समाचार

शिशुवामा युआरएलको शिविर, पौने ४ सय जनाको जाँच

आउँदै गरेका नेपालीका चाडपर्व दसैं, तिहार लगायतको सन्दर्भमा पोखराको शिशुवामा युआरएल फाउन्डेसनले शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । युआरएल शिशुवाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३ सय ७५ जनाले सेवा लिएका छन् । शिविरमा थाइराइड, बाथरोग र रगतमा हुने खराब बोसो (टिजी) जाँच सित्तैमा गरिएको थियो भने अरु सबै प्रकारका जाँचको शुल्कमा आधा छुट दिइएको थियो । कार्यक्रमाम वरिष्ठ फिजिसियन डा राजेन्द्र पौडेल नसर्ने रोगहरु बढ्दै गएको जनाउँदै सचेतना… पुरा पढौ

जसले नेपालका हिमालका फोटो १८१ पटक रुसमा प्रदर्शन गरे

चौरासी वर्षको हुँदा हिन्दू समाजमा भव्य रुपमा चौरासी पूजा गर्ने गरिन्छ । यो उमेर नातिनातिना हेर्दै घरमा आराम गर्ने हो । नेपालबाट चार हजार किमी टाढा रहेको रुसको सामराका बासिन्दा युरी रोडिचेभमा भने यो लागू हुँदैन । ८४ वर्षीय रोडिचेभ अहिले पोखरामा हुनुहुन्छ । श्रीमतीका साथ नेपाल आउनुभएका उहाँको पुस्तक ‘द हिमालयज’ शनिबार पोखरामा सार्वजनिक हुँदै छ । नेपालका हिमाल हेर्न र चाहे जस्ता तस्बिर खिच्न उहाँ अहिलेसम्म ३२ पटक… पुरा पढौ

रिडर्स कर्नरमा दसैं किताब मेला

किताब पढ्ने र किताबका कुरा गर्नेहरूको जमघट भइरहने रिडर्स कर्नरमा दसैं किताब मेला सुरू भएको छ । पोखराको न्युरोडस्थित रिडर्स कर्नरमा किताब खरिद गर्दा छुटको व्यवस्था गरिएको हो । यसअघि पनि रिडर्स कर्नरले पाठकलाई किताब खरिद गर्दा छुट दिँदै आएको छ । ‘आठौँ रिडर्स अर्पचुनिटी मेला’ नाम दिइएको किताब मेलामा पाठकहरूले नेपाली, अंग्रेजी, हिन्दी भाषामा लेखिएका विविध विधाका किताब खरिद गर्न सक्ने छन् । १ हजार ९ सय ९९ रूपैयाँसम्मको… पुरा पढौ

जनयुद्धले हुर्काएकी योद्धाको अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्षमा उम्मेदवारी

प्रविणा अधिकारी जनयुद्धताका हुर्केकी विद्यार्थी नेता हुन् । उनले अनेरास्ववियु ( क्रान्तिकारी)को तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । कास्कीको माछापुच्छ्रे माओवादीको आधार इलाका थियो त्यही आधार इलाका वरिपरि उनको बाल्यकाल बित्यो । लाहाचोकको उनको घर तत्कालीन माओवादीको सम्पर्क स्थल थियो । थुप्रै कार्यकर्ताहरुको न्यानो र मायालु घर पनि थियो। माक्र्सवाद र साम्यवादका थुप्रै छलफल हुने गर्थे उनको घरमा । उनी सानै थिइन् । सानै भए पनि जिज्ञासु थिइन् ।… पुरा पढौ

गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका… पुरा पढौ

टेवानद्धारा लेकसाइड र आसपासका चौतारीहरु सरसफाइ

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले विश्व पर्यटन दिवसको सन्दर्भमा बिहीबार पोखरा महानगरको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड र आपपासका चौतारीहरुमा सरसफाइ गरेको छ । ४५ विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा टेवानका सदस्य र पदाधिकारीले चौतरीका फोहोर हटाएर सफा बनाएका हुन् । पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, प्राध्यापक दीपेन्द्र पहारी पनि कार्यक्रममा सरिक थिए । विश्व पर्यटन दिवश शुक्रबार विविध कार्यक्रम गरी विश्वभर मनाइँदै छ । यसपालिको पर्यटनको नारा पर्यटन र… पुरा पढौ

अरिङ्गालले टोकेर चार विद्यार्थी घाइते

लमजुङको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । बिहीबार बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर–५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, १३ वर्षीय सङ्गीता तामाङ र १० वर्षीय करुणा गुरुङ घाइते भएका छन् । घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा… पुरा पढौ

धरौटीमा छुटे ढाकाकुमार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । लागु औषध कारोबारको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । ढाका धरौटी बुझाएर रिहा भइसकेका छन् । उनी प्रतिबन्धित औषधि ९लागु औषध० टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा भदौ २७… पुरा पढौ

महानगरको सुपथ मूूल्य पसल ११ गतेबाट

पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले यही असोज ११ गतेदेखि पोखरा ८, सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले बताए । चाडबाडमा उपभोक्तालाई केही न केही राहत पुुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । पोखराको लेखनाथ क्षेत्रमा पनि सुुपथ मूल्य पसल खोल्नेबारे समेत छलफल भइरहेको उनको भनाइ छ… पुरा पढौ

ब्रह्मरुपा स्कुमा लायन्स अन्नपूर्ण नाइसको खानेपानी टंकी

पोखरा–३२ मा रहेको ब्रहारुपा माविमा १० हजार लिटरको खानेपानी टंकी बनेको छ । लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसको आयोजना बिहीबार भएको कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ जे नेपालकी डिस्ट्रिक गर्भनर मिलन थापाले टंकी उद्घाटन गरिन् । सिलकोस्ट विद्यालय बेलायको २ लाखको सहयोगमा टंकी बनेको हो । गर्भनर थापाले अन्नपूर्ण नाइसले छोटो समयमा राम्रो काम गरेको जनाउँदै विद्यार्थीलाई अत्यावश्यक खानेपानी आपूर्ति सहज बनाएकोमा धन्यवाद दिइन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गालाल पण्डितले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं