ने लक्ष्य राखिएको छ। ARC for Nepal राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा निर्माण भइरहेको सम्सारा घरमा हाल १० जना बालबालिका आश्रित छन्। आगामी तीन वर्षभित्र ५० जना बालबालिकालाई निःशुल्क आवास,… पुरा पढौ

कास्कीका स्थानीय तहहरूको बार्षिक समिक्षा

जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहरूको आर्थिक बर्ष २०८२-८३ को बार्षिक समिक्षा तथा असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य देवका पाहारीले उद्घाटन गर्नु भएको थियो । पहारीले नेपालको संविधानले ब्यबस्था गरेका तीन तहका सरकारहरू बिच प्रभाबकारी समन्वय र सहजीकरणमा जिसस कास्कीको भुमिका प्रसम्सनिय भएको उल्लेख गर्दै योजनाको छनोट र कार्यान्वयनका लागि स्पस्ट कानुनी र ब्यबस्थित संरचना निर्माण जरुरी देखिएको उल्लेख गर्नुभयो ।… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको ३६ औं अधिवेशन : शोभा गौतम नेतृत्वको प्यानल सार्वजनिक

पोखरा उद्योग वाणिज्य संघको यही भाद्र २० र २१ गते सम्पन्न हुने ७२ औं साधारण सभा तथा ३६ औं महाधिवेशनका लागि अध्यक्षका आकांक्षी शोभा गौतमको प्यानल घोषणा भएको छ । आज शुक्रबार बिहान पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि गौतमको प्यानल घोषणा गरिएको हो । गौतम हाल संघको महासचिबको जिम्मेवारीमा छिन। ‘समावेशी टिम, जुझारु नेतृत्व—सबल संघ, समृद्ध पोखरा’ नारा सहित गौतमले आंफ्नो प्यानल घोषणा गरेकी हुन। गौतमको प्यानलको वरिष्ठ उपाध्यक्षमा… पुरा पढौ

पोखरा फोटोग्राफर संघले मनायो १८७ औं बिश्व फोटोग्राफी दिवस

१८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । संघले प्रभातफेरी, नयाँ कार्यालय उद्घाटन तथा शुभकामना आदान–प्रदान कार्यक्रम मार्फत फोटोग्राफीको महत्वसँगै पोखराका फोटोग्राफर बीच आपसी एकता, सहकार्य र सद्भावको सन्देश दिएको हो । बुधबार पोखराको चिप्लेढुंगा स्थित मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरीमा विभिन्न क्षेत्रका फोटोग्राफर तथा संघका पदाधिकारीहरूको सहभागिता थियो । प्रभातफेरी न्यूरोड संगमटोल स्थित संघको  कार्यालय परिसरमा पुगेर औपचारिक कार्यक्रममा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं