माघ २४ गते २०७६

ताजा समाचार

समाचार

पोखरामा फागुन १ मा मेगा कमेडी सो

पोखरामा स्ट्यान्ड अप कमेडी सो हुने भएको छ । कमेडी क्लब पोखराले यही फागुन १ गते बिहीबार भ्यालेन्टाइन डेका दिन कार्यक्रम गर्न लागेको हो । सो राजधानीबाहिर पहिलोचोटि पोखरामा हुन लागेको आयोजकको दाबी छ । स्टेजमा विभिन्न माध्यमबाट दर्शकलाई हसाएर देखाइने प्रस्तुतिलाई नै स्ट्यान्ड अप कमेडी भनिन्छ । पछिल्लो समय नेपाली नि स्ट्यान्ड अप कमेडीमा आकर्षित भएका छन् । नेपालका चर्चित स्ट्यान्ड अप कमेडियन सजन श्रेष्ठ र विशाल गौतम मेगा… पुरा पढौ

रक्सीको नशामा साथिको गुप्ताङ्ग काटेर शव जलाए

संवेदनशील अङ्ग ९अण्डकोषसहितको गुप्ताङ्ग) छिनाएर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीले शुक्रबार सार्वजनिक गरेको हो । शेख चारपानेमा १० वर्षदेखि बसोवास गर्दै आएको र सोही क्षेत्रमै मजदुरी गर्दै… पुरा पढौ

४२ लाख घुस लिएको आरोपमा वकिल पक्राउ

थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा अभिवक्ता पक्राउ परेका छन् । राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै ४२ लाख घुस लिएको आरोपमा अधिवक्ता टंक रानामगरलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार बबरमहलबाट पक्राउ गरेको हो । २७ मंसिर २०७५ मा पक्राउ परेका दाहालसँग अदालतले दुई करोड पच्चीस लाख रूपैयाँ धरौटी मागेको थियो । धरौटी तिर्न नसकेर उनी अहिले नख्खु कारागारमा छन् । पुरा पढौ

अख्तियारमा धर्ना दिने साझा पार्टीका १३ कार्यकर्ता पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गरिरहेका साझा पार्टीका १३ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटार जग्गा प्रकरणमा मुछिएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरु माधव नेपाल, विष्णु पौडेल लगायतका नेताहरुलाई उन्मुक्ति दिन खोजेको भन्दै विरोध प्रदर्शन गर्ने क्रममा साझा पार्टीका पाँच केन्द्रीय सदस्यसहित १३ नेतालाई प्रहरीले पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा कांग्रेसका उपसभामुख विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित… पुरा पढौ

‘तपस्पी’ रामबहादुर बमजन आश्रमबाटै फरार

‘तपस्वी’ रामबहादुर बमजन पक्राउ गर्न भनेर शुक्रबार बिहानै सिन्धुलीस्थित उनको आश्रममा पुगेको प्रहरी टोली उनलाई फेला पार्न असफल भएको छ । हत्या-हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका बमजनलाई पक्रन प्रहरीले जिल्ला अदालत सर्लाहीबाट बिहीबार पक्राउ अनुमति लिएर शुक्रबार बिहान बमजनको सिन्धुली आश्रममा पुगेको थियो। सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८, बेसारे भन्ने ठाउँमा रहेको आश्रममा बमजन बिहीबार रातिसम्म आश्रममै रहेको सूचनाका आधारमा प्रहरी उनलाई पक्रन शुक्रबार बिहानै आश्रम… पुरा पढौ

बाग्लुङमा जन्ती सवार ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

बाग्लुङको तमानखोला गाउँपालिका ३ बुलबुलेमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, सोही ठाउँकी ५२ वर्षीया मन कुमारी पुन र ५७ वर्षीय ओम प्रकाश पुन रहेका छन् । म्याग्दीको मालिकाबाट ३५ जना जन्ती लिएर बाग्लुङका बोङ्गादोभानतर्फ जाँदै गरेको ग १ त ५७६२ नम्बरको ट्याक्टर बिहीबार साँझ पौने ७ बजेतिर दुर्घटना भएको थियो ।… पुरा पढौ

तनहूँमा आतंक मच्चाउने चितुवा पोखरातर्फ आएको हो ?

