समाचार

राइड सेयरिङको भाडादर तय, केमा कति ?

गण्डकी प्रदेश सरकारले यो सेवा दिने सवारीहरुको भाडादर तोकेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले हालै नियमावली बमोजिम मन्त्रिस्तरीय निर्णयबाट भाडादर तोकेका हुन् । अब सेवाग्राहीले राइड सेयर सेवामा चारपाङ्ग्रे सवारी साधन प्रयोग गर्दा चढ्नासाथ सुरुवाती भाडा ६० रुपैयाँ तिर्नैपर्नेछ । जतिसुकै कम दूरीमा यात्रा गरे पनि सुरुआती भाडा ६० रुपैयाँ र दुई किलोमिटरको भाडा ९७ रूपैयाँ गरी न्यूनतम एक सय ५७ रुपैयाँ तिर्नुपर्नेछ ।… पुरा पढौ

शिशुवामा युआरएलको शिविर, ६०१ को सित्तैमा जाँच

युआरएल शिशुवा डायग्नोस्टिक सेन्टरको पाँचौ स्थापना दिवस एवं १९ औं गणतन्त्र दिवसको अवसरमा शुक्रबार शिशुवामा निशुल्क रक्त परीक्षणसहितको सचेतना कार्यक्रम भएको छ । युआरएल फाउन्डेसनले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि-युआरएल) मुख्य कार्यालय गिरी कम्प्लेक्सको प्राविधिक सहयोगमा आयोजना गरेको कार्यक्रममा ६ सय १ जनाको सित्तैमा जाँच गरिएको छ । कार्यक्रममा मधुमेह तथा थाइराइडसम्बन्धी रगत जाँच सित्तैमा गरिएको थियो भने अरु सबै प्रकारका जाँचमा विशेष छुटको व्यवस्था थियो । कार्यक्रममा वरिष्ठ फिजिसियन डा… पुरा पढौ

गण्डकी स्पोर्टस् क्लबको नयाँ समितिको पदस्थापन

खेलकुद र समाजका विभिन्न क्षेत्रमा क्रियाशील गण्डकी स्पोर्टस् क्लबको नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण तथा पदस्थापन गरिएको छ । क्लबको हालै भएको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले दीपकराज मुल्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको थियो । शुक्रबार आयोजित कार्यक्रममा क्लबका सल्लाहकारसमेत रहेका पूर्व राष्ट्रिय फुटबल खेलाडी मोतीमान शाक्यले नयाँ समितिका पदाधिकारीलाई सपथ गराए । संस्थाका निवर्तमान अध्यक्ष उमेश सिकेले संस्थाको माइन्युट नवनिर्वाचित अध्यक्ष दीपकराज मुल्मीलाई हस्तान्तरण गरे । कार्यक्रममा पूर्वराष्ट्रिय खेलाडी… पुरा पढौ

मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने जिप्रका कास्कीका वरिष्ठ हवल्दार क्षेत्रीलाई मुद्दा

जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने तथा पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग गरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो। अख्तियारको कार्यालय पोखराबाट खटिएको टोलीले प्रहरी वरिष्ठ हवल्दार क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको… पुरा पढौ

पोखरा १७ को खेलकुद सप्ताह १२ देखि १७ गतेसम्म

पोखरा महानगरपालिका वडा नं १७ ले खेलकुद यही जेठमा सप्ताह आयोजना गर्दै छ । खेलकुदमार्फत प्रतिभा पहिचान गर्न आयोजित सप्ताह मंगलबार १२ गतेदेखि १७ गतेसम्म चल्नेछ । खेलकुद सप्ताह मंगलबार बिहान वडा कार्यालय परिसर डेमसाइडमा पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गर्ने तय छ । वडाध्यक्ष राधिकाकुमारी शाहीले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिँदै खेलकुदका क्रियाकलापमा सहभागिताका लागि खेलाडीसहित दर्शकका रुपमा टोल विकास संघ, खेलकुदका संघ, संस्था, विद्यार्थी, महिला तथा… पुरा पढौ

फेवा किनारमा केका रुख छन्, ती रुखको महत्व के छ ?

