पोखरा १७ का बासिन्दा गोकर्ण कार्कीका हजुरबाका ११ सन्तान थिए, उनका बाका ४ सन्तान भए । गोकर्ण दम्पत्तीका भने २ छोरीमात्र जन्मिए । पोखरा महानगरपालिका वडा नम्बर १७ ले आयोजना गरेको दुई सन्तान छोरी भएकालाई सम्मान गर्ने कार्यक्रममा उपस्थित उनले छोरीहरुका कारण कहिल्यै कमजोर र हिनताबोध महसुस नभएको सुनाए ।
…हामीलाई सधैं छोरीहरु छोराभन्दा कमजोर हुँदैनन् भन्ने लाग्यो,Ú उनले भने, …आज वडा कार्यालयले सम्मान गर्दा आफन्तले भन्ने गरेका केही अप्रिय कुरा पनि भुलेका छौँ ।Ú श्रीधरा अधिकारीका २ छोरी छन् । एकल आमा श्रीधराले बाआमा दुवैले दिनुपर्ने माया दिएर हुर्काएका २ छोरीका कारण गर्वको अनुभूति हुने गरेको सुनाइन् ।
वडा कार्यालयले आइतबार गोकर्ण, श्रीधरासहित दुई सन्तान पाएका र ती सन्तान पनि छोरीमात्र भएका ८९ अभिभावकलाई सम्मान ग¥यो । वडा कार्यालयले सूचना प्रकाशन गरी दुई सन्तानमात्र भएका र ती सन्तान पनि छोरीमात्र रहेकाहरुलाई सम्पर्क गर्न भनेको थियो । यसरी सम्मानित हुने आमाको उमेर ३५ वर्ष पूरा भएको र कान्छी छोरीको उमेर ५ वर्ष भएको हुनुपर्ने प्रावधान राखिएको थियो ।
कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही, वडा सदस्यहरु विष्णुकुमारी भुजेल, शिवराम भण्डारी, बिक्रम गुरुङ र तारा सेवाले अभिभावकहरुलाई सम्मान गरे । वडाध्यक्ष शाहीले छोरीहरूले अहिले शिक्षा, स्वास्थ्य, खेलकुद, राजनीति, विज्ञान लगायत हरेक क्षेत्रमा सफलता हाँसिल गर्दै देशको गौरव बढाइरहेको बताइन् ।

…छोरी जन्मिनु खुसी, सम्मान र गर्वको विषय हो भन्ने सोच समाजमा स्थापित गर्न कार्यक्रम आयोजना गरेका छौँ,Ú उनले भनिन्, …हाम्रो यो धारणालाई व्यवहारमै लागू गर्नुभएका अभिभावकहरुलाई सम्मान गरेका छौँ ।Ú समाजमा छोरीलाई सम्मान, अवसर र समान अधिकार व्यवहारिक रुपमै दिइए लैंगिक विभेद पूर्ण रुपमा हट्ने उनको भनाइ छ ।
नेपाली समाजमा छोरीको सङ्ख्या घट्दै गएको छ भने गर्भमा छोरी भएमा गर्भपर्तन गर्नेहरु बढेका छन् । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न यस प्रकारका कार्यक्रम सहयोगी हुने सहरी स्वास्थ्य प्रवर्धन केन्द्र पोखरा १७ की प्रमुख हेलेन पन्तले बताइन्

कार्यक्रममा वडाका सूचना अधिकारी रुद्र थापामगर, अभिवाभक श्रीधरा अधिकारी, गोकर्ण क्षेत्री लगायतले बोलेका थिए ।