तनहुँमा बालबालिकामाथि आक्रमण गरेर आतंकित बनाएको चितुवा पोखरामा आएको आशंका छ । उक्त चितुवाको आक्रमणमा परी कास्कीको १ बालिकाको ज्यान गएको छ । बिहीबार राति पोखरा–३२, कोठेगाउँकी ९ वर्षीया पूजा विकको चितुवाको आक्रमणबाट ज्यान गएको हो । चितुवाकै आक्रमणबाट पूजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । पूजाका बुवा दीपक र आमा अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गरेका थिए । जनताको… पुरा पढौ

ठिनीको थकाली होमस्टेमा अनलाईन बुकिङको सुविधा

मुस्ताङको घरपझोङ गाउपालिका –५ ठिनीमा रहेको थकाली होमस्टे हालै अनलाईन पहुँचमा जोडिएको छ । मुस्ताङ घुम्ने पर्यटकको बाँसबस्ने सहजताका लागि होमस्टेले अनलाईन सेवा सुरु गरेको हो । सुरुआती चरणको ७ घरधुरीबाट सुरु भएको ठिनी थकाली होमस्टेमा ५ घरधुरी थपिदै अहिले १२ घरधुरी पुगेको छ । होमस्टे हालै स्थानीय निकाय र अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापमा दर्ता भईसकेको छ । पछिल्लो समय यातायातको संञ्जाल जोडिएपछि मुस्ताङ घुम्ने पर्यटक बढेकाले ठिनी होमस्टेमा बस्ने… पुरा पढौ

पूर्वडीएसपीविरुद्ध करणीको मुद्धा, पक्राउ गर्ने तयारी

स्वेच्छिक अवकास लिएका प्रहरी नायव उपरीक्षक डिएसपी राजकुमार खिउजुविरुद्ध ललितपुर प्रहरीमा जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ । उनि विरुद्ध एक युवतीले चिया खाने वहानामा ढोका लगाएर यौन दुर्व्यवहार गरेको र उजुरी दिने कुरा गर्दा उल्टै मार्ने धम्की दिएको भन्दै बुधबार साँझ उजुरी दर्ता गराएकी हुन् । खिउजुले ६ महिनासम्म शारीरिक शोषण गरेको उनी बताउँछिन् । पहिलो गरेको गलत क्रियाकलापको तस्वीरसमेत खिचेर आफूलाई ‘ब्ल्याकमेल गरेको पीडितको दाबी छ ।… पुरा पढौ

कोरोनाग्रस्त क्षेत्रबाट नेपाली ल्याउनुपूर्व सरकारले गरोस् यस्तो तयारी -डा. रवीन्द्र पाण्डे

चीनको वुहानमा फसेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तब्य हो । उनीहरु संक्रमित नहोलान, तर १ जनामात्र संक्रमित भएमा त्यो संक्रमण धान्न मुस्किल पर्नेछ । उनीहरु पनि सुरक्षित होउन, यहाँ कसैलाई नसरोस् भन्ने प्रत्याभूति सरकारले दिनुपर्दछ । कोरोनाग्रस्त क्षेत्रबाट नेपाली ल्याउनुपूर्व सरकारले गरोस् यस्तो तयारी । १. चालक दललाई त्यहाँ सुरक्षित रुपमा पुर्याउनु पर्दछ । त्यहाँका नेपालीलाई आइसोलेसन गाउन, ह्याण्ड ग्लोभ, मास्क, हेड क्याप लगाएर ल्याउनुपर्छ । २. ती १८० जना… पुरा पढौ