पोखराको फेवाताल किनारमा फुलेका ज्याकरान्डाले अहिले सामाजिक सञ्जाल भरिभराउ छन् । करिब ४० किलोमिटरको फेवाताल वरिपरी विभिन्न प्रजातिका रुख छन् । ज्याकरान्डासहित फेवा किनारका रुखहरुबारे जानकारी दिने पुस्तक बजारमा आएको छ । बैदामे तालसमेत भनिने फेवाताल किनारका ५० वर्षदेखि तीन सय २४ वर्ष पुराना रुखहरुको महत्व र विवरण समेटिएको …वैदामका वृक्षÚ पुस्तक राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिले प्रकाशन गरेको हो । पोखरा–६, बैदाम स्थित ताल किनारमा रहेका एक सय… पुरा पढौ

खुदीखोलामा बेपत्ता योद्धाहरुको सम्झना

नेकपा -माओवादी) कास्कीले बिहीबार पोखरा–३२, खुदीखोला कार्यक्रम गरी माओवादी जनयुद्धमा बेपत्ताहरुको सम्झना गरेको छ । खुदीखोलाबाट जनयुद्धमा सोमबहादुर विक (ज्योति) र टंक शर्मा बेपत्ता छन् । कार्यक्रममा नेकपा -माओवाद) कास्की सेक्रेटरी उमेश सीले अहिलेको उपलब्धि हजारौं सहिद, बेपत्ता र घाइतेको योगदानको जगमा आएको उल्लेख गरे । नेकपा (माओवादी) का केन्द्रीय सदस्यसमेत रहेकाउनले बेपत्ताहरुको अवस्था सार्वजनिक गर्नसमेत माग गरे । 'विभिन्न आन्दोलनमा त्याग गर्ने बेपत्ताहरुको स्थिति सार्वजनिक हुनैपर्छ । आफन्त गुमाउँदा… पुरा पढौ

‘झ्यालैमा’की मोडेल गुरुङ ‘युनिभर्सिटी अफ गुण्डाज’बाट नेपाली फिल्ममा डेब्यु गर्दै

नेपाली र जापानी दुवै संस्कृतिमा हुर्केकी प्रतिभावान सुन्दरी मीना योसिदा गुरुङले आगामी चलचित्र ‘युनिभर्सिटी अफ गुण्डाज’ (University of Gundas) मार्फत नेपाली रजतपटमा औपचारिक डेब्यु गर्ने भएकी छिन्। उनले यस फिल्ममा मुख्य अभिनेत्रीको भूमिका निभाउने छिन्। यस चलचित्रमा उनी नेपाली सिनेमाका चर्चित अभिनेताद्वय सलिन मान बनियाँ र सलोन बस्नेतसँग सहकार्य गर्दैछिन्। ५ फिट ७ इन्च अग्ली मीना जापानी नागरिक हुन्। नेपाली बुबा र जापानी आमाकी एक्ली सन्तान उनी जापानमा मोडलिङ, इभेन्ट… पुरा पढौ

बंगलादेशमा पोखरेली टोलीको सांस्कृतिक प्रस्तुति

लेखनाथ साहित्य प्रतिष्ठान, नेपालको तर्फबाट वंगलादेश गएको पोखरेली टोली त्यहाँ सांस्कृतिक कार्यक्रम सकेर मंगलबार पोखरा फर्किएको छ । पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति तथा लेखनाथ लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको नेतृत्वमा गएको टोली ११ सदस्यीय थियो । टोलीमा टोलीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल, तरेली सांस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङ, कलाकारहरू नमराज क्षेत्री, कमलबहादुर गुरुङ, दामाया गुरुङ, पवित्रा गुरुङ, सृष्टि गुरुङ, ब्राजिल तामाङ, मैसम गुरुङ… पुरा पढौ

पूर्वराष्ट्रपति भण्डारीअब एमाले पार्टी सदस्य

एमालेको सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । एमाले उपमहासचिव लेखराज भट्टले सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निजी निवास गुण्डुमा बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज भएको एउटै के हो भने महत्त्वपूर्ण निर्णय पूर्व राष्ट्रपतिको सदस्यता दिने निर्णय भएको छ ।” उहाँले एमाले सचिवालयको अर्को बैठक जेठ ८ गते बिहान साढे ११ बजे गुण्डुमा बस्ने पनि जानकारी दिनुभयो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं